देशै भरि बाढी पहिरोको आतंक प्रमद्वारा सम्बोधन

१० जुलाई। कोरोनाभाईरसको महामारी साम्य हुन नपाउँदै बिहिबार परेको अविरल वर्षाका कारण शुक्रबार मुलुकका विभिन्न ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ । ३६ जना बेपत्ता छन् भने २६ जना घाइते भएका छन् ।विभिन्न संचार माध्यममा आएको विवरणअनुसार शुक्रबार बाढी, पहिरोमा परेर ग्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी गरी ८ जिल्ला प्रभावित भएका छन् । तीमध्ये ६ जिल्लामा मानवीय क्षति भएको छ ।

बिशेष गरी कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सराङ्कोटमा पहिरोमा परेर चार जनाको मृत्यु भएको तथा नौ जना घाइते भएका छन् । पहिरो झरेर घर पुरिँदा जन्मदिन मनाउन आएका व्यक्ति परेको जनाइएको छ । यस्तै, कास्कीको छोरेपाटनमा पहिरोमा परी तीन जना घाइते भएका छन् । कास्कीकै हेम्जामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । पैतेडाँडामा एक घर पहिरोमा पुरिँदा एक व्यक्ति बेपत्ता भएको विभिन्न संचार माध्यमहरुले उल्लेख गरेका छन्।

https://asianfood.kickshops.com/

त्यसैगरी लमजुङ्को बेँसीशहर नगरपालिका–७ स्थित एक घरमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मा पहिरो आएर दुई घर पुरिंँदा १० जना सम्पर्कविहीन भएको र अन्य दुई घरमा क्षति पुगेको जनाइएको छ । narayani-2-1140x815धनकुटामा ढुङ्गा खसेर एक जनाको मृत्यु भएको छ । यस्तै सिन्धुलीमा तीन, मकवानपुर र प्यूठानको चार स्थानमा बाटो अबरुद्ध भएको जनाइको छ । दैलेखको नारायण नगरपालिका २ कुसाडाँडामा सर्पले टोकेर एक जनाको मृत्यु भएको जनाइएको छ ।

त्यसै गरी यता चितवनमा पनि पानीको सतहले खतराको सूची ननाघे पनि सतह बढ्ने क्रम नरोकिएकोले नदी आसपास बस्ने सर्वसाधारणलाई सतर्क रहनुपर्ने जानकारी गराइएको छ।कोशी, नारायणी नदीको बहाव उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसका केही सहायक नदीसमेत खतराको आसपास पुग्ने भएकाले सावधानी अपनाउन भनिएको छ । कर्णाली, महाकाली, र यसका सहायक नदीमा भने बहाव सतर्कताभन्दा तल नै रहनेछ । कन्काई, कमला, वाग्मतीलगायत नदीमा बहाव बढ्दो छ । त्यसका केही सहायक नदीमा आकस्मिक रुपमा बहाव बढ्नसक्ने पूर्वानुमान गरिएको छ । पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्दो रहेको जानकारीमा आएको छ।

यसै सन्दर्भमा सम्माननीय प्रधानमन्त्रि के पी शर्मा ओलिले आज देश र जनताको नाउँमा सम्बोधन गर्दै यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । आफु कुनै पनि विपदसँग जुध्न हार नमानेको, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने, आफुले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको भन्दै सबैलाई यस विपद घडीमा एकताबद्द हुन आग्रह गरेका छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.