यतिबेला विश्व मानव जगत मा कोरोना को महामारी ले ठूलो प्रभाब पारेको छ। आज विश्व का चिकित्सा जगत का बादसाह मानिने अमेरिका चीन स्विटजर्ल्यान्ड लगायत का थुप्रै युरोपेली देश हरुमा कोरोना भाइरस (Covid-19) ले अत्यन्त मर्माहत बनायको छ भने विश्व चिकित्सा जगत का लागि यो चुनौती र अवसर बनेर आयको छ।

यस्तै बिसयलाई मध्यनजर गर्दै नेपाली भासा साहित्य र कला लाई सम्बर्द्धन प्रबर्द्धन गर्दै बिस्वका ८० भन्दा देश मा छरियर रहेका इनास का केन्दिय पदाधिकारी हरुको आज 12 अप्रिल 2020 मा स्काइप मा अनलाईन मिटिङ्ग सम्पन्न भयको छ।
पछिल्लो क्रम मा कोरोना का कारण इनास परिवार र बिश्व भर रहेका नेपाली को पछिल्लो स्वस्थ अबस्था बारे जानकारी लिइएको छ। साथसाथै प्रवास मा अध्ययनरत बिध्यार्थी , डकुमेन्ट संबंधि समस्या मा परेर समस्या भोगेका नेपालि को समस्या बारे बृहत् छलफल भयको छ। बिश्वब्यापी अनलाइन बैठक मा उत्साहजनक उपस्थित रहेको उक्त बैठक मा इनास राहत कोष स्थापना बिसयमा पनि सकारात्मक बिचार हरु आयका छन । बिश्व भर रहेका कुनै पनि इनास परिवार मा कोरोना को असर नरहेको र हाल सम्म UK मा रहेका नेपाली मध्य ८ जना को मृत्यु भयको हुदा मृतक को चिर शान्ति को कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै केही देशमा कोरोना को भिक्टिम भयका नेपालिहरु स्वस्थ भयर घर फर्किएको खबर ले केही खुसी छायको उक्त बैठक को क्रममा विश्व भर रहेका नेपाली लाई पूर्वसावधानीहरू अपनाउनु पर्ने भयको हुदा जनचेतनामूलक कार्यक्रमहरु गर्नु पर्ने निस्कर्स निकालिएको छ।
अन्तरास्ट्रिय नेपाली कलाकार समाज का केन्द्रिय अध्यक्ष कमला दाहाल ज्यु ले आफू भित्र भयका खुसि र खुबी लाई घर भित्रै क्वारेन्टाइन मा रहि उच्च मनोबल र उच्च हौसला बनाउदै इनास परिवार कहिल्यै एक्लै छैनौ हामि सधै सङ्गसङ्गै हुनेछौ। हामी हुनेले यतिबेला अप्ठ्यारोमा हुने नेपालिलाई सहयोग गरौ। साथै घर आगन मा आयको नया बर्ष २०७७ को मंगलमय शुभकामना ब्यक्त गर्नु भयको छ।
पोल्यान्ड बाट इनास का केन्द्रिय बिधान संशोधन समितिका संयोजक मित्रलाल पार्दे र ग्लोबल प्रतिनिधि सदस्य सुसन परियार को उपस्थित रहेको थियो भने उहाहरु बाट पोल्यान्ड मा इनास परिवार सम्पुर्ण नेपालिलाई आज सम्म कोरोना को असर नरहेको र बिध्यार्थी र केही डकुमेन्ट समस्या मा भयका नेपाली लाई खाद्यान्न र बस्न समस्या भयको र भोलि कोरोना को भयावह रुप निरन्तर हुँदै गयमा यस्ले अझ ठूलो समस्या सिर्जना हुने हुदा इनास पोल्यान्ड ले पनि पोल्यान्ड स्थित रहेका सम्पुर्ण नेपाली संघसंस्थां, व्यावसायि, समाजसेवी तथा पत्रकारहरु सङ्ग समन्वय गरेर अगाडि बढ्ने कुरा मा जोड दिनु भयको छ।
विश्व भर रहेका नेपाली हरु लाई सहयोग र सद्भाव सिर्जना गर्दै सङित साहित्य को माध्यम बाट सचेतना मुलक आडियो, भिडियो र पोस्टर तयार गर्ने प्रतिबद्धता जनाइएको छ। साथै अमेरिका मा नेपाली हरुको अत्यन्तै दर्दनाक अबस्था रहेको र ६०० बढी त न्यु योर्क मा मात्रै कोभिड 19 को भिक्टिम भयको जानकारी आयको हुदा इनास ले आजै बाट हरेक देश का इनास परिवार ले पूर्वसावधानीहरू अपनाउनु पर्ने र भोलि आइपर्ने समस्यामा ईनास परिवार अग्रभाग मा रहेर सक्दो सहयोग गर्ने साथै यथाशीघ्र कोरोना बिसेस राहत कोस तयार हुनुपर्ने भन्दै बिश्वब्यापी साझा मुद्दा उठाइएको छ। अन्तरास्ट्रिय नेपाली कलाकार समाज का सस्थापक अध्यक्ष पुस्प बरुवाल को सहजीकरण मा सम्पन्न उक्त बैठक करिब तीन घन्टा सकृय रुपमा सन्चालन भयको थियो।इनास ग्लोबल अध्यक्ष कमला दाहालको अध्यक्षतामा सप्पन्न अनलाइन बैठकमा अमेरिकाबाट सबु गदाल कार्की हरिहर शर्मा युके बाट मनिश कुमार श्रेष्ठ डेनमार्कबाट सन्त कुमार थापा मगर अस्ट्रेलियाबाट राम चन्द्र थापा नेपाल बाट भगवती बस्नेत लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिती एवं आ आफ्नो बिचार प्रस्तुत भएको थियो।
पक्कै पनि ईनास परिवार ले कोरोना बिरुद्द को यो अभियान मा हरेक इनास परिवार र हरेक नेपाली को दुखमा मलम लगाउन सक्ने छ भन्ने बिश्वास लिइएको छ।
सुसन परियार बिसर्जन
वार्स पोल्यान्ड