१०७ वर्षीय इल्मोरेको आग्रह एक अर्कासंग माया र सद्भाव बाड्नु

१२ मे, वार्सावा । विश्वभरि कोरोनाभाईरसको माहामारीले आक्रान्त बनाइरहेको बेला इंग्ल्यान्डकि १०७ वर्षीय मार्गरेट इल्मोरेले एक अर्कासंग माया एवं सद्भाव बाड्न आग्रह गरेकी छिन् । उनको विश्वास छ समयसंगै मानवीय समाज निकै आधुनिकीकरण भैसकेको छ र आजको यो माहामारीबाट पनि मानवीय समुदाय मुक्ति पाउनेछ । दुई ठुला विश्व युद्द र दुईटै ठुला माहामारिहारी देखेकी इल्मोरे मे १ मा १०७ आैँ वसन्त पार गरेकी हुन् । पहिलो विश्व युद्द सुरु हुनुभन्दा एक वर्ष अघि अर्थात् १९१३मा जन्मिएकी एल्मोरले २ करोड २० लाख मानिसहरुले ज्यान गुमाएको पनि देखिन् । त्यस लगत्तै स्पनिस फ्लुलेको माहामारीले करिब ५ करोडको ज्यान लिएको पनि साक्षी भईन् । त्यसगरी देस्रो विश्व युद्द सुरु हुँदा भर्खरै विवाह बन्धनमा बन्धिएकि उनले अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा एटम बम विस्फोट गरेर युद्ध अन्त्य गरेको पनि साक्षत्कार गरिन् ।

_112082238_margaretellmore2

जीवनको उतारार्धतिर आइसक्दा पनि पुन: कोरोनाभाईरसले निम्त्याएको माहामारीले गर्दा लकडाउनमा बस्न बाध्य परेकी छिन् । आफ्नो जन्मोत्सव भब्य रुपमा मनाउने चाहना हुँदा हुँदै पनि लकडाउनका कारण सम्भव नभए पछि कार्ड मार्फत शुभकामना दिन आग्रह गरिएको थियो, जहाँ १००० जनाले कार्ड पठाए । जुन उनीले आपेक्षा गरेको भन्दा निकै धेरै हो । उनलाई रानी एलिजावेथ द्दितियाले पनि ३ वर्ष देखि शुभकामना पठाइरहेकि छिन् । विश्वभरि कोभिड-१९ को कारण लाखौँले ज्यान गुमाइसकेको परिप्रेक्ष्यमा एल्मोरले सबैलाई संयमित भई यो माहमरीसंग जुध्न आग्रह गरेकी छिन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.