पोल्यान्डमा नेपाली पासपोर्ट हरायो वा चोरी भएमा के गर्ने ?

मित्र लाल पार्दे

यदि तपाइको पासपोर्टको समयवधी बाँकि नै हुदा हरायो भने तपाईले जति सक्दो चाडो नयाँ पासपोर्टको लागि नेपाली दूतावास जर्मनी बर्लिनमा आवेदन दिनु पर्दछ । किन भने तपाईको पासपोर्ट चोर वा ठगको हातमा परेको पनि हुन सक्छ र उनीहरुले तपाईको नाममा अरु मानिसलाई विदेश पठाउने व्यवसाय गरि रहेको हुन सक्छ । यस्तो जोखिम पहिले – पहिले बाहिरबाट फोटो टास्ने हस्तलिखित पासपोर्टहरुमा अहिलेको MRP पासपोर्टहरुमा भन्दा बढी हुने गर्दथ्यो यद्यपि एम आर पि सिस्टमले धेरै मात्रामा कम भएको विभिन्न मिडियामा पढ्न सकिन्छ ।

पोल्यान्डमा पासपोर्ट हरायो वा चोरी भो भने नयाँ पासपोर्ट पाउन के गर्नु पर्छ

  • नजिकैको पोल्यान्ड प्रहरी चौकीमा रिपोर्ट गर्ने
  • यति गर्दा पनि नभेटिएमा पासपोर्ट खोज-तलास् गर्दा पनि नभेटीएको भनि पुलिस रिपोर्ट बनाउनु पर्छ
  • पुलिस रिपोर्टसँगै हराएको पासपोर्टको फोटोकपी, नागरिकताको साथमा नेपाली दुतावास जर्मनी बर्लिन जाने वा 00493034359920 मा सम्पर्क गर्नु पर्छ
    • हराएको पासपोर्टको फोटोकपी पनि छैन भने सक्कली नागरिकता र पुलिस रिपोर्ट सहित तपाई आफै राजदुतावास जर्मनी बर्लिनमा जानु पर्छ यदि जान नसक्ने अवस्था भएमा 00493034359920 मा नेपाली दूतावास जर्मनी बर्लिनमा बुझेर आफ्नो समस्या बताउनुपर्छ ।

कति खर्च लाग्छ ?

  • सामान्यतया सुरुमा पासपोर्ट बनाउदा लाग्ने खर्चको दोब्बर खर्च लाग्छ
  • नेपाली दूतावास जर्मनी बर्लिनको हकमा २४० युरो नेपाली दूतावास जर्मनी बैन्क अकाउन्ट वा सिधै दूतावासमा गएर शुल्क बुझाउन सक्नु हुनेछ ।
  • पासपोर्ट बनेर आइसकेपछी तपाईं स्वयं एम्बेस्सी गएर वा कुरियर पोस्ट मार्फत एम्बेस्सीमा खबर लिखित जानकारी दिएर मगाउन सक्नुहुनेछ । कुरियर वा पोस्ट चार्ज तिरेर मगाउन सक्नुहुनेछ ।

नयाँ बनाइसके पछि हराएको पासपोर्ट भेटिएमा के गर्ने ?

तपाईले नयाँ पासपोर्ट पाउनु भए पछि हराएको पासपोर्ट रद्द भएको जानकारी केन्द्रिय रहधानी कार्यालयले नेपाल प्रहरी, अध्यागमन विभाग, नेपालस्थित इन्टरपोल, नेपाल अनि विदेशमा भएका सबै राजदुतावासहरुमा दिएको हुन्छ । यदी तपाईको पासपोर्ट हराएर नयाँ बनाई सके पछि तपाईले आफ्नो पुरानो पासपोर्ट फेला पार्नु भयो भने,

  • तुरुन्तै नेपाली दूतावास जर्मनी बर्लिनमा खबर गरेर उक्त पासपोर्ट नस्ट गर्नुपर्छ । हराएको चोरी भएको पासपोर्ट फेरि भेटिएमा त्यो पासपोर्ट बोक्ने अधिकार तपाइलाई पनि हुदैन किन कि चोरी भएको वा हराएको भनेर अगाडि नै निवेदन अनुसार नया पासपोर्ट लिनु भएको हुन्छ ।
  • यस्तो हराएको पासपोर्ट तपाई आफैले झुक्किएर पनि यात्रा गर्दा बोक्नु भयो भने तपाईलाई एयरपोर्टको अध्यागमनमा अफ्ठेरो पर्न सक्छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.