एस डि अर्पण
१९ जुलाई। विश्वभरी आक्रान्त बनाई राखेको माहामारी कोरोनाभाईरसद्वारा नेपालमा पनि संक्रमणको बढ्दो छ। आजको तथ्यांक अनुसार विश्वभरि संक्रमण हुनेहरुको संख्या १,४४,४६ ,६३४ पुग्दा नेपालमा १७,५०२ पुगेको छ भने पोल्याण्डमा ४०,१०२ पुगेको देखिन्छ। त्यसैगरी विश्वभरि कोभिड-१९ का कारण मृत्युहुने हरुको संख्या ६,०५,३५२ नेपालमा भने ४० जनाको मृत्यु भएको छ भने पोल्याण्डमा यो संख्या १,६२४ छ। कोरोनाभाईरसको सिकार भएर उपचार पश्चात निको हुनेहरुको संख्या नेपालमा ११,६३७ छ भने पोल्याण्डमा ३०,२९२ छन् त्यसो त विश्वभरि उपचार पश्चात ८६,३१,५३५ घर फर्की सकेका छन्।

https://asianfood.kickshops.com
देशगत रुपमा हेर्दा सबै भन्दा धेरै सक्रमण हुने संयुक्त राज्य अमेरिका छ जहाँ ३,८८,३३,५९७ छन् भने आज मात्रै ३२६ जना नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा मृत्यु हुने हरुको संख्या १,४२,८७८ पुगेको छ भने १७,७५,२७१ जना बिरामी उपचार पश्चात घर फर्किएका छन्। त्यस्तै दोश्रोमा ब्राजिलमा २०,७५,२४६ जना सक्रमित छन् भने मृत्यु हुनेहरुको संख्या ७८,८१७ पुग्दा १३,६६,७७५ जना निको भएका छन्। तेश्रो स्थानमा हाम्रै छिमेकी देश भारत छ जहाँ संक्रमितको संख्या १०,७८,७८२ पुगेको छ भने आज मात्रै ९१८ नयाँ बिरामी थपिदा २६,८३८ जनाको मृत्यो भएको छ जसमा १० जना नयाँ मृत्यु भएका हुन् भने उपचार पछि ६,७७,८५६ जना निको भएका छन्।

त्यस्तै चौथो स्थानमा रसिया रहेको छ। रसियामा ७,७१,५४६ जना सक्रमित भएका छन् जहान आज मात्रै ६,१०९ नयाँ संक्रमित थपिएका हुन्। रसियामा मृत्यु हुनेहरुको संख्या १२,३४२ पुगेको छ जसमा ९५ नयाँ मृत्यु भएका हुन्, भने निको हुनेहरुको संख्या ५,५०,३४४ छ। त्यस्तै पाँचौ स्थानमा दक्षिण अफ्रिका छ, जहाँ ३,५०,८७९ संक्रमित छ्न् भने ४,९४८ जनाले ज्यान गुमाएका छन्, त्यस्तै उपचार पश्चात निको हुनेहरु भने १,८२,२३० पुगेको छ।संकमितहरुको संख्याको आधारमा नेपाल ६२ औँ स्थानमा छ भने पोल्याण्ड ४४ औँ स्थानमा छ