
विभिन्न मिडियामा आएको समाचार सम्बन्धि डा बोधराज सुबेदीले खन्डन गर्दै एक बिज्ञप्ती जारी गरेका छन् । बिज्ञप्तिमा आफुलाई चरित्र हत्या गरि नितान्त व्यक्तिगत पूर्वाग्रहमा रहेर आफुलाई मानव तस्करीको बिरुद्धमा उठाएको आवाजको प्रतिक्रिया स्वरुप बदनाम गर्ने उद्देश्यले विभिन्न मिडियामा समाचार आएको जानकारी गराएका छन् ।
Warsaw 13.09.2020
बिज्ञप्ति
काठमाडौँबाट प्रकाशित हुने दैनिक प्रकाशन, नेपाल समाचारपत्र, को इपेपर न्युज अफ नेपाल डटकममा (भाद्र १८. २०७७), जनआस्था र अन्य अनलाइनमा (भाद्र २७,२०७७) प्रकाशित मसँग सम्बन्धित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। तथ्यहीन, कपोलकल्पित कुरा जोडजाड गरी लेखिएको यस्तो समाचारको म पुरै खण्डन गर्दछु । साथै मानव तस्करी जस्तो जघन्य आपराधिक कार्यमा मेरो संलग्नता देखाएर चरित्र हत्या गर्न खोजिएको र मेरो चरित्र माथि नै हिलो छ्याप्ने निन्दनीय प्रयासको भर्त्सना गर्दछु।
१) आजभन्दा दुई बर्षअघि लक्जेमवर्गमा सम्पन्न एनआरएनएको युरोपेलि क्षेत्रीय सम्मेलनमा मानव तस्करी विरुद्ध मैले जोडदार आवाज उठाएको थिएँ। यस सम्बन्धी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको आप्रवासी उपसमितिले तयारी गरेको एक अध्ययन प्रतिवेदन समेत एनआरएनए आइसीसीका तत्कालिन अध्यक्षज्यूलाई बुझाइएको थियो र सम्मेलनमा नेपालबाट आउनुभएका विशिष्ट प्रतिनिधिमार्फत नेपाल सरकारलाई समेत एक प्रति पठाइएको कुरा स्मरण गराउँदछु। साथै वर्षौं देखी पोल्याण्ड र अरु देशमा सम्पन्न हर कार्यक्रममा पनि मैले “विदेशमा सके नेपालीहरुलाई सहयोग गरौं, नसके कम्तिमा दुख नदिउं” भन्ने नाराको माध्यमबाट मानव तस्करीले आप्रवासीहरुमा ल्याएका समस्याहरुको बारेमा आवाज उठाउंदै आएको छु। मलाई लाग्दछ मेरो त्यही अभियानको प्रतिकृया स्वरुप यो समाचार आएको हुनु पर्दछ।
२) विगत ३० बर्षदेखि म पोल्याण्डमा रहंदै आएको छु। आफ्नो मातृभूमिदेखि धेरै टाढा युरोपको पूर्वी भागमा आएर बस्दा प्रारम्भदेखि नै मैले कसैलाई पार्टीगत, गुटगत, जातिगत वा ठूलो सानो भन्ने भावनाले नहेरी नेपाली समाजको वृहत् एकता, हकहित र कल्याणका लागि पसिना बगाएको छु। मैले सबै नेपाली साथीहरुको सहयोगबाट एनआरएनए एनसीसी पोल्याण्डलाई स्थापित र व्यवस्थित गराउन सक्दो योगदान दिंदै आएको छु। विदेशमा बस्दा झन् नेपालको माया र नेपाली प्रतिको उत्तरदाइत्तो पुरा गर्नु पर्छ भन्ने महसुश हुने रहेछ। त्येसैले म पोलिश नागरिकहरुका साथै हाम्रो नेपाली समाजको सेवा र हकहित को लागि निरंतर लागिरहेको छु। समाज सेवा अन्त्तरआत्माको सन्तोष र आनन्दको लागि गरिन्छ न कसै को करकापमा, न आर्थिक लाभ अथवा पदको लागि नै।
३) यसैवीच मलाई विभिन्न राजनीतिक दलका साथीहरुले आआफ्नो दलमा आबद्ध भैदिन गरेको आग्रहलाई आफूले कुनै पार्टी वा दलको सदस्यता नलिने भन्ने आफ्नो स्वतन्त्र विचार साथीहरु सामु प्रष्ट पार्दै आएको छु। अझै पनि म प्रष्ट छु विदेशमा रहेका नेपाली वीच एकता जरुरी छ।
४) जर्मनस्थित राजदूत मार्फत कन्सुलर बन्न नाजायज प्रभाव (आर्थिक लेनदेन) पार्यो भन्ने आरोप पनि सामाचारमा लगाइएको छ । मेरो कारणले उहांलाई र राजदूतावासलाइ दोषारोपण गर्नु गलत हो। यस्ता आधारहीन र कपोलकल्पित समाचारले राजदूतावासको गरिमामा धक्का दिएको छ। यसप्रति म घोर आपत्ति प्रकट गर्दछु।
५) यो ३० वर्षको पोल्याण्ड बसाइमा मेरो आफ्नो परिवार बाहेक जम्मा ती २ व्यक्ति ( रमेश कुमार मल्ल र गीता पुन ) लाइ मात्र मैले निमन्त्रणा पठाएको छु। तर ८ जनालाइ निमन्त्रणा पठाएको भन्ने झुटा हो , रकम लिएर सिफारिस गर्यो भन्ने आरोप झनै बदनियतपूर्ण छ। सन् २००८ मा दक्षिण कोरियाका तत्कालिन कुनै एनआरएन एनसीसीका पदाधिकारीको अनुरोधमा मैले निमन्त्रणा पत्र पठाएको थिएं। सन २००९ को भनिएको यो समाचारको विषय अहिले एकदशक पछि उठाइएको छ, मलाई आश्चर्य लागेको छ। यस कु-नियतले फैल्याइएको भ्रमको पछाडी कुनै पदीय र राजनैतिक स्वार्थका साथै अहंकार भावना लुकेको मैले पाएको छु।
६) सम्पुर्ण पोल्याण्डबसी दाजु, भाइ, बैनीहरुलाइ म यो विश्वास दिलाउन चाहन्छु कि म जहिले पनि सत्य र इमान्दारिताको पक्छ्यमा थिए र रहने छु। यहा केहि समय देखि केहि ब्यक्तिहरुले आफ्ना ब्यक्तिगत स्वार्थकालागि हामी बीचको एकता र सद्भावलाइ बिथोल्ने प्रयास गरिएको महसुश गरेको छु। यसै बिज्ञप्ति मार्फत म तपाईहरु सबैलाई अनुरोध गर्दछु कि यस्ता प्रबिर्तीका खिलाफ एक हौ।
७) प्रेसजगत जहिले पनि लोकतन्त्रमा जिम्मेवार भूमिका निर्वाह गर्न दृढ रहन्छ। मलाई आशा छ भबिस्यमा यस प्रकारको समाचार लेख्नु र छापिनु पूर्व सत्य तथ्य बुझ्ने र खोज्ने प्रक्रिया अवलम्बन गरिने छ। यदि यस्तो प्रवृत्ति समयमै न रोकिए म कानूनी उपचार खोज्न वाध्य हुने जानकारी पनि गराउन चाहन्छु।
अन्त्यमा मेरो इमान्दारिता माथी विश्वास गरि देखाउनु भएको माया र समर्थन प्रति म सदा आभारी रहनेछु। साथै तपाइँ हरुले विभिन्न माध्यम (बिज्ञप्ति, फेस बुक, फोन, इमेल) बाट साथ दिनु भएकोमा म यसै बिज्ञप्ति मार्फत धन्यबाद दिन चाहन्छ।
डा. बोधराज सुबेदी
संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, एनआरएनए पोल्याण्ड
सदस्य, एनआरएनए आइसीसी
Deputy Chief of Surgical Oncology Department
European Health Center, Poland
Dear Friends , Namaskar
Today I am compelled to write these few words on your media after seeing notes(fake news) about Dr. Subedi
Polish people used to say” quo vadis Polska”. I would like to say” Quo Vadis Nepal”. It is very disturbing and disappointing when you see an innocent and hard working person’s character/path is blocked/insulted by a fake friend/fake news and misleading information. My request to you all, the time has come to support the truth and reject misinformation about Dr. Subedi. Not only Dr Subedi-it could have been you.
Hello Mr Dipendra Gajurel Ji (Spain), please come forward and explain where the source of information that you wrote on newsofnepal.com about Dr Subedi came from?.Mr Gajurel your true co-operation would be appreciated!!
Dear friends, I know Dr Subedi Ji since 1991AD( some of you have not been born).I know him as a charity worker, a bright medical student, excellent doctor (he put nepali/Nepal/Polska and patient before profit), a friend of Nepalis living not only in Poland but also in the world. He has been helping people who are in need.
It is an open world, we all know ” who is who”.
Truth will prevail!! AND KLAMNSTWO MA KROTKIE NOGI !!
STOP FAKE NEWS AND HATE!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
DHANYABAD/DZIEKUJE
Dr Khem Joshi(U.K.)
LikeLike