कोरोनाको बाबजुद  संसारलाई चकित पार्दै चीन, रंगशाला बनाउँदै

कोरोनाको बाबजुद  संसारलाई चकित पार्दै चीन, रंगशाला बनाउँदै
20200421_091359
कोरोनाभाइरसविरुद्ध लडिरहेको चीनले यसबीचमा विश्वलाई चhकित पार्ने गरीको फुटबल मैदान निर्माण थालेको छ ।
करिब १३ हजार करोडको लगानीमा सबैभन्दा बढी दर्शक क्षमताको रंगशाला बनाइरहेको हो । जसमा दर्शक क्षमता १ लाख रहेको बताइन्छ । अहिलेसम्म स्पेनको बार्सिलोनाको क्याम्प नोऊ सबैभन्दा बढी दर्शक क्षमताको रंगशाला मानिन्छ । जहाँ ९९ हजार ३५४ जना अट्न सक्छन् ।
त्योभन्दा पनि ठूलो मैदान रहेको छ । चीनको ग्वान्झाउमा निर्माण भइरहेको यो रंगशाला २०२२ सम्म तयार हुने जनाइएको छ । गत बिहीबार यो रंगशालाको निर्माण थालिएको छ । ग्वान्झाउको यो मैदानलाई एवरग्राण्डको गृहमैदानको रूपमा मानिएको छ । रियल स्टेट कम्पनी एवरग्राउण्डले निर्माण गरिरहेको हो । एवरग्राउण्डका अध्यक्ष सिया हुजैनले भने, ‘हाम्रो लक्ष्य यस्तो रंगशाला बनाउने हो, जो दुनियालाई चकित बनाइदियोस्, अर्थात् यसको तुलना सिड्नीको ओपेरा हाउस र दुबईको बुर्ज खलिफासँग होस् ।’
यो रंगशाला कमलको फूलको आकारमा निर्माण भइरहेको छ । यो रंगशालालाई चीनलाई फुटबलको क्षेत्रमा नयाँ पहिचान दिने दाबी गरिन्छ । अध्यक्ष हुजैनले भने, ‘मलाई आशा छ कि २०२३ मा हुने एसियन कपको सुरुवाती सेरेमोनी यही रंगशालामा हुनेछ ।’ हाल एवरग्राउण्ड क्लबको घरेलु मैदान तियान्हे रंगशाला मानिन्छ ।
तर, अबको केही वर्षपछि भने कमलको फूलको आकारको रंगशाला नै घरेलु मैदान मानिने छ । यो रंगशालाको आर्किटेक्ट अमेरिकाका डिजाइनर हसन सइदले गरेका हुन् । यसको क्षेत्रफल ३ लाख वर्गमिटर रहेको छ । जहाँ १६ भिभिआइपी रुम, १५२ वटा निजी रुम, फिफा सदस्य र एथ्लेटिक्सका सदस्यहरूको लागि छुट्टै रुम रहेको चिनका सञ्चार माध्यमले जनाएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.