५ जुलाई , वार्सवा। पोल्याण्डबाट सन्चालित मेरो रिजर्भेसनको आफ्नो कार्य क्षेत्र विस्तारको क्रममा आज फ्रिल्यान्सरहरुको लागि अलग अलग अनलाईन वेबसाईडहरु सार्वजनिक गरिदैं छ। मार्केटिङ्ग र व्यस्थापनको अधिकार स्वयं फ्रिल्यान्सरले नै गर्न सकिने गरी विकास गरिएको वेबसाईडहरु आज एक औपचारिक कार्यक्रमबिच हस्तान्तरण गरिदैं छ। सामाजिक अभियन्ताका रुपमा स्थापित नाम मित्रलाल पार्देको एकल प्रयासद्वारा स्थापित अनलाईन कम्पनी ‘एस एम एस सर्भिस फर यु’ कम्पनिको नामबाट ‘मेरो रिजर्भेसन’ अनलाइन अगाडि बढाएको हुन् । एक दशक भन्दा लामो समय यूरोपमा बिताएका पार्देले बिगत तीन वर्ष देखि संचालनमा ल्याएका आफ्नो सपनालाई मुर्त रुप दिदैं छन्। उच्च शिक्षा हाँसिल गरेर पनि विदेशी भूमिमा नेपालीहरुले सँधै तल्लो स्तरको काम गर्नु पर्ने बाध्यता भन्दा माथी उठेर आफैँले केहि गर्नु पर्छ भन्ने आफ्नो संकल्प स्वरुप उनले ‘एस एम एस सर्भिस फर यु’ स्थापना गरेका थिए। यही स्कोहबाट मात्र होइन एक दिन हजारौको जिन्दगीमा आमुल परिवर्तन लिने भन्ने परिकल्पना गरेर सानो कोठालाई विदेशी भुमिमा हजारौ लाखौं भाडा तिरेर विभिन्न किसिमले संघर्ष गर्दै अगाडि बढ्ने प्रण गरेका छन् ।
मेरो रिजर्भेसन जहाँ हंजारौ कम्पनीका रिजर्भेसन सम्बन्धि अनलाइन वेबसाईटहरु भेट्न सकिन्छ । हजारौ कम्पनीहरुको ब्यानर वेबसाईट राख्न अफिलियट अनुमति प्राप्त गरेर मात्र मेरो रिजर्भेसनमा राख्ने गरिएको छ । मेरो रिजर्भेसनभित्र कुरियर सेवा, डाक्टरसँग एप्पोइण्ट्मेण्ट, सामानको किनमेल, खाना अर्डर, सयौ बुकिङ वेबसाईटहरु, सपिङ वेबसाईटहरु, सयौ टुर प्याकेजहरु खोज्न सकिनुको साथै लाखौ होटेलहरुमा ग्राहक स्वयं आफैँले खोज्न सकिन्छ । त्यति मात्रै होइन स्क्याइ स्क्यानर बुकिङ होटेल लूक फ्लेक्स बस साइट सिन ट्रेन रेल मनोरञ्जन सम्बन्धिका सामान किन्ने वेबसाईट खोज्न सकिन्छ । हालसम्म मेरो रिजर्भेसनमा १० हजार वेबसाईटहरुले अफिलियट पाएका छन् । त्यस अर्थमा यो एक किसिमले “अल इन वान” जस्तै वेवसाईड हो। पार्दे कै शब्दमा “मेरो रिजर्भेसन विभिन्न कम्पनीहरुको वेबसाईट राखिदिने एउटा घर हो । त्यो घरभित्रबाट कुन वेबसाईट प्रयोग गर्ने सम्बन्धित ग्राहकको रुचि हो ।” त्यहि ग्राहकहरुलाई अझै सहज होस् भनेर आफ्ना फ्रिल्यान्सरहरुलाई, फ्रिल्यान्सरहरुकै इच्छा एवं चाहना बमोजिम वेवसाईडहरु डिजाईन गरि तयार गरिएको छ।
मेरो रिजर्भेसनका संचालक पार्देकै शब्दमा “अबको युग अनलाइनको युग हो । रिजर्भेसन शब्दले संसार नै ओगटेको छ । रिजर्भेसनको बाटो भएर संसार भर अनलाइन रिजर्भेसन सम्बन्धी वेबसाइटरु खोज्न सकिन्छ।” उनी आफैँ हरेक देशमा फ्रिल्यान्सर मार्फत मेरो रिजर्भेसन सोच सिद्धान्त बुझाईरहेका छन् । अहिले वेबसाइट प्रयोग सफल भए पनि छिट्टै मोबाईल एप्लिकेसन मार्फत सेवा सुचारु गर्ने बताएका छन्, जसले गर्दा आफ्ना ग्राहकहरुलाई अझै सहज हुने कुरामा विस्वस्त छन् । यद्यपी मेरो रिजर्भेस्न वेबसाईटले रिजर्भेसन गर्दैन, रिजर्भेसन सम्बन्धी हजारौ वेबसाईट राखेर सबैलाई सहज बनाउने काम गर्दछ । मेरो रिजर्भेसन्ले अरु कम्पनीहरुको अफिलिअसन वेबसाइट लिन्क राखिदिने काम गर्छ होटेल बुकिङ सम्बन्धी वेबसाइटहरु विभिन्न कम्पनीहरुसित अनलाइन सहकार्य गरेर राखिदिन्छ ।