रबिन्द्र शाही ठकुरी
#प्रिय_राजा,
यो देशका गद्दारहरुले दरबारमा तपाँईलाई निर्मम काटेको पनि आज ठ्याक्कै १९ बर्ष पुगेछ! तपाँईलाई मारेको दिन रेडियो र टिभिमा बजेको नरमाईलो धुन र तपाईंको बियोगमा कपाल काटेर सेतो बस्त्र पहिरिएका आफन्तहरुको धमिलो सम्झना मात्र बाँकी छ आज मेरो मानसपटलमा। तपाँईले छोडेर गएपछि यो देश ले १९ बर्षभित्र धेरै नेताहरुलाई भोगिसक्यो। तपाईलाई निरंकुश र सुखभोगी भनेर तपाँईको बंश नास गर्ने यी रक्तक्रान्तिका नायकहरुले आजकै दिन रास्ट्रपतिको कार्यालयमा १ करोडको गलैंचा ओच्छ्याएका छन्।तपाईलाई मारेर देशले के पायो ? जनताले के पाए? पाए त यिनै भ्रस्ट , दलाल र जनताको रगतमा होली खेल्दै देश लिलामी गर्ने रास्ट्रघाती नेताहरु मात्र पाए। जनताको माया गर्ने कोहि छैन यहाँ। सुनेकी थिएँ, तपाईँको शासनकालमा तपाँई भेष बदलेर कहिलेकाहिँ नागरिकको घरमा जनताले कस्तो खाँदा रहेछन् भनि बटुवा बनेर बास बस्न जानु हुन्थ्यो रे। तर अहिलेका नेताहरु त गरिबको गाँस खोसेर सिंहदरबारमा रात्रीभोज र दारु पार्टी मनाउने खालका छन्। तपाँई गुमेसँगै मेरो देशले एक कुशल अभिभावक सदाको लागि गुमाएको छ । देशको स्वाधिनता र आत्मसम्मान गुमाएको छ। बिदेशीले सिधै हेप्न र मिच्न थालेको छ तर प्रतिकार गर्न सक्ने कुनै नेता छैन । सबका सब लेण्डुप दोर्जे निक्लेका छन् । राजतन्त्र ठिक थियो थिएन , यो म भन्दिन तर यति चाहिँ जरुर भन्छु कि यो देशमा तपाँई जति भद्र, शुसिल र असल शासक न हिजो थियो , न आज छ , न भोलि अर्को नै हुनेछ ! बाघ भनेको बाघ नै हुँदो रहेछ । बाघको छाला ओढेका स्यालहरुले देशलाई आज भिरबाट उभिण्डो पारेर खसाएका छन्। मिस यु प्यारा राजारानी ! । तपाईहरुको अमरताको लागि हरेक बर्ष जेठ १९ गते प्रार्थना गरिरहने छु ।