
- भौगोलिक अवस्था ————पोल्याण्ड भौगोलिक दृष्टिकोणले युरोपको मध्यभागमा अब्यबस्थित एक स्वतन्त्र सार्बभौम राज्य हो । झन्डै ३ करोड ९० लाख जनसंख्या रहेको यस देशलाई कार्यविभाजन सहजिकरणको लागि १६ ओटा प्रशासनिक भागमा विभाजित क्षेत्रफ़लको हिसाबले ३१२,६७९ बर्ग किलोमिटरमा फैलिएको छ । पूर्वमा युक्रेन र बेलारुस, उत्तरमा लिथुनिया र रुस, पश्चिममा बाल्टिक समुन्द्र दक्षिण पश्चिममा जर्मन र दक्षिणमा चेक रिपब्लिक र स्लोभाकियासंग सिमा सम्बन्ध रहेको यो देश सन् २००४ देखि युरोपिएन युनियनमा आबद्ध भएको हो भने सन् २००७ देखि सेन्जेन जोन मा प्रवेश पाएको देश हो । भूबनोट र मौसमको हिसाबले पोल्याण्ड मध्यपुर्बी युरोपमा अब्यबस्थित जाडोमा -15-20 डिग्री तापमान र गर्मीमा +30-35 डिग्रीसम्म मापन गरिएको पाइन्छ । जुन गर्मीमा खासै प्रभाव नपरेपनि जाडो नेपालीहरुको लागि एक चुनौती नै बनेको छ । जाडोमा झन्डै ८ घण्टा मात्र उज्यालो र १६ घण्टा रात हुने र गर्मीमा १६ घण्टा दिन र ७/८ घण्टा रात पर्ने यो देशमा मौसम उपयुक्त दैनिक कार्य सहजीकरणको लागि बर्षमा २ पटक GMT परिवर्तन गरि गर्मीमा +२(GMT) अनि जाडोमा +१ (GMT) कायम गरिन्छ । पोल्याण्ड बस्नको लागि अति राम्रो र सुरक्षित मान्न सकिन्छ । ब्यबस्थित सहर, बाताबरण मैत्री सडक, भैतिक संरचना र उच्च स्तरिय जीवन शैली नै पोल्याण्डको आर्कषक हो । मानब अधिकार, उच्च सामाजिक सुरक्षा, कानुनि राज्यको अनुभूति पूर्ण रुपमा हरेक व्यक्तिले गर्न सकिन्छ ।
- कार्यक्षेत्र र वास्तविकता —-पोल्याण्ड मध्ययुरोप, सेन्जेन र यूरोपियन सदस्य राष्ट्र भएता पनि आम नेपालीले नेपालमा रहेर सोचेको जस्तो ठुलो मासिक आम्दानी हुने र कामको लागि अति उत्कृस्ट राष्ट्र हैन । मध्यम खालको अर्थतन्त्र रहेको यस देश पश्चिम युरोप रास्ट्रको तुलनामा चाडैनै पुग्ने लक्ष्यको साथ तिब्र बिकासको मार्गमा रहेको देश हो । पोल्याण्डलाई हामीले जसरि नेपालमा बसेर बुझेको हुन्छ त्यो भन्दा बास्तबिकता धेरै फरक छ । यो सोचे जस्तो बास्तबिकता पोल्याण्ड मात्र नभई सबै युरोपको देशहरु पर्छ । नेपालीहरु दशकौ देखि धेरैजसो कामको शिलशिलामा मध्यपुर्बको अरबियन देशहरुमा जाने गरेको छ र धेरै जसो हामी नेपालीलाई Labour law हामीले गल्फको देशमा भोगेको जस्तो खोज्न थाल्छ तर पोल्यान्डमा थोरै फरक छ । गल्फ़ देशहरुमा नेपालबाट जुन तलब र काम तोकेको हुन्छ उक्त तलब कम्पनीले आफ्नो तर्फबाट कर तिरेर कामदारको खातामा जम्मा गरिदिन्छ र जति अतिरिक्त काम गर्यो त्यसको अतिरिक्त पैसा सामान्य भन्दा बढी पाउछ । जुन यूरोपको केहि छिटफुट कम्पनीमा यो नियम रहेता पनि अप्रवासी कामदारले यो सुबिधा पाउदैन ।
- पोल्यान्ड यहाँ सबभन्दा महत्वपूर्ण कुरा कर तिर्नु नै हो र यहाको कर प्रणाली नै सामान्यत बुझ्नु एकदम नै गाह्रो रहेको छ । यहाँ जति घण्टा काम गर्यो त्यो अनुसार मात्र कर पश्चात सामान्य ज्यालाको रुपमा पाउछ जुन कानुनत बैधानिक रहेको छ । युरोपको धेरै जसो कम्पनीले No Work No Pay अनुसार कामदारको ज्याला उपलब्ध गराउछ । यहाँको प्रायजसो कम्पनीहरु २४ घण्टा चल्छ जहाँ ८ घण्टाको दरले ३ सिफ्ट संचालन गर्छ ।
- पोल्याण्डमा कामदारको रुपमा आउने प्राय नेपाली कामदारहरु अहिले धेरैजसो बिभिन्न खाद्य उत्पादन कम्पनी, आल्मोनियम कम्पनी, गार्मेन्ट, कृषि, फाम, निर्माण लगायत सानो तथा ठुलो उद्योग- कलकारखानाहरुमा सामान्य कामदार देखि सुपरभाईजरको रुपमा काम गरेको पाइन्छ । कम्पनी जुनै कुरासंग सम्बंधित होस यहाँ हर कम्पनीमा जति कामदारहरु रहन्छ त्यस अनुपात स्वचालित वा साधारण मेशिनहरु रहेको हुन्छ जसमा मेशिन सहयोगी देखि अपरेटर बनेर काम गर्नु पर्छ जुन जोखिम पूर्ण त छदैछ, मेशिन चलेको अनुपातमा हामीले पनि आफ्नो कार्य प्रस्तुति देखाउनु पर्छ अन्यथा हामीलाई तुरुन्त कामबाट निकाल्ने अधिकार कम्पनीको अधिकारीहरुको रहेको हुन्छ । हरेक कम्पनीमा साप्ताहिक वा मासिक रुपमा कामदारको कार्य प्रदर्शन के छ मूल्याङ्कन CC क्यामराको सहयोगबाट र उत्पादित बस्तुको आधारमा गरिन्छ । यदि काम गराई चित्त नबुझेको खंण्डमा तुरुन्त कामबाट सम्बंधित एजेन्सीमा फर्काउछन ।
- यहाँ कामदारको सम्बन्ध सधै उसले गरेको बस्तुको उत्पादनसंग सम्बन्धित हुन्छ । यहाँ उसको समय अबधिभर कति काम गर्नुपर्ने वा कति बस्तुको उत्पादन हुनुपर्ने भन्ने जानकारी सामान्यत सम्बन्धित कम्पनीको म्यानेजरसंग पहिल्यै सम्पूर्ण डाटा प्राबिधिक टोलीमार्फत जानकारी गरिन्छ जसले गर्दा यहाँ कम्पनीको कार्यक्षेत्रमा आएर कुनैपनि व्यक्तिले पछाडी बसेर अह्राइरहने चलन प्राय सुन्य देखिन्छ । यस्तो अबस्थामा हामीले कोहि छैन भनेर काममा छल गरेमा यो छलकपट अन्तत थाहा हुने र परिणाम स्वरूप कम्पनीबाट निष्कासित गरिन्छ । अर्को पक्ष यहाँ आप्रवासी कामदारलाई भाषा मुख्य चुनौतिको बिषय रहेको छ ।
- मूलतः स्लोभाक र रसियन लवचको मिश्रणबाट बनेको यो युरोपेली मुलुकमा बोल्ने भाषा मध्ये एकदम गाह्रो भाषाको रुपमा सबैले स्वीकारछन् । बर्षौ रहेतापनि सामान्य केहि शब्द बाहेक धेरै बुझ्नु अति मुस्किलको बिषय रहेकोछ जसको कारणले यहाँ कुनै कम्पनीमा निर्धक्का साथ नबुझेको सोधेर काम गर्न सारै मुस्किल छ ।
- युरोपमा अंग्रेजी भाषालाई खासै महत्व दिदैन र धेरैले बोल्दैनन पनि जसले गर्दा पनि आप्रवासी भएर बाच्नको लागि नै पनि गाह्रो रहेकोछ । सिमित संख्यामा रहेको बहुराष्ट्रिय कम्पनीमा बाहेक अन्य सामान्य खुद्र सामानको विवरण देखि कम्पुटरको सिस्टमसम्म आफ्नै भाषामा रहेकोले हामीसंग रहेको शिक्षा र सीपको समेत कतै सदुपयोग हुदैन र फलस्वरूप शिक्षित र दक्ष ब्यक्तिपनि सामान्य कामदार बनेर काम गर्नुको बिकल्प छैन । तर यहाँ हामीले गरेको कामको मुल्यांकन, सोहीअनुरूप प्रोत्साहन र केहि समय अबधि पछि सोहि क्षेत्रमा पदउन्नति गरि सेवासुविधाको व्यवस्था भने प्राय कम्पनीमा देखिन्छ ।काम संगै अर्को मुख्य कुरा कुनै पनि नेपाली कामदारको रुपमा पोल्याण्डमा बैधानिक रुपले प्रवेश भैसकेपछि कुनै कम्पनी अथवा एजेन्सीको मातहतबाटमा रहेर काम सम्झौतापत्र हस्तक्षार गरेपछि बैधानिक काम गर्न पाउने प्राबधान छ तथापी तत्पश्चात कामदारले कुनै पनि समस्या पर्दैन भन्न सकिन्न त्यसकोलागी सम्बन्धित कम्पनि, एजेन्सी वा संस्थाले आबस्यक कागजात ब्यबस्थापनको जिम्मा लिएर पूर्ण बनाएको हुनुपर्छ जसअन्तर्गत कामदारलाई चाहिने काम गर्ने अनुमति पत्र, कामदार बसोबास गरेको ठेगानाको जानकारी, कर तिरेको विवरण, स्वास्थ्य बिमा, बृद्धभता बिमा, सामाजिक सुरक्षा, आकस्मिक बिरामी बिमा लगायतको कागजी जिम्मा सम्बन्धित संस्थाले स्थानिय सरकारको माध्यमबाट सधै चुस्त दुरुस्त हुनुपर्छ । यी सबै कामदारको प्रति घन्टाको आम्दानिबाट कर स्वरुप काटेको हुन्छ जुन झन्डै १८ देखि ३२ प्रतिशतसम्म रहन्छ । यो पोल्यान्डमा रहुन्झेल चलिरहने प्रक्रिया हो । यहाँ कामदार एउटा कम्पनीमा कुनै सामान्य बस्तुको प्याक गर्ने अनुमति पत्रको आधारमा काम गरेको छ सोहि समय कुनै कारणबस काम परिवर्तन गरि मेसिनको सहयोगी भएर काम गर्नु पनि अबैधानिक मानिन्छ जसको लागि बैधानिक रहन कामदार अनुमति पत्र नै परिवर्तन गरि मेसिन सहयोगी नै बनाउन पर्छ । उक्त अनुमति पत्र परिवर्तन गर्न कम्तिमा पनि १ महिना जति लाग्ने गर्छ सो अबधिभर आफ्नो व्यक्तिगत खर्चमा बाच्नुपर्ने बाध्यता हुन्छ । पोल्यान्डमा जतिपनि बाहिर(एसिया)को कामदार आउछ सबै अस्थायी कामदारको रुपमा काम गर्नु पर्ने भएकोले १ बर्षमा कतिओटासम्म कम्पनि परिवर्तन हुन्छ कुनै ठेगान हुदैन भने जति कम्पनि र शहर परिवर्तन भयो उति नै आफु बसेको ठेगाना स्थानीय सरकारलाई चुस्त दुरुस्त गराएको हुनुपर्छ अन्यथा यसलाई पनि यहाँ पोल्यान्डको कानुनको खिलाफमा लिनेगर्छ । पासपोर्टमा रहेको भिसाको अबधि पछि अस्थायी कार्डको लागि सम्बन्धित संस्थाले कानुनी प्रक्रिया अनुसार कागजात बनाई हरेक संघीय राज्यको पोल्याण्ड केन्द्र सरकारले अनुमति प्रधान गरिएको स्थानीय तहमा रहेको सम्बन्धित कार्यालयबाट अपिल गरेर प्राप्त गर्न सकिन्छ ।
- यी यावत कुराहरुको बाबजुद पोल्यान्डमा स्तरीय जीवनयापन गर्न, हिडडुल गर्न, बस्न र बाच्नको लागि यहाँ दिनमा ८ घण्टा र महिनामा २० दिन काम गरेर सजिलोसंग जीवनयापन गर्न सकिन्छ । यसको कारण हो यहाँ आम्दानीको आधारमा बजार मूल्य निर्धारण गरि सम्पूर्ण सामान्य व्यक्तिलाई पनि बराबरी स्तरमा बच्न सहज सरकारी नीति हो साथै यहाँ शिक्षा र स्वास्थ्य नीतिमा एकदम समानता रहेकोछ ।
- यहाँ जो कोहि आएर बैधानिक रुपमा काम गरेर बसेपछि जोकोहीले आफ्नो छोराछोरी सहित जीवनयापन गर्दै छ भनेपनि यहाँको नागरिक समान स्कुलमा छोराछोरीलाई बिना शुल्क पठनपाठन गर्न पाउछ भने उपचार सम्भव भएसम्मको बिरामी उपचार सेवा पनि बिना कुनै शुल्क प्राप्त गर्न सकिन्छ । तर यति हुदाहुदै पनि हामीलाई यहाँ हामीले सोचे जस्तो खुशी हुन सक्दैन किनभने पोल्याण्डबाट नेपालमा रहदा युरोप पुगेपछि जुन हिसाबले नेपालमा रेमिट्यान्स भित्र्याउने योजनाथ्यो त्यो केहि अपबाद बाहेक प्राय असम्भव वा झुट जस्तो नै हुन्छ । साझासवाल . कम