एम पि खरेल
-कोरोना संक्रमणको परिक्षणमा Rapid Test Kits को रिपोर्टको संसारका अध्येता, अनुसन्धानदाता र विज्ञहरूले यसको विश्वशनीयता माथि धेरै प्रश्न उठाएका छन। तीस प्रतिशत मात्रै यसको रिपोर्टको विश्वशनीयता रहेको अनुसन्धानदाता र विज्ञहरूले जनाए पछि स्पेन सरकारले एक चिनिया कम्पनी संग ल्याएको पचास हजार भन्दा बढी Rapid Test Kits फिर्ता गरेको करिब एक महिना अघि खबर विश्वव्यापीरूपमा चर्चा भएको थियो। यूरोप र अमेरिकामा यो घटना पछि Rapid Test Kits भन्दा PCR Test मा जोड दिएको खवरहरू पढिएको थियो।
-हिजो मात्रै भारतको राजस्थान राज्यका स्वास्थ्य मन्त्रि रघु शर्माले त्यहा प्रयोग भैरहेको Rapid Test Kits को जम्मा विश्वशनीयता ५।४ प्रतिशत मात्र देखिएकोले हिजोबाट यो प्रविधि रोकेको घोसणा गरेका छन्। ९० प्रतिशत जति पनि विश्वशिनियता नदेखिएको Rapid Test Kits मा अनावस्यक लगानी नगर्ने भन्ने उनले जनाएका छन् र PCR Test मै जोड दिने जनाएका छन्।
-नेपालमा Rapid Test Kits करिव ७७ जिल्लामै विस्तार गरिएको र PCR प्रविधि करिव पन्द्र स्थानमा विस्तार भएको भन्ने जनाइएको छ। PCR प्रविधिवाट हिजोसम्मको स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार ८,७ ६४ हाल सम्म परिक्षण गरिएको छ। यो प्रविधिवाट गत चौविस घन्टामा ३३३ गरिएको छ। Rapid Test Kits प्रविधि वाट हिजोसम्म २७,९५६ संख्या जांच गरिएको छ। दैनिक २८०८ संख्या गरिएको छ यो Rapid टेस्टको प्रविधि मार्फत। हिजोसम्म दुवै प्रविधि मार्फत जांच गरिए अनुसार ३६७१९ परिक्षण भएका छन्। हालसम्म कोरोना ४१ जना संक्रमणको पुस्टि भएको छ नेपालमा।
-नेपालमा तुलनात्मक रूपमा भरपर्दो भनिएको PCR प्रविधिवाट ८,७ ६४ जनाको आज लकडाउन भएको एक महिनासम्म गरिएको छ। नेपालमा Rapid Test Kits को प्रविधिको विश्वशिनियता कति भन्ने वारे कुनै आधिकारिक संथा वा अनुसन्धानदाताले गरेको अहिलेसम्म अध्ययन रिपोर्ट पढ्न र सुन्न पाइएको छैन। तर कैयौ देश हरूले सामान्य नमूना परिक्षण को लागि मात्रै प्रयोग गरेको यो प्रविधिमा धेरै लगानी र समय नदिनू र यसको वदला PCR प्रविधिको विस्तार र परिक्षणमा जोड दिएर वास्तविक संक्रमणको तथ्यको खोजि तर्फ लाग्नू पर्ने यस तर्फका विज्ञहरूको कुरालाई सरकारले ध्यान दिने कि ? सरोकारवालाहरूको कमजोर स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारको कारणले गति दिन नसकेको आफ्ना समस्या होलान, तर संसारभर Rapid Test Kits को रिपोर्टको अविश्वाश को खवर र PRC प्रविधिको अपेक्षा गरे भन्दा कम परिक्षण को संख्याले नेपालीहरूमा कोरोना संक्रमणको त्रास अझै हटेको छैन।