उदयपुरका ८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४० पुग्यो

उदयपुरका ८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४० पुग्यो
20200421_151431
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्रस चेक गर्दा उदयपुरको भुल्केका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरमा पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिए पछि ८ जनाको स्वाबको नमुना भेरिफिकेसन गर्न वीपी प्रतिष्ठान ल्याइएको थियो । वीपीमा क्रस चेक गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका फोकल पर्सन प्रणव यादवले जानकारी दिए । ‘८ जनामा कोरोना पोजेटिभ पुष्टि भयो, क्रसचेकको रिपोर्ट पनि पोजेटिभ नै आयो,’उनले भने ।
यो संगै नेपालमा कोरोना पोजेटिभको संख्या ४० पुगेको छ भने उदयपुरको भुल्केमा मात्र २१ जना पोजेटिभ भेटिएका छन् । पोजेटिभ देखिएका ८ जनालाई वीपी प्रतिष्ठानमा स्वाब लिएर विराटनगर पठाइएको छ । यसअघि भुल्केको मस्जिदमा १३ जनामा कोरोना भेटिए पछि प्रदेश जनस्वास्थ्यको टोली स्वाब संकलन गर्न गएको थियो । उक्त टोलीले ६९ जनाको स्वाबको नमुना ल्याएर परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको थियो । उनीहरुको क्रस चेक गर्न वीपीमा पुनः परीक्षण गरिएपछि पुष्टि भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.