अन्तर्राष्ट्रिय हाँस्य कलाकार “डा. टोपी ओईली” को आलोचना किन ?

एस.डि.अर्पण

२४ जुन, वार्सवा । अहिले सारा विश्व जगत कोरोनाभाईरसको महामारीसगँ घमासान युद्ध गरी रहेको बेला डा. टोपी ओईलीलेIMG_7171भने भिविन्न प्रहसन गर्दै सारा विश्वलाई हँसाईरहेका छन् । तर कोरोनाभाईरस लगायत अन्य समसामयिक विषयहरुमा व्यंग्यात्मक अभिव्यक्ति दिएर हँसाउने ओईलीप्रति लक्षित गरी विभिन्न लाल्छनाआलोचना एवं कटाक्ष रुपी विचार प्रस्तुति गरिरहेका छौँ । वास्तवमा एउटा देशको प्रमुख सारा नेपालीहरुको आड भरोसाका पात्र अन्तर्राष्ट्रिय स्तरको एक हाँस्य कलाकार हुन् । हामी ओइलीलाई खिसिट्याँऊ गर्नु भन्दा गर्वित हुनुपर्ने होकिनकि उनको ख्याति नेपालमा मात्र सिमित नभएर उनको हाँस्य कला सारा विश्वमाझ भईलिसकेको छ र हाँस्नु स्वास्थ्यको लागि भईदाजनक हो भन्ने कुरा त सम्झाई राख्नु नपर्ला । हुन त उनीले पहिल्यै देखि सित्तैमा विभिन्न ठाउँमा गएर हँसाईरहेका थिए न टिकट काट्नु पर्ने न पास चाहिने उनको हाँस्यव्यंग्य सुन्नलाई । उहिले देखि नै टुक्के बाजे या उखाने बुढो भनेर उपमा पाइसकेका थिए । त्यति मात्रै होइने आहिले कोरोनाभाईरसको विभिन्न भविष्यवाणी गर्दै ज्वठिस” हुने प्रयास गर्दैछन् । वि स २०७४ साल मंगसिरमै हामीले हँसाउने र डाइलग हान्नेबीच मतदानको घमासान युद्द आयोजना गरेर उनीलाई चुनेका हौँ,जसलाई राजनीतिक भाषामा संसदीय चुनाव पनि भनिन्छ । त्यसपछि उनको उचाई ज्यामितीय गतिमा दिन दुईगुना रात चौगुना हुँदै गयो र त्यहि बमोजिम प्रसिद्दि पनि कमाए ।

Screenshot from 2020-06-24 20-32-30

अचेल कोरोनाभईरस लागेर मानिसहरु मरी रहंदाउनलाई भने यसले गिज्याइरहे जस्तो भान भएछ र यस्ता बोसीय तत्व तातो पानी पिएरतातो पानीले हात धोएर भगाउनु पर्छ भन्दै हँसाए । कहिले अदुवालसुनबेसार खाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै हँसाए । अस्ति भर्खर झन बेसारको विशेषज्ञ कै रुपमा प्रस्तुत भएर बेसारको नालीबेलीआन्द्रा भुँडी छताछुल्ल पारिदिए । तर संचार माध्यमसामाजिक संजालमा या टेलिफोन वार्तालापमा केवल उनको आलोचना मात्रै भयो जुन एकदमै गलत हो । केहि सिमित मानिसहरुले मात्रै उनको क्षमता बुझेर यसपालीको मेडिकल तर्फको विश्वप्रसिद्द नोबेल पुरस्कार द्वारा पुरस्कृत हुन सक्ने आवाज उठाईरहेका छन् । उता अनतर्राष्ट्रिय संचार माध्यमहरुले पनि हाँछ्यु गरेर भाइरस भगाउने लगायत अन्य विभिन्न उपायहरुको खोजि गरेको भन्दै पुरस्कृत गरिने आंकलन गरी रहेका छन् र मेरो अनुमान पनि त्यहि छ । केहि दिन अघि केहि साथीहरुले ओईलीजीको बेसारलाई व्यंग्य गर्दै गीत पनि गाएको देखें तर गीत गाउने साथीहरुको त्यो साहस आफैंमा प्रसंशनीय कम निन्दनीय ज्यादा छ । त्यस्तै अस्ति देखि सामाजिक संजालमा साथीहरुले बेसारलाई नै मजाक बनाउँदै बेसारको बिचमा आफ्नो तस्विर राखेर सार्वजनिक गरि रहेको देख्दै छुतर यार अन्तर्राष्ट्रिय– अन्तर्राष्ट्रिय स्तरको हाँस्यकलाकार टोपी ओईलीलाई यसरी उडाउन पाईन्छ नेपाल सरकारले के के नियमहरु लागु गरेको छजेलजरिवाना त्यया तिर पनि एक पटक सोच्ने कि !

वास्तवमा लकडाउनका कारण ओईली जीको वैदेशिक भ्रमण रोकिएको कारण बालुवाटारमा सिमित हुनुपरेकोले अन्य विषयवस्तु नपाएर अदुवालसुनबेसारतातो पानीको गहन अनुसन्धान गरेर हँसाउने कोशिस गर्नु भएको छ र वहाँ आफ्नो प्रयासमा सफल पनि हुनु भएको छ । यसरी उनको प्रहसनले हामी हाँस्दा हाम्रो शरीरमा सकारात्मक उर्जा उत्पन्न हुन्छ र त हाम्रो रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ तर मान्छेहरुले उनको आलंकारिक अभिव्यक्तिको भाव बुझ्न नसक्दा आलोचना एवं नकारात्मक प्रतिक्रियाहरु जनाउनुको साथै विभिन्न कार्टुनहरु पनि बनाए । खासमा उनको आशा त्यस्तो थिएन । लामिछाने दाइले समेत बेसारको बारेमा खेदो नै खन्नु भयोसायद ओईलीले सिधै यो असारको बेला धान रोपौं असरकोव्यापार गरौँ बेसारको” किनकि बेसार महँगो हुन्छ केहि धन आर्जन गर्न सहज हुन्छ भनेको भे बुझ्थे होला किनभने लामिछानेको कार्यक्रमकै नाम सिधा कुरा… ” छ । कतिपयले धेरै चिल्लो कुरा गर्यो भन्दै धेरै कुरा काटेको देख्छुतर यार अंग्रेजी साह्रै कमजोर हुनेहरु उनी मान्छे नै ओईली हुन् नी त जसको अर्थ नेपालीमा तैलीय हुन्छ अनि चिल्लो चप्लो कुरा नगरेर उनी कोईली हुन् र कुहु कुहु कराउनलाई उनको कला नै त्यहि हो नी त कमसेकम हेई कहाँबाट अक्सफोर्ड विश्वविद्यालय खोज्न जानु” भन्दै थर्काएर हाम्रो सात्तो त लिदैंनन् ।

उनी यसै पनि आफुलाई सिद्दार्थ गौतम बुद्दसंग तुलना गरेका छन् किनकि बुद्दले बोधी वृक्ष मुनि ज्ञान प्राप्त गरेका थिए भने ओइलीले पनि चिसो छिडि मुनि ज्ञान आर्जन गरेका हुन् । यसो भनि रहँदा कतिपयले लाजनीतिको रंगमंचबाट सन्यास लिनु पर्छ भन्दै खोक्रो पनि सुकाए उहाँ जस्तो अर्को क्षमतावान अरु कोहि छन् र । उनले त कम्तिमा पनि दुई जना बराबरको हाँस्यव्यंग्यमा ख्याति प्रख्याति कमाउदैँ राज गर्नु पर्छ । जसरी दश वटा टाउको भएका रावणले दश जना मानिस बराबरको जीवन पाएका थिए त्यसरी नै उनले त चार चार ओटा मृगौला पेटमा राखेका छन् त्यसको कदर हुनु पर्छ कि नाई । फेरि टाउको नै किन नराखेको भन्ने प्रश्न उठ्ला तर नेपालको साँगुरो बाटोमा ट्राफिक समस्या हुन्छ भनेर वैकल्पिक रुपमा ओइलीले पेट भित्र राख्या हुन् । त्यसैगरी उहाँको पाचन प्रणाली पनि माने पर्छसायद यति राम्रो पाचन क्रिया भएको यो दुनियाँमा वहाँ एक्लो वृहस्पति हुनुहुन्छ । अहिले सम्म निर्मला काण्डसिन्डिकेट काण्डसुन काण्डबालुवाटार काण्ड७० करोड काण्डवाईडवडि काण्डओम्नी काण्डदश अर्ब काण्ड लगायत अन्य थुप्रै काण्डहरु पचाईसक्नु भएको छ । अब भन्नुस्वहाँ जत्तिको अद्भुत क्षमतावान प्रतिभावानहाँस्यवान कलाकारको विकल्प कोहि हुन सक्छ र त्यसैले अन्य कलाकारहरुको कार्यक्रमचलचित्रटेली शृंखलाटिकटकयुट्युब भिडियोअडियोहरु सुनेर हेरेरपढेर हाँसे जस्तै सम्माननीय टोपी ओईलीजीको कुराहरु पनि मोबाईलटिभीरेडियोपत्र पत्रिकाछरछिमेक जहाँ जहाँ भेटिन्छन्त्यहीं त्यहीं सुनेरहेहेरपढेरदेखेरकानेखुसी गरेरहल्ला गरेर बडो अट्टाहास तरिकाले घरमा बसेर हासौं अनि रोग प्रतिरक्षा क्षमता बढाएर स्वस्थ्य रहौंकोरोनाभाइरसबाट आफु पनि बचौं अरुलाई पनि बचाउ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.