पोल्यान्डमा २ नेपाली कोरोना संक्रमित

बिकास युवा पोल्यान्ड
पोल्यान्डमा २ नेपाली कोरोना संक्रमित
20200421_151431

१२-०५-२०२०, वार्सा:- पोल्याण्डको राजधानी वार्सा नजिकै रहेको शहर वुझको कुत्नो भन्ने ठाउँमा बिगत १८ महिना देखि एक कम्पनीमा कार्यरत २ नेपाली, १ अफ्रिकी र ३ भारतीय कामदारमा मे ११ तारिख गरेको स्वाब परिक्षणमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । यस लगत्तै संक्रमित २ नेपालीसहित सबै जनालाई आइसोलेसनमा राखेको छ । संक्रमित व्यक्तिहरुको अनुसार उनीहरुले काम गरेको कम्पनीमा झन्डै २० दिन अघि १ जना पोलिश कामदारमा कोरोना संक्रमण पुष्टि भएको थियो र त्यस लगत्तै उक्त संक्रमितसंग काम गरेको सबै कामदारहरुलाई कोरोना संक्रमित हुन सक्ने आशंकामा २ हप्तासम्म क्वारेन्टाइन समेत राखिएको थियो । उनीहरुको क्वारेन्टाइन अवधि गत सुक्रबार सकेको थियो त्यस पछि कोरोना संक्रमणको जाँच गर्न मेडिकल टोली हिजो सोमबार(११-०५-२०२०) क्वारेन्टाइन रहेको घरबाट स्वाब जम्मा गरि ल्याब टेस्ट गर्दा कोरोना सक्रमण पुष्टि भएको हो र लगत्तै सबै संक्रमितलाई आइसोलेसनमा राखेको छ । संक्रमित सबै जनाको अवस्था एकदम सामान्य रहेको उनीहरुले नै जानकारी गरेको छ । कोरोना संक्रमणको जानकारी सामाजिक संजालबाट पाउने बितिक्कै NRNA पोल्यान्डको अध्यक्ष नरेश सापकोटाले पनि संक्रमित नेपालीको अबस्थाको बारे टेलीफोनबाट जानकारी लिएको र आबस्यक सहयोगको लागि NRNA पोल्याण्ड सधै तत्पर रहेको जानकारी गराउनु भएको छ ।

सम्पूर्ण पोल्याण्ड बासी नेपालीहरु यस कोरोनाबाट बच्न सक्ने आधारभूत नियम पालन गरि सुरक्षित रहन पोल्यान्डबासी नेपाली सबैलाई विभिन्न संघ सन्स्थाहरुले आग्रह गरिरहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.