सुसन परियार बिसर्जन, वार्स पोल्यान्ड
साझा सदभाव समूह पोल्याण्ड कमिटिको हिजो बसेको बैठकले हाल रहेको साझा सद्भाव समुह पोल्याण्डले हिजो अर्थात आइतबार-27, सेप्टेम्बरका दिन राष्ट्रीय कमिटिको पुनर्गठन गरेको छ। जसमा सर्बसम्मतले निर्णय गरेर निम्न बमोजीम जिम्मेवारी बाडफाड गरेको छ।

संयोजक- बिकाश दोङ्ग
सहसंयोजक- प्रदिप रैला
सचिव – रबि शाह
प्रबक्तामा – हेमलाल देबकोटा
कोषाध्यक्षमा – सुरज लामिछाने,
सहसचिवमा – हरि चन्द्र गिरि “बिश्वास” ,
मिडिया बिभाग प्रमुखमा (मिडीया संयोजक)-अनिता भट्टराई
कार्य समिति सदस्यहरु –
राम चौधरी,
रोश्मा गुरुङ,
आयुष घिमिरे
यसरी रहेको राष्ट्रिय सद्भाव समुह पोल्यान्ड को आगामी कार्यदिशा र योजनाको बिसयमा कार्यसमिति ले विभिन्न योजनाहरु बनाई राखेको र छिटो भन्दा छिटो पोल्यान्ड मा रहेका १६ ओटै स्टेटमा स्थानीय सद्भाव समूह पोल्यान्ड गठन गर्ने र नेपालिहरु बिच, भातृत्व, एकता र सद्भाव फैलाउदै नेपाल र नेपालिका मुद्दामा अग्रसर भयर पोल्यान्डमा रहेको NRNA पोल्यान्ड र अन्य सघसस्था सङ्ग समन्वय गरि नेपाल र नेपालिका लागि हरेक क्षेत्रमा सकृयता पुर्बक आफ्नो सहभागिता सहितको कर्तव्यबोध गर्दै अघि बढ्ने कुरा नब निर्बाचित संयोजक बिकाश दोङ्ग ले पोल्यान्ड नेपाललाई जानकारी गराउनु भएको छ।
पोल्यान्ड नेपाल को तर्फ बाट राष्ट्रीय समितिमा रहनु भयका सम्पुर्ण साथीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै राजनीतिका लागि राजनीति नभयर, समानता, निस्पक्षता र ओकालत गर्दै परिबर्तनको अग्रगामी छलाङ मार्न साझा सद्भाव समूह ले पोल्यान्ड मा महत्वपूर्ण भुमिका खेल्न सक्नेछ हाम्रो शुभकामना ।