१० जुलाई। बिगत केहि महिना देखि भारतीय मिडियाहरुले नेपाल र नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै विभिन्न कलोकल्पित र अफवाफ भैलाउने सम्पूर्ण टेलिभिजनहरु सदाको लागि बन्द गर्ने निर्णय गरेको छ। नेपालमा विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेका हो। यद्यपी सरकारी स्वामित्वको दूरदर्शनको प्रसारण नरोकिएको जानकारीमा आएको छ। पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरुको साथै नेपालको बारेमा अन्य अतिरन्जित र अनर्गल प्रचार गरिरहेकोले ती च्यानलहरुको प्रसारण नेपालमा नदेखिने बनाइएको हो।
भारतीय न्युज च्यानलहरुको नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि वितरकहरुले आफैं सल्लाह गरेर त्यस्ता आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरेका हुन् । डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । तर इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति नल्याएसम्म प्रसारण रोकिने छैन ।
https://asianfood.kickshops.com/
यसरी वितरकहरुले नै आपसी सल्लाहमा भारतीय च्यानल बन्द गरिएको कदमप्रति चौतर्फी प्रशंसा भै राखेको छ। सिधा कुरा जनताका प्रस्तोता रबि लामिछानेले समेत यस कार्यको खुलेरै प्रशंसा गरेका छन्। उनले भ्रम एवं अमर्यादित प्रचारवाजी गर्ने भारतीय च्यानलहरु यस अघि नै बन्द गर्नु पर्ने थियो यद्यपी ढिलै भए पनि राम्रो काम गरेकोमा वितरकहरुलाई धन्यवाद दिएका छन्।