
नेपाल पत्रकार महासंघ युरोप शाखालाई”टोकन अफ लभ”
नेपाल पत्रकार माहासंघ युरोप शाखा “टोकन अफ लभ” प्राप्त भएको छ।
अहिलेको बिषम परिस्थिती र सम्बेदनसिल अवस्थामा कोरोना कहर लाईभ अन्तरकृया कार्यक्रम अभियान मार्फत संक्रमण बिरुद्द जनचेतना फैलाएको र युरोपस्थित विभिन्न राष्ट्रको बस्तुस्थिती जनमानसमा सुसुचित गराउने कार्य गरेको हुँदा नेदरल्याण्डमा स्थापित ‘कोरोना सहयोग कोष’ले नेपाल पत्रकार महासंघ युरोप शाखालाई “टोकन अफ लभ” प्रदान गरेको हो।
“टोकन अफ लभ” स्वरुप शाखालाई ५०० युरो प्रदान गरिएको छ।
“टोकन अफ लभ” प्रदान गर्ने ‘कोरोना सहयोग कोष’ले संघले कोरोना कहरले यूरोपका बिभिन्न देशहरूको कथा -ब्यथा संसारभरी सुसुचित गराएकोमा नेपाल पत्रकार महासंघ युरोप शाखा प्रति अभार व्यक्त गरेको छ।