एस डि अर्पण
६ जुलाई, वार्सावा। केहि समय अघि पोल्याण्डमा कोरोनाभाइरसद्वारा संक्रमित दुई नेपालीहरु निको भएर काममा फर्किएको केहि समय पछि पुन: वार्सावामा दुई नेपालीहरुमा कोरोनाभाईरस देखिएको गैर आवासीय नेपाली संघ पोल्याण्डको फेसबुक पेजबाट जानकारी गराइएको छ। कोरोनाभाईरसबाट संक्रमितहरु रेस्टुरेन्टमा काम गर्नेहरु रहेको जनाईएको छ। संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको र अस्पतालको आईसोलेशन वार्डमा उपचार भैरहेको छ। यसरी कोरोनाभाईरसबाट संक्रमितहरु सुन्नु पर्दा गैर आवासीय नेपाली संघ पोल्याण्डले दु:ख प्रकट गर्नुको साथै संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै संक्रमितहरु निरन्तर सम्पर्कमा रहनु भएको पनि जनाइएको छ।
कोरोना भाईरसको महामारीको कारण केहि नेपालीहरुले आफ्नो रोजगारी गुमाउनुको साथै केहि आंशिक मात्रै रोजगारी पाउँदा खर्च खर्च धान्न समस्या पर्ने गरेको देखिएको छ। साथै पोल्याण्ड सरकारले बन्द गरिएका मार्केटहरु खोल्दा मानिसहरु धेरै आवत जावत भई कोरोनाको सन्त्रास पनि बढेको देखिन्छ। यसै कुरालाई ध्यानमा राख्दै गैर आवासीय नेपाली संघ पोल्याण्डले कोनोनाभाईरस लगायत कुनै पनि समस्याहरु आइपरेमा तुरुन्तै सम्पर्क गर्न र आफुहरुले गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्दता जाहेर गरिएको छ। गैर आवासीय नेपाली संघ पोल्याण्ड गारी गरिएको सुचनामा पोल्याण्ड निवासी सम्पुर्ण नेपालीहरु लाई कोरोना भाईरसबाट बच्न को लागि सम्पूर्ण रुपमा सावधानी अपनाउन हुन र सुरक्षित रहन विनम्र अनुरोध गरिएको छ। पोल्याण्डमा कोरोनाभाईरसको अवस्था हेर्ने हो भने आजसम्म कुल संकमिथारुको संख्या ३५९५० पुगेको छ भने उपचार पश्चात २३७४६ जना घर फर्की सकेको र १५१७ ले भने मृत्यु वरण गर्नु परेको देखिन्छ।
https://asianfood.kickshops.com/