मित्र लाल पार्दे
वारसवा पोल्यान्ड
मिडियामा सरकारले दन्डित गरेको अपराधीले पनि आफ्नो कुरो राख्न पाउछ भलै अपराधिको विचार बनावटी नै किन नहोस् तर मिडियामा प्रकाशित गर्ने जोकोहिलाई मानसिक दबाब दिनु हुदैन बरु समाचार चित्त न बुझे कुनै पनि मिडियाको इमेलमा आफ्नो चित्त नबुझेको कुराहरू खन्डन गरि पठाउन सकिनेछ । बरु मज्जासित यो समाचार यो लेखमा हामी वा हाम्रो वा मेरो पूरा विमति छ हामी यसरी अगाडि बढिरहेका छौ भनेको राम्रो । राम्रो काम सामाजिक काममा मिडियाहरुले साथ दिएकै छन् । कुनै पनि विचार यो यो कारणले कपोकल्पित छ भनेर लेखेर इमेलमा पठाउन सकिन्छ । आलोचनात्मक सुझाव पनि अति नै महत्त्वपूर्ण हुन्छ ।
स्वच्छ बहसले नै समाधान निस्कने हो । मिडियामा निस्कने बिषय वस्तुबारेमा फोनमा कसैले कसैलाई दबाब दिएर वा अनावश्यक मानसिक दबाब दिएर समस्या समाधान हुदैन । यद्यपि म पत्रकार होइन तर पत्रकारिता पनि पढेकोले मिडिया स्वतन्त्र हुनुपर्छ भन्ने बिचार राख्छु । एक पक्षको एकोहोरो विचार आइरहन्छ भने अर्को पक्षले पनि मज्जाले विचारको खन्डन गर्दै यो होइन यो हो भन्दै आम जनमानसमा बुझाउनुपर्छ भन्ने मेरो बुझाइ हो । हरेक समस्याको समाधान बहस हो छलफल हो । छलफल र बहसबाट निस्कने निचोड नै समाधान हो । मिडिया समाधान होइन मात्र बहसमा ल्याएर निचोड निस्कनु पर्छ भन्ने आशय हो । मिडियाको नजरमा बाउको बिचार राख्छु आमाको भन्ने हुनुहुदैन तर मिडिया सामाजिक विकृति व्यङ्ग्य आलोचनामा स्वतन्त्र हुनै पर्दछ ।
कुनै पनि सोचको समर्थन बिरोध गर्न पाइन्छ तर व्यक्ती प्रति मानसिक दबाब दिन पाइदैन ।
वादे वादे जायते तत्वबोध
सन्सारमा मित्रलालको लागि मित्र पनि होलान् शत्रु पनि होलान् तर मिडियाको लागि कुनै पनि व्यक्ती संस्था वा समूह मित्र पनि हुदैन शत्रु पनि हुदैन । परिस्थितिमा मिडियाले रहरले होइन चाहेर पनि होइन अरुका पक्ष विपक्षका विचार राख्नै पर्छ । लोग्ने स्वास्नी साथमा मिलेर बस्दा सम्म मिडियाले किन लेख्छ र जब स्वास्नी वा लोग्ने मिडियामा आयो भने मिडियाको धर्म उसको कुरा राखिदिनु हो । त्यो कुराको समाधान गर्ने नगर्ने जिम्मेवारी सम्बन्धित निकायको हो ।मिडियामा निस्कने विचारहरुको समाधान हुनैपर्छ भन्ने मिडियाले ग्यारेन्टी गर्छ भन्ने पनि होइन ।
#जयहोस