२५ जुन वार्सवा । वार्सावामा आज विहिबार दिउँसो सार्वजनिक यात्रु वाहक बस स्काई ब्रिजबाट तल झरेर दुर्घटना हुँदा एक जनाको ज्यान जानुको साथै अन्य बीस जना घाइते भएका छन् । घाइतेहरु मध्ये जना गम्भीर रहेको पोल्याण्डका संचार मध्यमहरुले उल्लेख गरेका छन् । घाइते हुनेहरुमा दुईजना बच्चाहरु पनि परेका छन् । वार्सवा शहरको उत्तरी ग्रोता रोवेकिगो नाम गरेको पुलमा भएको दुर्घटनाको उद्दारको लागि दश आपतकालीन मेडिकल टोलिको साथै हेलिकप्टरको हसयोगमा घाइतेहरुको उद्दार गरिएको थियो ।
तस्विर: तोमेक काज्मार्चिक ट्विटर
प्रत्यक्ष्यदर्शीहरुले भने अनुसार सो बसमा चालिस जना यात्रुहरु रहेका थिए । एउटा बाटोबाट अर्को बाटो सुरुहुने ठाउँबाट तल झर्न पुगेको बस दुर्घटनाको प्रारम्भिक अनुसन्धानले चालक अचेत भएर हुन सक्ने अनुमान लागाइएको छ । चालकको मादक पदार्थ सेवन गरे नगरेको बारेमा मापन गर्दा उनी रक्सीजन्य पदार्थ मुक्त छन् । सो दुर्घटना उद्दारको लागि साथ दिने सबै जनालाई राष्ट्रपति एण्ड्रुए डुडाले धन्यवाद प्रकट गरका छन् ।