एक युवाले झाडा पखालाले क्वारेन्टाइनमा ज्यान गुमाय, मा सरकार भन्छ १० अब खर्च भयो, आखिर कहाँ?

के देसमा सरकार छ? क्यारेन्टाइन मा झाडा पखालाले तड्पीएर ज्यान गुमाएका 16 बर्सीया कीसोर..😭😭😭देशमा कोभिड उपचारका नाममा १० अर्बभन्दा बढी खर्च भए पनि सर्वसाधारणको स्वास्थ्यमाथि कसरी खेलबाड भइरहेको छ भन्ने कठोर उदाहरण धनुषामा देखिएको छ । भारतमा रोजगारी गुमेपछि भोकै ज्यान जाने डरले मातृभूमि फर्किएका १६ वर्षीय किशोरको उपचार नपाएर मृत्यु भएको छ । जब कि उनलाई कोभिड थिएन भन्ने पुष्टि भएको छ ।

यो बिहबल र कारुणिक दृश्य नदेख्ने सरकार कहा छ मानबियता ??

धनुषाको हंसपुर नगरपालिका– ७ निवासी पर्साहीस्थित विपन्न दलित बस्तीका राजु सदा रोजगारीका लागि भारत पसेका थिए । उनको उमेर १६ वर्ष मात्रै थियो, तर दक्षिण भारतको चेन्नईको होटेलमा काम गरेर उनले परिवारको आर्थिक जिम्मेवारी पूरा गर्दै आएका थिए ।

तर, लकडाउनपछि होटेलले उनलाई कामबाट निकाल्यो, गाँस र वासको पनि समस्या भएपछि उनी नौजना साथीसँग घर फर्किएका थिए । ‘घर पुगे बाँचिएला भन्दै छोरो आएको थियो, बस र रेल नपाएकाले कतै ट्रक र कतै हिँडेर आएको हो,’ पिता अशेश्वर सदा भन्छन्, ‘चेन्नईबाट आठ दिन लगाएर उनीहरू नेपाल आइपुगेका हुन्, तर गाउँ आइपुग्दा मेरो छोरा निकै हर्षित थियो ।’

राजुको समूह १४ जेठमा गाउँ आइपुगेको थियो, उनीहरूलाई नगरपालिकाले लौवाखोरमा सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट आएकाको कोरोना परीक्षण गर्ने भने पनि उनीहरूलाई विनापरीक्षण क्वारेन्टाइनमा राखियो । ‘१० दिनपछि अर्थात् २४ जेठमा मात्र नमुना संकलन गरियो । एक–दुई दिनपछि राजुलाई पखाला लाग्यो,’ चेन्नईबाट सँगै आएका र सँगै बसेका अरुण सदा भन्छन्, ‘पखाला किन लाग्यो भनेर सोधखोज भएन, सीधै कोरोना हो भनेर आइसोलेसनमा पठाइयो ।’

पखालाले ग्रस्त भएका राजुलाई अस्पताल लग्न एम्बुलेन्सको समेत व्यवस्था थिएन, नगरपालिकाको टिपरमा राखेर २८ जेठमा प्रदेशिक अस्पताल जनकपुरको आइसोलेसन पुर्‍याइयो । ‘रिपोर्ट आएको थिएन, तर त्यही कोरोना हो भनेर अस्पतालले हेरचाह गर्न छाडिदियो,’ पिता अशेश्वर भन्छन् ।

क्वारेन्टाइनमा बसेको १० दिनपछि मात्र नमुना संकलन गरियो, त्यसको चार दिनपछि उनलाई आइसोलेसनमा लगियो । तर, रिपोर्टको प्रतीक्षा त्योभन्दा बढी कष्टकर थियो । किनकि रिपोर्ट संकलन भएको १४ दिन अर्थात् आइसोलेसनमा राखिएको १० दिनसम्म पनि रिपोर्ट आएको थिएन ।

पेट दुखेर राजु आइसोलेसनमा तड्पिरहेका थिए, तर उनलाई कोभिड लागेको हो कि होइन भन्ने रिपोर्ट दुई सातासम्म पनि आएन । ‘ल्याब र जनशक्ति कम छ भन्ने सबैलाई थाहा छ, प्रदेशको प्रयोगशालामा आज पनि ६ हजार ८१३ नमुना थन्किएका छन्, योभन्दा छिटो दिन सकिने अवस्था नै थिएन,’ प्रयोगशालाका एक अधिकारीले भने ।

उता कोभिड परीक्षण र उपचारका लागि राज्यको सम्पूर्ण स्रोत र शक्ति परिचालन गरेको राज्यले दुई सातासम्म रिपोर्ट नदिँदा राजुका आफन्त ठूलो मानसिक यातनाबाट गुज्रिए । राजु आफ्नै पीडाबाट छटपटाइरहेका थिए ।

आइसोलेसनमा सँगै भएका सिराहाका एक युवाले रेकर्ड गरेको भिडियोमा असह्य पीडाले राजु तड्पिरहेको अवस्थामा देखिन्छन् । बेडमा अडिन नसकेर उनी भुइँमा पनि छट्पटाइरहेका छन्, सँगै बसेका साथीहरूले ‘राजु, राजु’ भनेर उनलाई सान्त्वना दिन खोजेका छन् । तर, उनलाई के भयो भनेर सोधखोज गर्न स्वास्थ्यकर्मी कोही पनि आएका छैनन् । उनी तड्पिरहेको वेला ‘पेनकिलर’ दिने वा उनलाई लठ्ठ पार्ने इन्जेक्सन लगाइदिने प्रयास पनि भएको छैन ।

कोरोना हो भनेर आइसोलेसनमा राखिएकोले परिवारले राजुको हेरचाह पनि गर्न पाएनन् । ‘हामी नजिक जान पाइएन, तर भित्रबाट जानकारी आइरहेको थियो, औषधि–उपचार नै पाएको छैन, रोइरहेको छ भन्ने सुनेर यता घरमा रुवावासी हुन्थ्यो, तर गरिब रोएको सरकारले सुनेन,’ पिता अशेश्वरले भने ।

नमुना संकलन भएको १४ दिनपछि रिपोर्ट आयो, कोभिड होइन भनेर । तर, राजु र परिवार खुसी हुन पाएनन्, किनकि अस्पतालको चरम उपेक्षाले उनी धेरै गलिसकेका थिए । स्वास्थ्य बिग्रिदै गएपछि ९ असारको बिहान करिब ४ बजे उनको निधन भयो ।

‘नमुना त पहिले नै संकलन भएको रहेछ, उनलाई २८ जेठमा यो आइसोलेसनमा ल्याइएको थियो, त्यसको १० दिनपछि मात्र रिपोर्ट आयो, उनलाई कोभिड छैन भन्ने रिपोर्ट आएको थियो,’ आइसोलेसन वार्डका इन्चार्ज डा. जामुन सिंहले नयाँ पत्रिकासँग भने ।

अस्पताल जाँदा नगरपालिकाको टिपरमा गएका राजुको शव भने एम्बुलेन्समा राखेर घर पुर्‍याइयो । छोराको अन्त्येष्टि भएको छ, तर घरको दु:खको महाभारत बल्ल सुरु भएको छ ।
गहभरि आँसु भएका पिता अशेश्वरले भने, ‘मेरा छोराको रिपोर्ट छिटो आएको भए उपचार राम्रो पाउँथ्यो, आज ज्यान गुमाउनुपर्दैनथ्यो, बरु सडकमा भीख मागेर खाँदै उतै बसेको भए बाँच्थ्यो होला, दशा लागेर देश आएछ ।’

‘कोरोना होइन भन्ने रिपोर्ट आए पनि रिपोर्ट सही हो भन्नेमा डाक्टर र नर्स नै ढुक्क थिएनन्, त्यसैले उनीहरू नजिक आएनन्,’ राजुसँगै आइसोलेसनमा बसेका अरुण सदाको भनाइ छ ।
यता, प्रादेशिक अस्पताल जनकपुरका आइसोलेसन वार्डका इन्चार्ज डा. सिंहले र्‍यापिड टेस्टमा कोरोना देखिएकोले त्यसैका आधारमा उनको हेरचाह गरिएको बताए । ‘आरडिटी चेक गर्दा कोरोना पोजेटिभ देखियो, त्यसैले त्यसैको आधारमा हामीले उपचार अघि बढायौँ, तर पिसिआर रिपोर्ट नै समयमा आएन । त्यसैले कोरोना नै होला भनेर उपचार गर्नुको विकल्प थिएन,’ उनले भने, ‘तर, ढिलो गरी पुष्टि भयो, उनलाई कोरोना होइन, मेङ्गे इन्फलाइटिक्स भएको रहेछ, त्यही रोगले उनको मृत्यु भयो ।’

यो विषयमा अस्पतालको दोष नभएको उनको भनाइ छ । ‘कोरोनाको रिपोर्ट समयमा आएन, तर स्वास्थ्य अवस्था धेरै नै बिग्रिएपछि स्वास्थ्य सेवा विभाग, प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएका हौँ, अस्पतालले गर्ने सबै काम गरेका हौँ, तर उनलाई जोगाउन सकिएन ।’

सामाग्री साभार:- प्रकाश गजमेर को फेसबुक बाल

प्रस्तुत कर्ता सुसन परियार बिसर्जन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.