
म बोल्दैन भनेको थिए आज बोल्न बिबश छु ।
को दलाली बनेर करोडौ अरबौ कमायो
को बदमासी गर्यो
मज्जाले खोज्नुहोस् म सलाम गर्दछु
एक से एक खोज्नुहोस्
मानव तस्कर खोज्नुहोस्
म फूलमाला लगाइदिनेछु .
मानव तस्करिलाई पुरै देशबाट निकाला गर्नुहोस् म फूलमाला लगाइदिनेछु
तर केही बिमती भो
बिचार मिलेन भन्दैमा कसैले कसैलाई मानव तस्कर भन्ने अधिकार छैन ।
म त झन मानव तस्कारीको वास्तविक पारीभाषा भेट्न नसकेर हैरान भएको छु .
चित्त बुझ्दा मेरो दाई मेरो भाई
चित्त नबुझ्दा रिस उठ्यो भन्दैमा सिधै यो मानव तस्करी
कृपया मानव तस्कारीको परिभाषा सारा विश्वभर बस्ने नेपालीहरुले खोज्नु पर्यो
शब्द कोषमा भेटिएन
मन्त्री मन्डलमा भेटिएन
संस्थामा भेटिएन
मानव तस्कर एक पटक भनेपछी कि त सजाय भोग्नु पर्यो कि त प्रमाणित हुनु पर्यो
कुन दलाल समाज सेवी जन्मिएछ पोल्यान्डमा हो अवश्य म अध्यक्ष चुनावमा मेरो पक्षमा बोध राज परिवार थिएनन । तर यो भन्दै गर्दा एन आर एन पोल्यान्डमा उनिहरुको योगदान नै छैन उनिहरु मानव तस्करी नै हुन् भने जसरी प्रस्तुत गर्नु त्यो ठीक होइन यदि मानव तस्कर नै प्रमाणित भएमा कृपया एन आर एन पोल्यान्डलाई दाहसन्स्कार गरे हुन्छ मानव तस्करबाट जन्मेको संस्थामा बस्ने हामी सबै मानव तस्कर हुन्छौ । २००९ मा उनले समितिमा स्पस्ट परेका छन् ।
२०२० मा २००९ को कुरो लिने महाशयहरु आउनु पर्यो खोज्नु होस्
को कुन तरुनी सित बस्यो
को बेश्यालय गयो
को जाड पियो
को रक्सि पियो
को दलाली बन्यो
एउटा अपराधीले मान्छे मारे पछि पनि १२ बर्ष पछी उ त समाजमा बस्न पाउछ
यहाँ त के के न गरे भनेर मानौ ठुलो अपराधी जस्तो ब्यवहार पो गर्न खोजिदैछ ।
यो कदम गलत हो
केही सामाजिक काम गर्नेहरुले गल्ती गर्छन् तर अपराध गर्दैनन् उनले अपराध होइन गल्ती गरेका थिए । समितिमा जानकारी नदिनु ।
त्यसैले मानव तस्कर नै भन्ने आशयमा म घोर बिरोध गर्दछु ।
मानव तस्कर भनेको अपराधी हो ।
कि त उनलाई अपराधी घोषित गरियोस , मानव तस्कर भनेर प्रमाणित गरियोस ।
म एन आर एन संस्थापक महासचिबको हैसियतले पापको भारी बोकुला ।
हो अवश्य उनी र उनको परिवारले केही गलत गरेकै थिए ।
चाहे राजनीतिक स्वार्थ होस् चाहे सामाजिक स्वार्थ होस ।
अवश्य मेरो पनि चित्त दुखाएकाइ थिए ।
तर उनले भन्दा धेरै चित्त मेरै बाउले दुखाएका थिए मलाई । के म मेरो बाउलाई दुष्मन देख्ने हो त ?
फेरी २००९ मा समितिमा नै उनले माफि मागिसकेका थिए ।
यद्दपी उनको गल्ती समितिलाई अगाडि जानकारी नदिनु थियो । त्यो गलत गरेका थिए । कुन एन आर एन नेता रहेछ अर्को एन आर एनलाई फसाएर आफुले मजा लिने । एन आर एन पोल्यान्डमा पैसा नभएको बेला बेला कुन दलाल अगाडि सर्यो मैले अफिस दिन्छु भनेर ?
हामीले चप्पल लगाएर जागिर छोडेर बच्चा बिर्सिएर हुर्काएको हो ।
उनी मार्फत आएका हो भने किन मलाई फसाइयो भन्दैनौ बिभिन्न देशमा लुकेर बसेका दलालहरु हो ।
तिमी दलालहरु अगाडि आएर किन बोल्दैनौ ।
मान्छेलाई दलाल बनाउने काम बन्द गर ।
मलाई बिदेश लैजा भन्ने काम बन्द गर दलाल हो ।आई सके पछी उतिखेरै बोल मलाई फसायो भनेर किन १२ बर्ष पछी समाचार आउछ किन तिनिहरु बोल्दैनन अगाडि आएर ?
सामाजिक काम गर्ने व्यक्तिहरुलाई जे पायो त्यही बोल्ने काम बन्द गर दलालहरु हो ।
सामाजिक काम गर्ने व्यक्तिहरुमा मन मुटाब हुन्छ तर अपराध हुँदैन ।
दलाली काम गर्ने व्यक्तिहरुमा मन मुटाब हुन्छ तर अपराध हुन्छ ।
एन आर एन ए पोल्यान्ड अफिस बनाउन दिन्न भनेर उनले भनेकै छैनन् यो त २०१९ को एजेन्डामा पारीयो एजेन्डा हो । कुन दलाल लडेछन् ? आफुले श्रेय लिन अरुलाई गाली गरेर आफु चोखो नबनौ ?
अफिस नभएको पैसा नभएको समयमा हामी चप्पल र जुता लगाएर हिंड्ने बेलामा १४ घण्टा काम गरेर सकी नसकी रजिस्टर गर्ने बेलामा एउटा ब्यक्तिले दिएको घरलाई अनावश्यक आरोप लगाउनु यो शोभनीय कुरा हुँदै होइन ।
डा बोध राज सुबेदी मानव तस्कर नै हुन् भने समग्र एन आर एन पोल्यान्डको बेइज्जेत हो । कि त प्रमाणित गरौ कि त मानव तस्करीहरुलाई हरेक देशबाट निकाला गरौ चाहे जो सुकै होस् ।
डा बोध राज सुबेदी मैले १२ बर्ष बुझे अनुसार उनी मानव तस्कर हुन् भने हामी पोल्यान्डमा बस्ने सबै नेपाली मानव तस्करी हौ । तर मिडियामा मानव तस्कर त्यो पनि १२ बर्ष अघिको घटना २०२० मा समाचार
हो अवश्य उनिहरुमा धेरै महत्ववादी थिए म मान्छु तर पोल्यान्डमा कुन डाक्टरले उनी जति सामाजिक काममा ध्यान दिएका छन ? नेपालकै एम बि बि एस डाक्टरहरु हेरौ उनिहरुको फुर्सद नै हुँदैन उनी त कम से कम फुर्सद निकालेर कार्यक्रमहरुमा पुगेकै छन् अवश्य भने उनले त चाहे स्वार्थ राखुन चाहे निस्वार्थ राखुन आखिर कसैलाई बदमास गरेर फसाउन खोजेका छैनन् । व्यक्तिगत केही चरित्र कसैको के हुन्छ कसैको के हुन्छ हो उनको गल्ती केही थियो होला तर त्यही गल्तिलाई अपराधी ब्यवहार गर्ने दलालहरु हो यो शोभनीय होइन ।
हो २०१९ एन आर एन चुनावमा मेरो पक्षमा उनी थिएनन तर उनी थिएनन भन्दैमा हर कुरा बिरोध गर्ने मेरो सन्स्कार छैन ।
सबैका आ आफ्नै तर्क होलान
एन आर एन ए पोल्यान्डमा २००८ देखी २०१५ सम्म उनी अध्यक्ष हुँदा गरेको योगदानलाई बिर्सेंर कुनै सौतेलो बाउले मलाई कुराउनी खुवाएर लठ्याएर एन आर एन पोल्यान्ड बाउ भन्छ भने पनि म मान्न तयार छैन । कुनै संस्थामा बुद्द नै बसे पनि बिवादित हुने काम हो । अझै एन आर एन त बिवादहरुको संस्था नै हो । मैले भनेको छु एन आर एन मुल नै ठीक न भएकोले बिभिन्न देशमा बस्ने नेपालीहरुको झगडा भएको हो ।
एन आर एन केन्द्रका नेताहरु नै बिवादित नेता हुन् त्यसो भन्दैमा अरुलाई आरोप लगाउनेहरु के दूधले नुहाएका हुन् र ?
अरुलाई दलाल भन्नेहरु के सुन पानीले छर्केका हुन् र ?
उनका केही गल्ती पक्कै थिए
एन आर एन व्यक्ती वादी हुनुहुन्न सामुहिक आवाजमा जानुपर्छ
एन आर एन कुनै राजनीतिक हुनुहुन्न सामाजिक आवाजमा चल्नु पर्छ ।
यो मामलामा उनी चुकेकै थिए ।
तर एन आर एन बिग्रियोस भात्किस्योस बर्बाद होस् भन्ने उनको धारणा पक्कै होइन ।
एन आर एन बर्बाद होस् म रमिता हेर्छु भन्ने धारणा हुँदै होइन ।
अवश्य पनि उनिमा म ठुलो भन्ने आत्मरती पलाएकै थियो म मान्छु
तर यो भन्दै गर्दा पोल्यान्ड एन आर एन ले कि त दलाल प्रमाणित गरोस होइन भने समाजिक संस्थामा काम गर्ने व्यक्तिहरुलाई आरोप लगाउने व्यक्तिहरुको यथार्थ बुझोस् ।
सबै नालिबेली प्रस्तुत गरोस ।
एन आर एन पोल्यान्डले संस्थापक अध्यक्षको बारेमा लेखिएको समाचारहरु बारे यथाशिघ्र आफ्नो धारणा तुरुन्त सार्वजनिक गर्नैपर्दछ पनि
मित्र लाल पार्दे
संस्थापक महासचिब
एन आर एन ए पोल्यान्ड
२२ बुदे एजेन्डा प्रमुख २०२० एन आर एन ए पोल्यान्ड