JANI SUNUWAR
२०७६ साल असाेजकाे महिना अनि नजिकिदै गरेकाे बडा दशै रेडियाेमा बज्न थालेकाे मालश्री धुन । भबिष्यले नयाँ गन्तव्य राेज्दै थियाे तर तेल सकियर निभ्न लागेकाे दियाे जस्तै ढिलपिल ढिलपिल पनि गर्दैथ्याे जिन्दगि । यता लगभग १ बर्षकाे मेहनत पछि पाेल्याण्ड एम्बिसि नया दिल्लिले ३२ पेजकाे राहदानीमा लगाईसकेकाे थियाे ठप्पा असाेजकाे महिना दशै आउन मात्रै १ हप्ता बाकि थियाे लगतै तिहार पनि आउदै थियाे फेरि दशै तिहारकाे लागि लागेकाे भिषा त्याग्ने कुरा पनि आएन । गाउबेसि छाेडेर त्याे बिरानाे मुलुकमा जाने मन कत्ति पनि थिएन । मेराे याे दाेस्राे पटक हाे बिदेश यात्रा पहिल्यै बिदेशि भुमिमा दुःख भाेगेकाे हुनाले दाेस्राे पटक बिदेश जाने मन थिएन तर बाध्यता त्यस्तै भयाे पहिलाे पटक बिदेशबाट घर अाकाे १८ महिना नबित्दै अर्काे देशकाे प्लेन समाउन बाध्य भए । दशैकाे रमझमले छाउदै गरेकाे माहाेलमा अाफ्नाे मनमा भने १२ मात्रै बजेकाे हुन्थ्याे । अाउदै गरेकाे चाडपर्व मनाउन पाईएला भन्ने ठुलाे अाश थियाे संयाेग बस त्याे सफल भएन अगाडिनै जानू पर्ने भयाे उता ईलाममा नया घर सर्ने साईत १६ गते रैछ अाफु भने साेहि दिन नेपाल छाड्नु पर्ने भयाे काठमाडौं बाट फाेन अायाे १६ गतेकाे लागि तयारि भर बस्नु भनेर म हतार हतार अामालाई ईलाम छाेड्न लिएर गए गएकाे भाेलिपल्ट तुरुन्तै फर्किए साथमा बिहानै उतै बाट अामा, दाइ, भाउजुहरुले साईत पारेर बिदाई गरे मलाई । बिदाईकाे बेला अामा मलाई टीका लगाईदिदै खुब्बै भक्कानिनु भयाे रहर थिएन घाटिमा फुलकाे माला अनि निधारमा राताे टीका लगाएर अर्काकाे देशमा अाफ्नै पैसामा अाफै बेचिएर श्रम बेच्न जानू । म थिचिनु सम्म थिचिएकाे थिए मन एकदमै भारि भाथ्याे त्यतिबेला जहाँ म सबैलाई छाडेर दुर छितिजकाे गन्तव्य जादै थे सबैकाे निरासाजनक नजरले एकाेहाेराे पर घुम्ति नकटे सम्म टाेलाउदै हेरिरहेका थिए । समय र परिस्थिति हामी कसैले टारेर टर्ने हैन रैछ यसले त हामिलाई पाे दाैडाउने रहेछ । पहिले पहिले घर छाेड्न अगाडि मन खुबै रुन्थ्याे तर यस पटक भने त्यस्ताे भएन कारण परिवारमा सबैले माया अनि बिश्वास गरेकाे साईला छाेरा म सबै दाजुभाई म माथि भराेसा गर्नुहुन्थ्याे उमम ! यस्ले केही गर्छ भन्ने बिश्वासले मैले भने जति पैसाहरु र साथ सहयाेग दिन्थे तर बिस्तारै त्याे उपलब्धि म बाट नदेखिए पछि म प्रतिकाे बिश्वास उनिहरुमा घटेर जान थाल्याे हरेक बर्ष चाड पर्व आउदा मसित खासै पैसा हुन्थेन उनिहरुलेनै दिन्थे हरेक बर्षकाे दशै तिहार झै याे पटककाे पनि मैले उनिहरुसग पैसा लिएर नै मनाउनु पर्ने परिस्थिति थियाे त्यसै कारण यस पटककाे दशै तिहार खुशि साथ त्याग्ने निर्णय गरे कमसेकम दाजुभाईसग त पैसा माग्न नपर्ने भयाे मनमा अलिकति खुशि मिले जस्ताे लाग्याे । यता काठमाडौं अाकाे केही दिनमा पाेल्याण्डकाे यात्रा हुँदै थियाे । बिदेश त जसाे तसाे जाने कुरा पक्का भयाे सबै नेपालि बिदेश जादा हरेक नेपालिले गर्नुपर्ने र हुनुपर्ने प्राबधान देशअनुसारकाे सबै पूरा गरियाे तर अाफ्नाे हातमा भने न प्लेन टिकट न पासपाेर्ट केही थिएन थियाे त मलाई पठाउने दाईकाे हातमा म बेचिदै गरेकाे अन्तिम दिन जसाेतसाे काठमाडाै पुगे दले दाइ सग कुरा भयाे उसले सबै पैसा बुझाए पछि मात्रै टिकट र पासपाेर्ट एयरपोर्टमानै दिने कुरा गर्याे हुन्छ भने मैले । पाेल्याण्डकाे उडान हुन मात्रै २ दिन बाकि थियाे टिकट त देखेकाे थिन दले दाईकाे भनाइ अनुसार समय कम थियाे पाेल्याण्ड (युराेप) भन्ने बित्तिकै हामी सबैलाई थाहा भाकै कुरा हाे हामिले नेपाल बाट याहा अाउन नेपाल सरकारले ताेके भन्दा बढि माेटाे रकम तिर्नु पर्छ ।
साहुसग सयकडा ४ ले काडेर ल्याएकाे लाखाैं रुपैयाँ दले दाजुलाई बुझाईयाे । मान्छेहरु बिदेश जादा हाेस वा फर्कन्दा अाफ्नाे क्षेम्मता अनुसारकाे लगेज लिएर यात्रा गर्ने गर्छन यस्तै मेराे पनि पहिलाे पटककाे भन्दा फरक थिएन याे पटककाे बिदेश यात्रा सबै पहिले जस्तै हतार हतारमा सस्ताे बजार तिर पसे केही जिन्सकाे पाईन्ट किने अनि टिसर्ट अार्थिक कम्जाेरिकाे कारण किन्न मन धेरै भए पनि अलि अलि थाेरै केही कपडा लिए, लगेज पुरानै थियाे हत्तारमै सबै कपडा त्यहि काेचे प्लेन छुट्ने समय रातिकाे ९ बजे भनेकाे छ तर एयरपोर्ट ६ बजे नै पुग्नु भनेकाे थियाे । भाकाे केहि पैसा यता उता गर्दै सकियाे दलेदाईले भन्याे खै पैसा लेउ उता जादा युराे साटेर लानुपर्छ म साटिदिन्छु तिम्राे साथिहरुले त देकाे छ ३०,३० हजार भने म सग त कत्ति पनि पैसा बचेकाे छैन भाकाे त्यहि हाे हिजाे सबै हजुरलाई दिईहाल्याे केही हजार बाँकि थियाे यी याे पाईन्ट के के किन्दै सकियाे उ चुप लागेर मलाई हेर्छ अनि भन्छ हुन्छ ल ल तयारी हाेउ हामी एयरपोर्टमा भेट्ने यत्ति भनेर उ अाफ्नाे बाटाे लाग्छ म रुम अाएर हतार हतार एयरपोर्टकाे लागि निस्किए, काठमाडौंकाे जाम त्यहि हाे के थाहा भरै ढिला नहाेला भन्न सकिन्न हत्तारमा चाबहिल अाएर एयरपोर्ट जाने बस चढे केही समय पछि बसकाे सहचालक कराउछ एयरपोर्ट अायाे एयरपोर्ट झर्ने काेहि हुनुहुन्छ चालकले गाडिकाे गति कम गर्छ सहचालक बस भित्र पिछाडि हेर्छ गलामा राताे खदा अनि निधारमा राताे टीका साथमा सानाे लगेज भएकाे मलाई देख्छ भन्छ छिटाे अाउनुस अाउनुस भाई कुन देश जान लाग्नु भा हाे सबैकाे नजर म तिर फर्किन्छ म बस बाट एयरपोर्टकाे गेटअगाडि अाेर्लन्छु मलाई छाेडेर केहिछिनमै बस अाफ्नाे गन्तब्यतर्फ हुईकिन्छ । पर पुगेकाे बसकाे ढाेकामा झुण्डिएकाे सहचालक दाईले भन्छ राम्राे सग जाउ है धेरै कमाउनु शुभयात्रा भाइ म फर्केर हेर्न नपाउदै बस घुम्ति कटिसकेछ ।
पिछाडि एउटा भिर्ने झाेला त्याे पनि माइला दाइ सग मागेकाे अनि सानाे लगेज गुडाउदै एअरपोर्ट भित्र प्रबेश गर्छु भित्र पुग्दा सबै जना अाईसकेछन हामी पाेल्याण्ड अाउने त्याे दाई मार्फत ४ जना रहेछाै तर सबै फरक फरक कम्पनिकाे रैछ उता हेरे दलेदाई पनि अाइसकेकाे रहेछ बेलुकाकाे ६ बजेर लगभग ४५ मिनेट गैसकेकाे थियाे साथिहरु सग हात मिलाए यसाे हेरे तिनिहरुकाे कसैकाे बुवा त कसैकाे जिवनसाथि छाेड्न साथ अाएका रैछन एयरपोर्ट साथमा बडेमानकाे लगेज पनि रैछ भन्दैथे मेराे त ३० केजि ठ्याक्कै छ मान्छ मान्दैन त्यतिबेला म मेराे लगेजलाई हेर्छु मात्रै बल्ल तल्ल १४ केजि त्याे पनि थाेत्राे लुगा काेचेर । दलेदाईले झाेलाबाट सबैकाे पासपाेर्ट र टिकट अनि सम्पुर्ण डकुमेण्ट निकाल्छ र एक पछि अर्काे गर्दै दिदै भन्छ भित्र साेध्याे भने यसाे भन्नू केही परेमा फाेन गर्नु मलाई । मलाई पनि त्यहि भन्नु भयाे र याे ४० युराे तिमिलाई ल अब तिमिहरु राम्राे सग जानू पुगेर फाेन गर्नु है यत्ति भनेर उ त्याहा बाट स्कुटि चढेर फर्किन्छ हामी ४ मध्य २ जनाकाे दाेस्राे पटक थियाे बिदेश यात्रा अरु दुईकाे चै पहिलाे पटक रहेछ । बिमानस्थल बिजि र भरिभराउ थियाे चारैतिर दशैकाे रमझम बिदेशबाट नेपाल अाउने हरुकाे सान बेग्लै थियाे साझ झमक्क पर्दै थियाे शहर झलमल्ल र रङ्गिन थियाे समयले छिटाे हिड भन्दै धकेल्दै थियाे तर मन भने खिन्न हुदै टाेलाउदै सम्झदै थियाे घरपरिवार, साथिभाई, काेहि कसै सग सङ्गै बिताएकाे अबिस्मरणिय सम्झनाहरु तर पनि बाध्यताबस पाईला अगाडि बढाउनु पर्ने थियाे भित्रकाे सबै काम सकियाे उता बाट जानकारि अायाे ईतिहात एयरलाइन्स छुट्ने समय भयाे काेहि बाकि छ हामी ४ भाइ कुदिरहेका थियाै प्लेन उड्न ३० मिनेट बाकि रहेछ हामी प्लेन भित्र पस्याै । पिडासगै नेपाल सरकार सग रिस उठेर अायाे मन बुझाउन भए पनि डिपार्टर हुनु भन्दा अगाडि एउटा सेल्फि लिएकाे थे त्यहि फाेटाेकाे साथमा एउटा क्याप्चन सहित अाफ्नाे फेशबुक वालमा स्टाटस अपलाेड गरे जसमा लेखेकाे थिए यस्ताे बिन्ति छ राजनेता हाे मुलुकलाई दुषित नबनाउ बस्न याेग्य बनाउ । नेपालमा भबिष्य नभएकाे हाेईन वातावरण नबनाईएकाे हाे । भनाैला तिमी जागिरका कुरा या अन्य क्षेत्रकै १) जागिर एक जनाले पाए ५ जना फालिए ।
२) अन्य क्षेत्रमा साेझा, सिधा र ईमान्दारीलाई बेईमानिकाे पाठशाला बनाईन्छ । स्थायी सरकार, दुरदर्शि बिकास नीति, बिकास प्रति नेतृत्वमा त्यागी भावना र इमानदारीता र बल्ल राेजगारीकाे वातावरण । २८% रेमिट्यान्स अायातमा गर्व गर्ने सरकारले बरु २८% रेमिट्यान्स निर्यातमा ध्यान देउ । मन त नेपाली नै छ नि, भाेकाे पेटले राष्ट्रियता बचाउन सकिन्न । समृद्व देशकाे नागरिक हुने चाहना छ, कामना गर्छु कमसेकम १०-१५ वर्ष भित्रमा राेजगारीकै लागि चाहिँ उचित काममा बाहेक बिदेश जान नपराेस भनेर लेखे सङ्गै प्लेनले अन्तराष्ट्रिय विमान स्थलकाे जमिनमा ठुलाे अावाजमा कराउछ हतार हतार घरमा फाेन गरे बहिनिले उठाईन केही थाेरै कुरा हुन नपाउदै प्लेन गुड्न थाल्याे र माथि अाकाश तर्फ हान्नियाे जब हवाईजहाजले भुई छाेडेर अलिकति माथि पुग्याे कुरा हुँदै गरेकाे फाेनमा केही अावाज अाउदैन म यताबाट हेल्लाे हेल्लाे भन्छु तर एकछिन पछि अावाज अाउछ टुट टुट फाेन कटेकाे नेपाल अामा र जन्मभुमि नेपाल अनि अाफ्नाे मनले छानेकाे मान्छेहरुकाे यादले भने बेस्सरी तानिरह्याे । बिमानले एक फन्काे लगाउदा सिसा बाट तल नेपाल हेरे त्यति बेला मन खुबै बहकिएकाे थियाे । काठमाडौं बाट दुबै अनि दुबैकाे ट्रान्टेज पछि जर्मन हुँदै लगभग १३ घण्टाकाे हवाई यात्रा पछि हामी पाेल्याण्डकाे क्राकाे बिमानस्थलमा झरेकाे थियाै । पाेल्याण्ड अाउने सपना त जसाेतसाे पूरा भयाे । अबकाे बाकि दिन कसरी बित्ला चिन्ता बढ्न थाल्याे काम भनेकाे जस्ताे हुन्छ हुन्न, सेलरि भनेकाे जति पाउछ पाउन्न, खान बस्न सुबिधा कतै खाडिमा जस्तै त हुने हैन मनमा छटपटि हुन थाल्याे । छन त याे बिदेशमा सबै छ नभएकाे सायद केहिपनि छैनहाेला ठुला ठुदा अग्ला घरहरु अनि थुप्रै माेटरगाडिहरु छ, नभएकाे केहिपनि छैन याे बिदेशमा याहाका मान्छेहरु पनि रङ्गिन छन, रङ्गिन दुनियाकाे रङ्गिन मान्छेहरु अनि शहर पनि रङ्गिन, कुनै बेला म माेबाईलमा भएकाे गाउघरकाे तस्विर झुक्किएर हेर्न पुग्छु याे रङ्गिन पनि फिका लाग्छ, रङ्गिन शहर पनि फिका लाग्छ अनि याहाका मान्छेहरु पनि फिका फिका लाग्छ याे अञ्जान दुनियामा अाफ्नाे भन्नेलाई खाेज्ने काेसिस गर्छु तर बिदेशमा काे अाफ्नाे हुन्छर सबै पराई घरहरु नजिक मन भने टाढा ।
थाहा थिएन मलाई
बलेसीं र चाैघेरा नाघेर म सपनाकाे शहर जानू पुर्व केहि सपनाहरु सजाएर निस्कन्छु हरियाेे राहदानीले दिने सपना साकार पार्न, हरियाे राहदानी बाेकि
थाहा थिएन, याहाँ
बाटाे किन्नुपर्छ पाईला अघि बढाउनु पुर्व, बास किन्नुपर्छ प्रत्येक रातकाे
जस्ताे कि
स्वादहरुमा पानीले पैसा लिन्छ, उदाउँदाे सूर्यले पानिकाे मूल्य ताेक्छ साँझसँगै अँधेरीले उज्यालाेकाे महसुल उठाउँछ,
यहाँ-त
थकाई लाग्दा तिर्खा र थकान मेट्ने बर-पीपलकाे शितलता पनि यहाँ पैसामा नै साट्नु पर्छ,
अहँ !
भाे अब मलाई-जानू छैन सपनाकाे शहर देख्नु छैन जिउँदै मरेेकाे सपना, फर्किनु छ चाँडै अाफ्नै गाउँ,घर
भाे अब
पसिना बेचेर-याैवनकाे अमूल्य समय खर्चेर
हरियाे राहदानीधारी मुसाफिर भएर याे नर्क लाेकमा-अब फर्किने छु अाफ्नै गाउँ सुनाउने छु सबै-सबैलाई म बेचिएर जिईरहेकाे हरीयाे राहदानीधारीकाे अमिट ब्यथा । अहिले सम्म ठिक छु अामा हजुरकाे अाशिर्बादले गर्दा बरु त्याहा कस्ताे छ हजुरलाई सम्भबत छुट्टि मिलेपछि छिटै घर अाउनेछु उहीँ हजुरलाई माया गर्ने पर्देसी छाेरा दुर क्षितिजबाट जानी सुनुवार हाल पाेल्याण्ड ।