आज एक बिज्ञप्तीमार्फत डा उदय देव आचार्यले एन आर एन ए पोल्यान्डको वेबसाईट प्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले जारी गरेको बिज्ञप्ती
www.nrna.pl भन्ने website मा लेखेको अर्धसत्य कुरा विरुद्ध आपत्ति जनाउन चाहन्छु । अर्धसत्य कुरा यसप्रकार छन् : For the first time on 14th April, 2007 Dr Bodha Raj Subedi managed to gather most of Nepalese living in Poland.
विवरण : सन् २००७ मा जुन कार्यक्रम मा NRN NCC, Poland ad hoc committee गठन भयो , त्यो मैले नेपाली नया वर्ष को उपलक्ष्य मा गरेको कार्यक्रम थियो । सन् २००३ देखि प्रत्येक वर्ष नेपाली कार्यक्रम आयोजना गर्दथे ।
www.nrna.pl भन्ने website मा कार्यक्रम आयोजक मा पहिला मेरो पनि नाम थियो , अहिले मेटाइयो किन ? हो , म NRN NCC, Poland ad hoc committee मा थिइन तर पुरै नेपाली कार्यक्रम मैले नै आयोजना गरेको थिए । त्यस्का थुप्रै प्रमाण र साक्षी हरु छन , त्यसकारण “For the first time on 14th April, 2007 Dr Udaya Dev Acharya managed to gather most of Nepalese living in Poland” हुनु पर्ने हो ।
Program organisation प्रत्येक तत्वको जिम्मा र भार मैले आफ़्नै काध मा राखेको थिए : (१) नेपाली कार्यक्रम को schedule तयार गर्ने , (२) ठाउ भाडा मा लिने , ( ३ ) नेपाल लाई मन पराउने “friends of nepal” लाई आमन्त्रित गर्ने , ( ४ ) प्रोग्राम को लागि चाहिने पैसा , भाग लिने व्यक्ति हरु बाट उठाउने , ( ५ ) Janki भन्ने शहर मा अवस्थित रेस्टोरेन्ट बाट खाना मगाउने , ( ६ ) कार्यक्रम सकिएपछि स्थान को सर सफ़ाइ गर्ने ।
यी सबै काम मैले एक्लै ले नै गरेको थिए । त्यति काम गर्दा पनि मेरो नाम काटेर सबै काम उहाले ( बोधराज सुबेदी ले ) मात्र गर्नु भएको लेख्नु निन्दनीय र आपत्ति जनक छ । वास्तविकता को इतिहास थाहा हुदा हुदै पनि गलत लेख्नु nrna.pl को अपरिपक्वता मात्र होइन , विक्रति को शुरुवात भएको पनि मान्न सकिन्छ ।
तसर्थ www.nrna.pl for nepali by nepali भन्ने website को owner पत्ता लगाई त्यस्मा लेखेको अर्धसत्य सच्याउन अपिल गर्दछु ।
साथ साथै , पोल्याण्ड मा २७ वर्ष देखि बसेको हैसियतले , नेपालीहरु लाई एकक्रित गर्ने संगठन को हितैषी र शुभचिन्तकहरु को नामबाट यो पनि अपिल गर्न चाहन्छु : गैर आवासीय नेपाली संघ पोल्याण्ड बनाउदा कम्तिमा पनि १५ जना संस्थापक सदस्यहरु थिए । तिनकाहरु सबैका नाम प्रकाशित गरियोस जस्ले गर्दा एउटा व्यक्ति ले ” संगठन मेरो बच्चा हो अथवा पेवा ” हो भन्न नपाओस् ।
नेपाली हरु को हितैषी र शुभचिन्तक ,
डा. उदय देव आचार्य
पोल्याण्ड का लागि नेपाली पर्यटन दूत (NTB H-PRR)
संस्थापक सदस्य – गैर आवासीय नेपाली संघ पोल्याण्ड
Warsaw, 19/08/2020
