यो समुहसंग नेपाल,युरोप,अमेरिका, मध्यपूर्व एसिया,दक्षिण कोरिया, अस्ट्रेलिया,जापान,भारत लगायत धेरै देशका पत्रकारिता क्षेत्रका नयाँ देखि अनुभवले अत्यन्त खारिएका मित्रहरु अधिकांश देशबाट सहकार्य मा हुनुहुन्छ । समयको विकास क्रमसँगै डिजिटल सुचना प्रणालीले संसारलाई एउटा हत्केलामा ल्याइदिएको छ।यस चमत्कारको माध्यमबाट सत्यतथ्य समाचार सम्प्रेषण गर्ने हाम्रो शतप्रतिशत प्रयत्न रहनेछ यद्यपि प्रवासबाट आफ्नो मुख्य पेशालाई अँगाल्दै र केही समय बचत गर्दै अनलाइन समाचार सञ्चालन गर्नु कम कठिन र चुनौती काम होइन त्यसमा पनि अनलाइन प्राविधिक र सम्पादकीय समूहको तालमेल मिलाउन सहज छैन।
हामी संस्थागत र आत्मकेन्द्रित प्रवृत्ति का विरुद्धमा समाचार सामाग्री पस्कने छौं तर तथ्य र प्रमाणको आधारमा ।सन्तुलन र विश्वसनीयतालाई सर्वोपरी ठान्छौं ताकी समाचार कै आलोचित पात्रले समेत समाचारको खण्डन होइन की लज्जाबोध र सचेत हुने अबस्था श्रृजना होस् ।राजनैतिक आस्था र बिचारका आधारमा हरेक मानिस स्वतन्त्र हुने नै भयो तर पत्रकारिताको आवरण र कुनै व्यक्तिगत आग्रह/पूर्वाग्रह ले निर्देशित समाचार हाम्रा लागि अस्वीकार हुनेछ।स्वच्छ ,मर्यादित र व्यवसायिक पत्रकारिताको अभ्यास गर्ने हाम्रो हरसम्भव प्रयास रहनेछ।आफ्नो व्यक्तिगत महत्वकांक्षा अनुसार समाचार सम्प्रेषण गर्ने लाई मात्र पत्रकार देख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सत्यता ,तटस्थता र निडरता पत्रकारिता का संहितामा कहिले कुनै सम्झौता हुने छैन भनि हामी विश्वस्त बनाउन चाहन्छौँ ।हामी चाहन्छौ हाम्रो समाचारले नेपाली समुदायमा हुने समस्याको आयतनलाई बढाउने होइन की घटाउन पुलको काम गरोस् यद्यपि कुरा गर्न सजिलो छ त्यसलाई व्यवहारमा उतार्न उतिकै कष्टकर ।त्यसका लागि आजैदेखि सुरु भएको छ-हाम्रो परिक्षा!!!

युरोप लगायत विश्वका एनआरएनए लगायतका सम्पूर्ण देशहरुमा क्रियाशील संघसंस्था संग हातेमालो गर्दै अगाडी बढ्ने हाम्रो सोच छ । तसर्थ आशा छ,आगामी दिनहरुमा हाम्रा आदरणीय पाठक, विज्ञापनदाता,शुभचिन्तकहरूको साथ, सहयोग,सहकार्य र सुझाव सहितको हौसलाको अपेक्षा गर्दछौं। धन्यवाद