१० जुलाई, वार्सवा। गैर आवासीय नेपाली संघ पोल्याण्डले पोल्याण्डमा मृत्यु भएका दुई नेपालीहरु राजु न्यौपाने र रमेश ढकालको मृत्युप्रति दु:ख ब्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरेको छ । गैर आवासीय नेपाली संघ पोल्याण्डको आधिकारिक फेसबुक मार्फत छुट्टा छुट्टै रुपमा प्रकट गरिएको समवेदनामा परदेशमा नेपालीहरुको मृत्युको खबर सुन्नु पर्दा आफुहरु अत्यन्तै मर्माहत भएको र शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी हार्दिक श्रद्दान्जली व्यक्त गरिएको छ।
मृत्यु हुनेहरुमा नेपाल गुल्मी जिल्ला जन्म स्थान भइ हाल रुपन्देही जिल्ला मुर्गिया घर भएका बिगत ४ बर्ष देखि पोल्याण्डको क्राकोव शहरमा बस्दै आएका राजु न्यौपानेको यहि जुलाई ७ तारिकको दिन बिहान उपचारका क्रममा असमायिक निधन भएको हो।सोहि दिन सांझ मोरङ जिल्ला बिराट्नगर स्थायी घर भई १२ वर्ष भन्दा बढी पोल्याण्डमा बस्दै आएका रमेश ढकालको पनि अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। मृतक न्यौपाने ३१ वर्ष र ढकालको उमेर ४४ वर्ष भएको जानकारीमा आएको छ।पोल्याण्ड नेपाल परिवारको तर्फबाट पनि मृतक दुबैजनाको आत्माको चीर शान्तिको कामना गर्दै वहाँहरुको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ।