नेपालमा संघीयता सम्बन्धमा संविधानविद डा भिमार्जुन आचार्यको विचार

FB_IMG_1589147527601
डा.भिमार्जुन आचार्य

नेपालमा संघीयता कुनै पनि हालतमा सम्भव छैन । यो हाम्रो आवश्यता पनि होइन, क्षमता पनि छैन । संघीयताले नेपाल र नेपालीको हित गर्दैन। त्यसकारण तत्काल यसबाट फर्किनु पर्छ । संघीयताबाट फर्किएनौं भनेर ठुलो क्षती हुने छ ।
संघीयताको बारेमा गलत कुराहरु नेपालमा पठाइएको छ । संघात्मक राज्य र समाबेशीता विपरीत कुरा हुन् । नेपालको आवश्यकता भनेको शक्तिको हस्तान्तरण हो । गरिब, जनजाती र मधेसीको लागि भनेर जसरी संघीयता भनेर प्रचार गरिएको छ । त्यो गलत कुरा हो । सन् २०१६ मा समाबेशी राज्यको सूचि हेर्ने हो भने १ देखि ४० नम्बरसम्म एकात्मक राज्य भएका देशहरु छन् । त्यसकारण संघीयताले देश बन्छ भन्नु गलत हो ।
संघीय राज्यव्यवस्था हाम्रो जस्तो देशमा सफल हुनै सक्दैन । संघीयता सफल हुनका लागि कम्तीमा ७ वटा कुराहरु आवश्यक हुन्छ । जून कुरा नेपालमा छैन ।

१. संघीयता सफल हुन त्यसका लागि अत्यन्त कठोर संविधान चाहिन्छ ।
तर, तपाइले यस्तो संविधान बनाउनु भएको छ, जहा“ ६÷६ महिनामा संविधान संशोधन प्रस्ताव अगाडि सारिन्छ ।

२.संघीय शासन प्रणालीमा अत्यन्त कडाईसहितको बिधिको शासन चाहिन्छ । तर यहाँ एउटा चोरलाई प्रहरीले गिरफ्तार गर्न पनि नेताहरुको सहमति लिनुपर्छ ।

३.संघात्मक शासनका लागि धेरै ठुलो लोकतान्त्रिक संस्कार चाहिन्छ । दलहरुको कुरा गर्नुस् वा नागरिकको कुरा गर्नुहोस् भिन्न विचार राख्नेमाथि गाली गलौच सुरु हुन्छ । हाम्रो देशमा संस्कारको अभाव छ ।

४.संघीयता सफल हुन ठुलो स्टेटम्यानसीप भएको राजनीतिक नेतृत्व चाहिन्छ, जून हाम्रो देशमा शून्य देखिन्छ ।

५ं.आर्थिक दृष्टिकोणले पनि नेपालमा संघीयता सफल हुने देखिन्न । आर्थिक दृष्टिकोणले नेपालमा ३÷४ वटा प्रदेश पनि सम्भव छैन ।

६.केबल होमोजेनियस समाजमा मात्र संघीय प्रणाली सफल भएको छ । विविधता संघीय राज्यका लागि विष हो । यो अध्ययनको निष्कर्ष हो ।

७.जनताले के चाहन्छन् भन्ने विषय सबैभन्दा महत्वपूर्ण पाटो हो । नेपालमा संघीयताको पक्षमा जनमत छैन । नेपालमा धेरै जनताले संघीयता नै चाहदैन, त्यसकारण नेपालमा संघीयता सफल हुन सक्दैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.