बिकास दोङ
पोल्यान्ड
महामारीमा प्रवासीको पिडा ।
नेपाल सरकारलाई गुनासो
आज विश्वको सुपरशक्ति भनेको देशहरु घुडा टेक्ने अबस्थामा छ, यो अदृस्य भाइरस सामु झुकेको छ । एक वा दुइ देशहरु हैन विश्वलाई नै तहस नहस गरेको छ । विश्वको अर्थतन्त्रलाई दशाकौ पछाडी धकेल्ने पक्का जस्तो भएको छ । धेरै जसो देशहरुले बार्षिक बजेटको झन्डै १ तिहाई बजेट कोरोना बिरुद्ध खर्च गर्ने गरि राहत प्याकेज घोषणा गरेको छ जुन देशको अर्थतन्त्रमा आएको अप्रत्यासित ह्रास हो । यस दुखत समयमा नेपाल जस्तो विकाशील देश जसको २७ प्रतिसत कुल गृहस्थ उत्पादन बिप्रेशनले धानेको छ, स्वास्थ्य क्षेत्र कमजोर र पर्याप्त सामग्रीको अभाबमा गुज्रिरहेको छ त्यस्तो देशमा कोरोना जस्तो प्राणघातक रोग फैलियो भने त्यो देशको अवस्था के होला जुन कल्पना भन्दा बाहिर पुग्ने अबस्थामा छ । यो हामी सम्पूर्ण नेपालीले बुझ्नु नै पर्छ र सामना गर्ने आट राख्नु पर्ने अवस्था छदैछ । यी यावत सम्पूर्ण समस्या हामी प्रवासमा रहेर बुझ्दै गर्दा केहि दिन अघि प्रधानमन्त्री के पी शर्मा ओलीले जनतालाई सम्बोधन गर्दा प्रवासी नेपालीलाई जुन देशमा छौ त्यहि देशमा रहनु भनेर जसरि समस्या पर्दा बिप्रेशनको बाहकलाई बाइपास गरिने अभिव्यक्ति आयो यो अति दुख पूर्ण छ । हामी सरकारलाई विप्रेषण पठाएर देशको अर्थतन्त्रमा सहयोग गर्ने ठुलो समुहलाई संकटको बेला कुटनीतिक पहल गरि देश फर्किनु चाहने आफ्नो जनताको नैसर्गिक अधिकारललाई कुण्ठित पारि जुन जुन देशमा रहनु हुन्छ सुरक्षित रहनु र आवश्यक सहयोगको लागि कुटनीतिक पहल गरुला भन्नु बच्चालाई रुदा चकलेट किनिदिन्छु भनेर फकाउनु जस्तो मात्र हो जुन एकदम गैर जिम्मेवार अभिव्यक्ति हो । प्रधानमन्त्री भनेको बिश्वभरि रहेको आम नेपालीको अभिभाबक हो जसले आफ्नो जनतालाई बिश्वको कुनै कुनामा दुख पर्दा जिम्मावारी पुर्बक सोध, खोज र जिम्मा लिनु पर्ने हुन्छ ताकि देश जति नै गरिब होस् । तर हाम्रो प्रधानमन्त्रि यसबारे खासै जिम्मेवारी देखिनु भएन जबकि आखानै अघि अमेरिका, अष्ट्रेलियाले हवाईजहाज चार्टर गरि आफ्नो जनतालाई खोजि खोजि देश फर्काएर अभिभावकत्व बहन गरिरहेको थिए । के यस्तो अबस्थामा हामीलाई हामी जुन देशमा छौ अहिले त्यहि सुरक्षित रहनु र जब यो संक्रमणको अन्त्य हुन्छ अनि काम गर्नु र विप्रेषण पठाउनेमा ध्यान दिनु भन्ने अर्थ हो ? हैन भने जहाँ जुन देशमा छौ त्यहि सुरक्षित रहनु भन्नुलाई के भनेर बुझ्ने ? आफ्नो ज्यानको सबैलाई माया लाग्छ जसको लागि सरकारले सुरक्षित रहनु भनेर सम्बोधन नै गर्नु आबस्यक छैन सबै प्रवासी यसमा पहिले देखि नै सचेत छ । अमेरिकाले आफ्नो देशको जनतालाई नेपालबाट फर्कौदै गर्दा ति अमेरिकन जनताहरु र सरकार दुबैलाई थाहथ्यो कि नेपालमा भन्दा यो महामारीको संकट अमेरिकामा छ तर अमेरिकन सरकारले अहिले नेपालमा कम संक्रमण छ यस्तो बेला अमेरिका फर्किनु भन्दा नेपाल मै सुरक्षित छ त्यहि सुरक्षित रहनु भनेन बरु यस्तो संकटमा आफ्नो देश फर्किनु, आफ्नो परिवारसंग यो क्षणमा संगै हुनु अतिअबस्याक छ भन्ने भावनालाई बुझेर हवाइजहाज चार्टर गरेर लादा सबै अमेरिकनले आफ्नो सरकारको जयजयकार गर्यो । यसको पछाडी आखिर यस महामारीको संकटमा परेर मर्नु नै परे जुन देशमा रहे पनि मरिन्छ यो आजको मितिसम्म कुनै मेडिकल उपचार नभएकोले अबस्यम्भाबी नै छ (कोरोना लागेको सबै मरिन्छ भन्न खोजेको हैन) यस्तो बेला आफ्नो परिवार र देशमा हुन पाए भन्ने जनताको भावनालाई बुझेको कुरा सजिलै बुझ्न सकिन्छ तर नेपाल सरकारले यो जनताको भावनालाई बुझ्न चाहेन । विश्वभरीबाट विभिन्न विधामा रहेर आफ्नो पेसा गरिरहेको हजारौ बिज्ञ जुन हाम्रो देशको दिगो बिकासको लागि अति आबस्यक छ र अहिले नेपाल फर्केर नेपालमै रहेर केहि गरुला हामी नेपाल आउन चाहन्छु भनेर खुल्ला आव्हान गर्दै गर्दा पनि नेपाल सरकारले बेवास्ता गरेको देखिन्छ ।
NRNA दोस्रो अभिभाबक
नेपाल सरकारको अलावा हरेक प्रवासी नेपालीले केहि सहयोगको अपेक्षा गर्ने एउटा मात्र संस्था हो गैर आवासीय नेपाली संघ । अहिले विश्वलाई त्रसित बनाएको यो महामारीमा हरेक नेपालीले सम्झिने संस्था NRNA को भुमिका अहम हुनु एकदम जरुली देखिएको छ र यस संस्थाले पनि आफ्नो भुमिका आफ्नो ठाउँबाट निर्वाह गरिरहेको होला भन्नेमा कुनै दुई मत छैन किनभने यस संस्था बिशेषत: प्रवासमा रहेको नेपालीको हक अधिकार र कुनै संकटको बेला सहयोगी हात बन्ने भन्ने नै हो । आज यूरोपको अवस्था यस महामारीको कारणले यति झरझर अबस्थामा पुगेको छ कि धेरै जसो मान्छे कामबाट बन्चित हुनु परेको छ । यूरोपको आर्थिक वृद्धिदर नकारात्मक हुने पक्का छ । युरोपको यो अर्थतन्त्रलाई स्थिर बनाउन ईयुले ५ खर्ब युरोको प्याकेज ल्याउने घोषणा गरेको छ । यति गर्दै गर्दा पनि अझै भोलि के हुने हामी कसैले कल्पना गर्न सकेको छैन । युरोपको सुपरशक्ति देश इटाली, जर्मन, फ्रान्स र स्पेन जस्तो देशको अर्थतन्त्रमा हलचल मच्चाउने यस महामारी केहि गरि पोल्याण्डमा फैलिएको खण्डमा पोल्याण्डको अवस्था कस्तो होला ? यहाँ रहेको झन्डै ३००० (सहि नम्बर हैन) नेपालीहरुको अवस्था के होला ? यसमा NRNA को अहम भुमिका हुनुपर्छ जानकारी राख्नको लागि र होला भन्ने आशा पनि छ र गैर आबासीय संघ पोल्याण्डले यदि कसैको रोजगारी गुमेको र खानपानको नै अप्ठेरो परेको खण्डमा यस संघले पूर्ण जिम्मा लिने भन्ने कुरा अति नै सर्हानिय पनि छ तर पोल्याण्डमा आजसम्म हामी जसरि जे पेसा गरि रहेपनि यदि भोलि महामारीको कारणले धेरै नेपालीहरुले वा मानौ झन्डै १००० भन्दा बढी नेपालीहरुले रोजगारी गुमेको र पोल्याण्डको बसाई नै अफ्ठेरोमा परेको खण्डमा NRNA बाट कस्तो किसिमको सहयोग अपेक्षा गर्ने ? के यस्तो अवस्था सृजना भयो भने NRNA ले सबै जिम्मा लिन सक्ने अवस्था रहन्छ र कति समयसम्म ? यहाँ रहेको नेपालीहरु भोलि केहि गरि संक्रमणको अबस्थामा पुग्यो भने भाषाको कारण अस्पतालमा हुने समस्यालाई कसरि समाधान गर्ने ? यो एकदम महत्वपूर्ण बिषय हो । नेपाल र पोल्याण्ड बीच सरकारी तवरबाट कुनै सिधा औपचारिक कुटनीतिक सम्बन्ध नरहेकोले अझ जटिल अबस्थामा हामी छौ । यो सोच्नै पर्ने बिषय स्वयम् हरेक प्रवासी नेपालीहरुको पनि हो । यस्तो अबस्थामा यदि कोहि प्रवासी नेपाली यी समस्याहरुसंग जुदीरह्नु भन्दा नेपाल फिर्ने सोच भयो भने कुन माध्यमबाट कसरि कसको सहयोगमार्फत फर्किने ? कसलाई सहयोग माग्ने ? यी यावत प्रश्नहरु धेरै छ । NRNA पोल्याण्डले यसको लागि आबस्यक लगत संकलन गरि नेपाल फर्किने चाहने नेपालीलाई कुटनीतिक नियोग र नेपाल दुताबासमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनु पर्ने अहिलेको एकदम महत्व पूर्ण कदम हुन सक्छ । सम्पूर्ण पोल्याण्ड बासी नेपालीले यो अबस्थामा खोजेको सहयोग पनि यहि हो । यस्तो बेला NRNA ले निश्चित देशभित्र रहेको नेपालीको अभिभाबकको भुमिका निर्वाह गरि नेपाल सरकारलाई सार्बजानिक आव्हान गर्नु पर्छ । हो नेपाल सरकारले विभिन्न देशमा छरिएर रहेको झन्डै ५० लाख नेपालीलाई अमेरिकाले जस्तो हवाइजहाज चार्टर गरि झिकौना सकिन्न तर आफ्नो खर्चमा फर्कन चाहने नेपालीलाई NRNA ले एउटा सहजताको बाटो खोजि गर्नुपर्छ र NRNA को कर्तब्य पनि रहन्छ भन्ने हो । महामारी फैलावटको अवस्था पोल्याण्डमा दिन दिनै बढ्दो छ जुन खतराको संकेत हो । त्यसैले हामी आजैबाट सचेत हुनु अति आबस्यक छ र सक्दो पहल गर्नु ढिला गर्नु नै हुन्न ।