के यो दुखको बेला एन आर एन ए पोल्यान्ड विवाद गर्नलाई जन्म भएको हो ?

IMG_20200326_100348
मित्र लाल पार्दे
(यो नितान्त व्यक्तिगत विचार हो यो बिचारमा तपाईं सहमत हुनुपर्छ भन्ने छैन )

#के #दुखको #बेला #एन #आर #एन #ए पोल्यान्ड विवाद गर्नलाई जन्म भएको हो ?
नचाहदा नचाहदै पनि दुई चार शब्द लेख्न बाध्य छु एन आर एन ए पोल्यान्डको बिषयमा
संस्था भित्रको काम कर्तव्य अधिकार र को गलत को ठिक भन्ने कुराको बहस सार्वजनिक रुपमा सर्वपक्षीय रुपमा तथ्यहरुले बताउला तर अहिलेको समया झगडा किन ?
सबै मिलेर अगाडि बढौ भन्ने बेला एन आर एन पदाधिकारी बिचमै किन टकराब र टकराब हुने कारण के ?

विश्व कोरोना महामारीमा कसरी पार पाउने भन्ने समयमा एन आर एन पोल्यान्ड पदाधिकारी बिचको लडाइ दुखद छ एन आर एनमा सहमती गरेको तपाईंहरु आपसमा लड्नलाई पक्कै गरेको थिएन । सहमती दिएको तपाईंहरु आन्तरिक रुपमा लड्नलाई पक्कै थिएन ।
मेरै गोरुको बार्है टक्का गर्ने हो के जटिल अवस्थामा सर्वपक्षीय रुपमा छलफल गर्नु पर्दैन ? सार्है गार्हो अप्ठ्यारो परेको छ भने सर्वपक्षीय छलफल गरेर धेरै समस्या समाधान निस्कन सक्थ्यो ।

एन आर एन ए पोल्यान्ड बिगार्ने काम केही स्वार्थी व्यक्तिहरू नै बिगार्न खोजेका हुन् अनि अहम सोच घमण्ड सोचका केही तत्वहरुले बिगार्न खोजिरहेकै हुन् थिए र हुनेछन् पनि
केहीको कुरा सुनेर केही फटाहाको कुरा सुनेर केही स्वार्थी जमात स्वार्थी व्यक्तिको कुरा सुनेर एन आर एन ए पोल्यान्ड आफैमा लडामती गर्न जन्मेको संस्था पक्कै होइन होला हेक्का सबैलाई होस् । एजेन्डा मुख्य हो ।
एन आर एन ए पोल्यान्डलाई धेरैले गुन लगाएका थिए तर संस्थालाई आपत र दु:ख पर्दा धेरैले खुराफात गरे । तर केही राजनितिक खुराफातीहरु एन आर एनमा विवाद बढाइरहेछ्न । हामी निस्वार्थ प्रेम गर्थ्यौ एन आर एन लाई ती खुराफातिहरुले स्वार्थको लागि हामी सित सम्बन्ध राख्थे । हामी एन आर एन भन्थ्यौ तर खुराफातिहरुले एन आर एन बदनाम गर्न लागिरहन्थे हामी एन आर एन भित्रको बिकृती बारे बोल्थ्यौ तर खुराफातीहरुले गलत अर्थ लाउथे तर एन आर एन प्रगतिको लागि सकि नसकी हिड्थ्यौ । हामी इज्जत भन्थ्यौ खुराफातिहरुले भकाभक एन आर एन प्रयोग गर्न खोज्थे खोजिरहे । कसरी हुन्छ संस्था अगाडि बढोस् भन्ने सोच लिएकै हो सबैले । खाइ नखाइ गरेर तपाईं हामी सबैले संस्थाको उन्नतीबारे सोचेकै हो तर किन आज यो बेमेल के कारणले बेमेल के कारणले कुरै नमिल्ने कहिलेकाही यो बेमेललाई मिलाउने काम किन हुन सकिरहेको छैन । बाधक के के हो किन सुक्ष्म ढङबाट बहस हुन्न किन् हल्लाको पछि दौड्ने एन आर ए पोल्यान्डको वास्तविक विवाद अहिले सतहीमा जे देखिएको छ त्यही मात्र होइन जस्तो लाग्छ अरु कारक तत्वहरु पनि छन् कोहि जानेर कोहि अन्जानमा पनि भएका छन् । कोहि मेरो गोरुको बार्है टक्का आफ्नो गल्ती कमजोरी पटक्कै न स्वीकार्ने त भन्दा म के कम भन्ने अनावश्यक न भएका इस्युहरुमा विवाद गर्ने परिपाटी पहिले पनि थियो यद्यपि संस्थाको परिवार भित्रको बहस स्वस्थ हुनुपर्छ तर कोहि व्यक्तिको संस्थाको नाममा असान्दर्भिक महत्वाकांक्षी व्यक्तिगत स्वार्थी सोच हावी भएकै हो । त्यत्तिकै एजेन्डाहरु घाममा सुकाएर राख्ने अनि झगडा गरिरहने हैन होला नि । लोग्ने स्वास्नीको झगडा जस्तो कोहि लोग्ने पछि लाग्ने कोहि स्वास्नी पट्टि लागेर समस्या समाधान पनि हुदैन नि ।
सर्वपक्षीय रुपमा छलफल नगर्दै र सर्वपक्षीय धारणा एउटै टेबलमा दुबै पक्षको सुन्ने वातावरण जब सम्म बन्दैन तब सम्म एन आर एन पोल्यान्डको नाममा विभिन्न असान्दर्भिक तत्वहरुको चलखेल हुन्छ ।
चुनाव हुने बेला हा हा हुँ हुँ ,हाहा हुहु गर्दै हिड्ने दुखको बेला के झगडा गर्न जन्मेको हो एन आर एन ए ?
जीवन भर एन आर एन भनेर घर न घाट हुने तमाम व्यक्तिहरुको जिन्दगी बारे अनावश्यक टिकाटिप्पणी गरेर उसलाई बाँच्न दिईन्न मानौ उ त अपराधी व्यवहार गराइन्छ भने एन आर एन के का लागि ?

एन आर एन सदस्य लिए पछि अझै कार्यसमिति बिचमा एउटा परिवार हुनु पर्थ्यो परिवार बिच एक आपसमा समन्वय माया हुनु पर्थ्यो तर एक सदस्यले अर्को सदस्यको खुइरो खन्नमै संस्था अगाडि बढ्ने हो भने एन आर एन के का लागि ?
चोर डाकाहरुको विरुद्ध होइन एक आपसमा एन आर एन परिवार अनि एन आर एन सदस्य बिचको यो झगडा कहिले सम्म ?
संस्थाको हितको लागि सोच्ने कि झगडा गरिरहने ?
हो संस्था भित्र बहस हुनु जरुरी छ
तर संस्थाका पदाधिकारी बिच कौरब र पाण्डब तान्डब न्रित्य हुनु जरुरी छैन ।

के यहि झगडा होस् भनेर सहमति गरेको हो ? बहस गर्ने अधिकार छ तर झगडा गर्ने अधिकार सन्स्था भित्र बसेर कसैलाई छैन । संस्था भित्र कसैलाई तथानाम गाली गर्ने अधिकार छैन र बाहिर पनि ।

हिजोको सहमति के यहि झगडा गर्न संस्थामा आउनु भएको हो सबै पदाधिकारी । झगडा हुनुको कारण हामिले के सर्वपक्षीय रुपमा समाधान गर्न खोज्यौ त ? साच्चै ठूलो झगडा नै हो भने के सबै एक टेबलमा बस्ने वातावरण बनाउने काम भो त ? त्यो तपाईंहरुले मुल्याङ्कन गर्नु भयो कि नाइ ? । व्यक्ती होइन बिचार माथि हुनु पर्दछ । पैसा होइन बिचार माथि हुनु पर्दछ राजनीतिक हुलहरुको समुहले सामाजिक संस्थागत बिचार जन्माउने होइन बिशुद्द सामाजिक चिन्तन्मा लागेको बिचारले र संस्थागत उद्देश्यको लागि हरेकको आवाजले मात्रा संस्था परिपक्व हुन्छ । सिनेमा घरमा सिनेमा हेर्न हजारौ दर्शक लिएर हल्ला गरे जस्तो संस्था हुँदैन ।

अहिलेको अवस्थामा सर्वपक्षीय अनलाइन भेलाबाट भए पनि निचोड निकाल्न सकिन्थ्यो साच्चिकै तथ्यगत आधारमा काम गर्न नदिएको भए जोसुकैलाई निकाल्दा अप्ठ्यारो पर्दैन तर सबै संरक्षक देखि अध्यक्ष सदस्य सबैको कामहरु क्रियाकलाप नियम सङत होस् । संरक्षक अध्यक्ष सदस्य सल्लाहकार सबैलाई आ आफ्नो व्यक्तिगत सोचलाई सस्थाको आफ्नै निर्णय भन्ने अधिकार छैन ।

यस्तो बेलामा झगडा हुन्छ भने के को लागि संस्था एक आपसमा यो कोरोना समयमा नेपालीहरु एन आर एनमा अनावश्यक द्वन्द भएको अवस्था प्रति म दुख व्यक्त गर्दछु । एन आर एन ले मात्र कोरोना महामारीसित लड्न सक्दैन सबै समुदाय संस्थासित सहकार्य गर्दै अगाडि बढ्ने हो ।
एन आर एन ए पोल्यान्ड भित्रको झगडा यथाशीघ्र सर्वपक्षीय रुप बाट समाधान गरिनुपर्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.