एस डि अर्पण
१४ जुन, वार्सावा । विभिन्न समय परिस्थितीमा पोल्यान्ड आएका नेपालीहरुको सङ्ख्या ठ्याक्कै यती नै छ भन्ने कोही नेपालीहरुसँग अधिकारिक तथ्याङ्क छैन तर पोल्यान्डमा आप्रवासी सम्बन्धी तथ्याङ्क राख्ने आधिकारीक वेबसाईडमा कानुनी रुपमा बसिरहेका नेपालीहरुको सङ्ख्या सन २०२०मा २४०५ रहेको देखिन्छ भने सो सङ्ख्या २०१९मा २३२९ रहेको थियो ।
तथ्याङ्क अनुसार सन २०२०सम्म अस्थाई बसोबास अनुमती अर्थात टिआरसी कार्ड सहित बसोबास गर्ने नेपालीहरुको सङ्ख्या २०८९ रहेको छ भने पाँच वर्ष सम्मको बसोबास अनुमती पाउनेहरुको सङ्ख्या २४३ देखिन्छ, भने स्थाई बसोबसको अनुमती पाउनेहरु केवल ६७ जना रहेको देखिन्छ । त्यसैगरी विशिष्ट आप्रवासी अनुमती र अन्य क्रमश २ र ४ जना नेपालीहरु पोल्यान्डमा बसोबास गरी रहेको सो तथ्याङ्कले जानएको छ । त्यस्तै लैङ्गिक आधारमा १९३५ जना पुरुष र ४७० महिलाहरु रहेको देखिन्छ । सो थथ्याङ्क अनुसार उमेरगत अनुपात हेर्दा २० देखी ३९ वर्ष समुहको युवाहरुको सङ्ख्या २०९६ रहेको छ भने ४० देखी ५९ उमेर समुहका २४८ रहेको छ । सोही थथ्याङ्कका आधारमा २० वर्षसम्मा उमेरका ५८ जना र ६० देखी ७९ उमेर पुगेका जेष्ठ नागरिक केवल ३ जना रहेको जनाईएको छ । माथीको तथ्याङ्कले कृयाशिल युवाहरु कामको लागि प्रवासमा भौतारिन पुगेको स्पस्ट देख्न सकिन्छ ।
त्यसैगरी सन् २०२० मा हाल सम्म ५८६ जनाको कार्डको निर्णयहरु भएका छन्, जहाँ ५८३ अस्थाई बसोबास सम्बन्धीत छन भने १ स्थाई बसोबासको र २ वटा अन्तर्राष्ट्रिय संरक्षित हुन् । पोल्यान्ड सरकारद्वारा निर्णय गरिएका स्थाई बसोबासमा ४४४ जनाको साकारात्मक निर्णय भएका छन् भने १२५ नकारात्मक अर्थात नेगेटिभ डिशिजन भएका छन् बाँकी १७ वटा भने केशहरु रद्द गरिएको जनाईएको छ । त्यस्तै हालसम्म २०२० मा ३८० जना नेपालीहरुले आप्रवासनको लागि आवेदन दिएका छन्, जहाँ ३७५ जनाले अस्थाई, ४ जनाले स्थाई र १ जनाले पाँच वर्षिय कार्डको लागि नयाँ आवेदन दर्ता गराएका छन् । सन् २०१० देखी हालसम्म पोल्यान्डमा कानुनी रुपमा बसोबास गर्न अनुमती पाएका नेपालीहरुको छोटो विवरण यस्तो देखिन्छ ।
स्रोत: मिग्रसे डट जिओभि पिएल