क्वारेन्टाइनबाट श्रीमतीलाई श्रीमानको पत्र

FB_IMG_1591775609675
विकास पाण्डेय

क्वारेन्टाइनबाट ……

गौरीफन्टा नाका दशगजा
‌ मिति: २०७७/०२/२२

प्रिय
सायद यी शब्दमा बुनिएका भावना तिमी सामू प्रतिबिम्बित हुने अवसर प्राप्त गर्लान् या नगर्लान् तर यो ज्वालामुखी स्वरूप मनमा घोलिएका भावना विस्फोट गराइ शितलता प्राप्त गर्ने अभिलाषामा छु।

कसैको स्वार्थपूर्तिको लागि भाई आफ्ना साथीहरूसँग भेरीका माछाको चारो भएछ। स्तब्ध छु त्याहाँको माहोल कस्तो होला भनेर? कहाली लागेर आउछ त्यो सबै सम्झदा।
आमालाई कस्तो बितिरहेको छ होला भनेर? जसले जनयुद्धको बेलामा आफ्नो लोग्ने गुमाइन अनि बलिदानीको नाममा आफ्नो यौवनलाई सम्हालेर हाम्रो भविष्यको पर्खाइमा बाचिरहिन्। आज एउटा छोरा भेरीको माछाको सिकार र कसैलाई राजनिति गर्ने आधार बन्यो अनि अर्को छोरा कोरोनाले ग्रसित हुँदै
भारतको अत्याचार सहदै दशगजाबाट यो पत्र लेख्दैछु।
गुनासो जनताको नाममा राजनीति गर्ने र बहुरुपी बन्दै हिड्नेसँग होइन। हात्ती छाप चप्पल किनेर लगाउन नसक्ने हरू अहिले राजा महाराजा हुदै अरबौंको राष्ट्र दोहन गर्ने, बलत्कारी, भ्रस्टाचारी, हत्याराहरुलाई संरक्षण गर्नेहरुसंग पनि मेरो कुनै गुनासो छैन।
पतिको हत्याको पिडा भजाएर चुनाव जित्ने अनि प्रमुख पदमा हुँदा पनि हत्यारा पत्ता लगाउन पनि नखोज्नेहरसंग होइन प्रिय मेरो गुनासो।
कथित नेताहरुले कालोलाई सेतो र सेतोलाइ कालो भन्न पनि पछि नपर्ने यस म्यान हरुलाई के भन्नु?
जस्को सोचको हैसियत जति छ उसले त्यति नै देखाउने हो।
गुनासो छ त केवल आफैँसँग। पढेलेखेको पनि थिए केही गर्छु भन्ने हिम्मत पनि थियो। तर स्वाभिमानी नेपाली भई म बाँच्न सकिन। नेपालमा इमान्दारिता, स्वविवेक, स्वाभिमान मात्र गुण केवल आत्महत्या गर्नेको लागि मात्र रहेछन्। कसैको क्षमता यहाँ राजनितिले निर्धारण गर्छ उसको योग्यता र सिपले होइन। मैले मेरो योग्यता र सिपलाई बिष बनाउन सकिन र कसैको यस म्यान भएर बाँच्न पनि मेरो स्वाभिमानले दिएन प्रिय।

सस्तो लोकप्रियताका लागि मात्र पत्रकार सम्मेलन र सामाजिक सन्जालमा देखिएको राष्टियता करोडौंको कार्पेटमा चिप्लिएछ। संकटको घडीमा घुँडाले छाती मा टेकेर मुखमा मुक्का हानेको जस्तो व्यवहार गर्ने सरकारको के भरोसा गर्न सकिन्छर? मेरो उपचार कसरी होला र? माइला बा क्वारेन्टाइनमा नराम्रोसंग मरेछन् बिचरा। त्यो मृत्यु म मर्न चाहन्न। त्यसैले लिपुलेक गएर मर्न चाहन्छु।कम्सेकम मेरो आत्माले शान्ति पाउला, पूर्खाको आत्मालाई शान्ति मिल्ला।
थाहा छैन तिमी र आमा रहन्छौं या रहदैनौ। यो महामारीले दया गर्छ या गर्दैन। हुन त अव गुमाउनलाई के नै बाँकी रह्यो र? यदि रह्यौ भने त्यो पेट भित्रको वच्चाले संसार देख्ने अबसर पायो भने उसको नाम “क्वारेन्टीन” राख्नु क्वारेन्टाइन होइन क्वारिन्टीन राख्नु र उसलाई यो देशको सङ्क्रमणबाट टाढा क्वारिन्टाइन मा राख्नु।

उही

बेनाम बेघर

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.