
-मित्र लाल पार्दे , पोल्यान्ड
धेरै बर्ष सम्म हाम्रो देशको त्रिभुवन युनिभर्सिटीको स्नातकोतर लेभलमा बुद्ध ईन्डियामा जन्मेको हो भनी गलत सन्देश राखेको किताब हिस्टोरी अफ नलेज(HISTORY OF KNOWLEDGE) पढाईयो ।उक्त किताबको पेज नम्बर २१ मा सिद्धार्थ गौतम ईन्डियाको उतर प्रदेशमा जन्मेको भनी स्पस्ट सँग व्यख्या गरिएको छ । त्यही
किताब हामिलाई पढाइयो एक आपसमा उतिखेर साथी भाइमा त्यो बारे छलफल भाजङगल पाङा किर्तिपुर हुँदा त्यो कुरो कसले पो मतलब गर्ने खाली चिया गफ भो केही समय हाम्रो पहुच माथी पुगेन त्यो समय हाम्रो त्रिभुवन विश्वविध्यालयका पठ्यक्रम निर्धारण गर्ने महानुभवहरुले देश प्रति र विध्यार्थी प्रति गद्दार गरेकै थिए । तै पनि अहिले आएर त्यस्तो गलत जानकारी राखेको किताब त्रिभुवन विश्वविद्द्यालयमा पढाइएको छैन भन्ने जानकारीमा आएको छ ।
।शिक्षित वर्गहरुले आफ्नो कर्तब्य के हो त्यस माथि ख्याल नगर्दा हामी हरु नजानिदो पाराले बेचिदैछौ । देश हाक्नेहरु खाली परिवार र नाता गोता र साघुरो चिन्तनमा अल्मलिनाले हामी धेरै वर्ष पछाडि पुगेका छौ । अनी हामी नेपाली जनताहरु लाई गुमराहमा पार्दै राजनेताहरु कुर्सिको राजनीतिमा अल्मलिनाले हामी आँफै हराएका छौ । हामी नेपाली हरु संसारका हरेक देशहरुमा छरिएर रहेका छौ । हो हामी इमान्दार छौ हो हामीहरु सोझा छौ । अहिले संसारको ज्ञान कुनै एक कोठाबाट पाउन सकिन्छ । हामी हरुलाई हाम्रो खुट्टा काटेर कसैले दिएको बैशाखी स्वीकार्य छैन । हाम्रो आँखालाई फोरेर कसैले दिएको चश्मा स्वीकार्य छैन । हामी जन्मैदेखि स्वतन्त्र छौ । हाम्रो देश जन्मैदेखि स्वतन्त्र छ ।
हाम्रो देशको बारेमा पोल्यान्डका विकिपिडिया जस्ता केही अन्लाइन श्रोतहरुले गलत तथ्यहरु सर्वजनिक गरिरहेका थिए । नेपाल ब्रिटेनको अधिनमा रहेको भनी धेरै अन्लाइन स्रोतहरुमा पढ्न परेको थियो । त्यो दु:खद समाचार थियो । त्यो अपमानजनक समाचार थियो । २०१२ फेब्रुअरी २१ सम्म विकि पेडिया पोल्यान्डले Niepodległość od Wielkiej Brytanii 21 grudnia 1923 नेपाल ब्रिटेनबाट १९२३ डेसेम्बर २१ मा स्वतन्त्र भएको तथ्य राखेको थियो त्यो जानकारी सर्वप्रथम पोल्यान्डमा बस्दै गरेका सचेत नेपाली नागरिक भाइ रुपेन शाक्यले मलाई जानकारी गराएका थिए




त्यसपछि हामी संसार भरका नेपालीहरु एवम नेपाल बस्ने पोल्यान्ड बस्ने सम्पुर्ण नेपालीहरुको पहलमा त्यो गलत जानकारी २०१२ फेब्रुअरी २१ को रातारात नै हटाएको थियो । त्यो समाचार हामी नेपालीहरुको लागि खुशीको कुरो थियो त्यस किसिमको भ्रामक तथ्यहरु हामी संसार भरिका नेपालीहरुले एवम नेपाल सरकारले पनि राख्न नदिने गरी सम्बन्धित निकायमा दबाब दिनै पर्ने हुन्छ । नेपाल ब्रिटेन्को अधिनमा रहेको भनि विभिन्न अन्लाइन श्रोतहरुमा राखिएको गलत सुचनाहरुको तत्काल विरोध गरौ । गलत सुचनालाई जसरी विकिपेडिया पोल्यान्डले हटाएको थियो त्यसै गरी हामी यी सबै अन्लाइन स्रोतहरु बाट यस् किसिमको अपमान जनक गलत तथ्य हटाउने पर्यास गरौ । किन कि देश हाम्रो हो हामी जहाँ छौ नेपाली छौ नेपाल स्वतन्त्र छ कसैको अधिनमा छैन नेपाल आफ्नै अस्तित्व बोकेको देश हो हामी नेपाली हरुको आफ्नै अस्तित्व छ । संसारमा हामी जहाँ भए पनि नेपाली हुनमा नै गर्व छ