कुनै बेला पैंतालीस अरब डलरका मालिक आज वकिल फी तिर्ने पैसा पनि छैन

चाइनिज बैंकबाट लिएको ७०० मिलियन डलर कर्जाको विषयमा परेको मुद्धाको सुनुवाईको क्रममा एशियाकै सबैभन्दा धनी मुकेश अम्बानीका भाई अनिल अम्बानीले यूकेस्थित एक अदालतमा सुन्दै अचम्म लाग्ने कुरा गरेका छन् । 

1600332188nlic.gif

उनले सो क्रममा भनेका छन् कि म अहिले सामान्य मान्छेजस्तो भएको छु र अति नै सामान्य जिन्दगी गुजारिरहेको छु । 

तपाईलाई सुन्दा अचम्म लाग्ला, अहिले उनको बैंक ब्यालेन्स लाखमा सीमित बन्न पुगेको छ । एक रिपोर्टअनुसार सन् २०२० को जनवरी १ मा उनको बैंक ब्यालेन्स २१ लाख भारु मात्र रहेको थियो । 

अनिल अम्बानीले अदालतमा मुद्धा लड्ने क्रममा आफ्ना वकिलको फिस भर्न उनले गहना बेचिरहेका छन् । अम्बानीका अनुसार २०२० जनवरीदेखि जूनसम्मको अवधिमा उनले ९.९ करोड भारु बराबरको गहना बिक्री गरेका छन् । अब बिक्री गर्नलायक कुनै पनि चिज उनीसँग अब बाँकी छैन । 

आफ्नो जीवनशैलीको विषयमा बोल्दै उनले आफूसँग अहिले एउटा मात्र कार रहेको बताएका छन् । ‘मैले कहिले पनि ऐसआरामको जिन्दगी बाँचेको छैन । मसँग कहिल्यै पनि महंगा गाडीहरु हुन्थेन ।’-उनले अदालतमा भनेका छन् । 

यूनाइटेड किंगडम अदालतले २२ मेमा भनेको थियो कि अनिल अम्बानीले २१ दिनभित्र करिब ५५०० करोड भारु तीन चाइनिज बैंकलाई तिर्नुपर्नेछ ।

अनिल अम्बानीले तिर्न सकेनन् । त्यसपछि १५ जूनमा इण्डष्टियल एण्ड कमर्सियल बैंक अफ चाइनाले अनिल अम्बानीलाई आफ्नो सम्पत्तिको विषयमा विस्तृत जानकारी दिन भनेको थियो । अम्बानीले जवाफमा भनेका छन् कि अहिले उनीसँग ७४ लाख भारु बराबरको मात्र सम्पत्ति रहेको छ । 

सन् २०१२ मा अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसनले तीन चाइनिज बैंकबाट ७०० मिलियन डलर बराबरको ऋण लिएको थियो । बैंकका अनुसार यो लोनका लागि अम्बानीले पर्सनल ग्यारेण्टी दिएका थिए । तर, अम्बानीले यही कुरालाई अहिले खण्डन गरिरहेका छन् । उनले आफूले सो लोनका लागि कहिल्यै पनि पर्सनल ग्यारेण्टी नदिएको बताइरहेका छन् । 

कुनै बेला यस्तो थियो, मुकेश अम्बानी र अनिल अम्बानीको सम्पत्तिमा थोरै मात्र अन्तर रहेको थियो । २००७ मा मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति थिए र अनिल अम्बानी पनि यो सूचीमा तेश्रो नम्बरमा थिए । अहिलेको अवस्थामा मूकेश अम्बानी एशियाकै धनी तथा विश्वकै टप १० धनीभित्र रहेका छन् भने अनिल अम्बानी भने यस्ता कुनै पनि सूचीमा छैनन् । सन् २००२ मा धिरुभाई अम्बानीको मृत्युपछि यी दुई भाईबीच कलह सुरु भएको थियो र २००५ मा सम्पत्ति बाँडफाँड भएको थियो । २००७ मा अनिल अम्बानीको कुल सम्पत्ति ४५ अर्ब डलर रहेको थियो । 

बिज साला डट कम बाट साभार गरिएको

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.