
FOUNDER MEMBER OF NRNA POLAND
प्रिय साथीहरु सबैमा नमस्कार
भर्खरै आएको डा बोध राज सुबेदीको समाचारले मलाई सार्है दुखित तुल्याएको छ । उहा सितको सहकार्यमा म पनि दाहिने हात भएर काम गर्ने अवसर पाएको थिए । जसलाई मैले गर्व गरेको छु । मैले बुझेको यो हो कि डा सुबेदी आर्थिक प्रलोभनमा कहिल्यै पनि परेका छैनन् र परेका छैनन् पर्दैनन् भन्ने कुरामा विश्वस्त छु ।
हो काम गर्ने सवालमा हामीहरु बिच समय समय केही मत भिन्नता हुन्थ्यो नै यसका बाब्जुद पनि एन आर एन पोल्यान्ड दौडाउन निर्वाह गर्नु भएको उहाको अग्रणी भूमिकालाई मैले नकार्न सक्दैन ।
पत्रकारले पोल्यान्ब्डको बस्तुस्थिती बारे जानकारी नलिएर आवेग र पूर्वाग्रहको आधारमा मनगढन्ते समाचार बनाएर समाचार सम्प्रेषण गर्नुले हामी एन आर एन पोल्यान्ड संस्थापक सदस्यहरुलाई सार्है चोट लागेको छ ।
यद्दपी संस्थापक सदस्यहरुमा हामी एक आपसमा बिमती हुँदा हुँदै पनि समग्र एन आर एन को लागि सबैले आ आफ्नो तरिकाले पसिना बगाएकै थिए ।
शुरुदेखि जन्मा काल देखि लागेको एन आर एन पोल्यान्डमा लागेको ब्यक्तिलाई सिधै चरित्र हत्या गरिएको समाचारको म घोर बिरोध गर्दछु ।
उक्त समाचारको निन्दा पनि गर्दछु । जति निन्दा गरी पनि कमै हुन्छ ।
यदि यो बिषयमा वर्तमान कार्यसमितिले आफ्नो धारणा व्यक्त गर्दैन र यो बिषयमा उठेको सवाल बारे कुनै पनि आवाज उठाउदैन भने हामी संस्थापक साथीहरुले यो बुझ्नेछौ कि बर्तमान कार्यसमिती पूर्वाग्रहबाट ग्रसित छ । मेरो आफ्नो बिचार राख्न दिएकोमा पोल्याण्ड नेपाल परिवारलाई धन्यवाद ।
टोप बहादुर गैरे छेत्री
बरिस्ठ सल्लाहकार
एवम संस्थापक सदस्य