यस वर्षको एसईई नतिजा प्रकाशित

१७ अगस्ट। कोरोनाभाइरसको महामारी कारण स्थगित भएको यस वर्षको एसईईको नतिजा आज सांझ प्रकाशित भएको छ। विद्यालयहरूले विगतका आन्तरिक परीक्षाका आधारमा पठाएको विद्यार्थीहरूको आन्तरिक मुल्याङ्कनलाई प्रमाणिकरण गर्दै राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गरेको हो। विद्यालयहरूले आन्तरिक मुल्याङ्कनका आधारमा पठाएका प्राप्ताङ्कलाई प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले बोर्डमा पठाएको र त्यसलाई प्रमाणिकरण गरेर परीक्षाफल प्रकाशित गर्न समय केहि लागेको हो।

विगतमा जस्तै एउटै मापदण्डका प्रश्नपत्र सहित परीक्षा नगरिएकाले कुन ग्रेड ल्याउनेको सङ्ख्या कति छ भनेर प्रकाशन गरिएको छैन । चैत ६ गतेका लागि तय भएको एसईई परीक्षा कोरोनाभाइरसको महामारीका कारण सुरु हुनु भन्दा एक दिन अघि नै स्थगित गरिएको थियो।उक्त परीक्षामा ४ लाख ८२ हजार भन्दा बढी विद्यार्थी सहभागी हुन लागेका थिए । सरकारले जेठ २८ गते एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरे पनि कतिपय ठाउँबाट आन्तरिक मुल्याङ्कन विवरण प्राप्त नभएको र कतिपय विषयमा शिक्षा मन्त्रालयको उच्चतहसँग परामर्श गर्नुपरेकाले केही समय लागेको बताइन्छ।

एसईईको नतिजा नेपाल टेलिकम, ईकान्तिपुर लगायतका वेवसाईडहरु मार्फत हेर्न सकिन्छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.