पोल्यान्डमा नेपालीहरुको तथ्याङक सङकलन कार्यक्रम स्थगित गरिएकाे वारे जानकारी

सुचना ! सुचना !! सुचना !!!
सम्पुर्ण पाेल्याण्ड वासी नेपालीहरूमा नमस्कार ।

विषय : तथ्याङक सङकलन कार्यक्रम स्थगित गरिएकाे वारे ।

उपराेक्त विषयका सन्दर्भमा लामाे समय पाेल्यान्ड मा नेपाली रहदै आए पनि हामी पाेल्याण्डकाे कुन कुन क्षेत्र मा कति नेपाली छाै कुनै आधिकारिक तथ्याङक नभएकाे हुदाँ । भविष्यमा आउने सहज असहज परिस्थिति काे विषय मा राज्य सँग समन्वय गर्न र अहिले जुन काेराेनाकाे सङक्रमण काे महामारी  आईरहेकाे छ यस्लाई मध्यनजर गरी  भविष्यमा पाेल्याण्डमा बस्ने नेपाली समुदाय लाई समस्या परेकाे खण्डमा पाेल्यान्ड सरकार,नेपाल सरकारसँग समन्वय गर्न याे तथ्याङक सङकलन ले महत्व पुर्ण भुमिका खेल्ने अपेक्षा राखी ०६ अप्रिल देखि अप्रिल २० सम्मा पाेल्याण्डमा बस्ने नेपालीकाे तथ्याङक सङकलन अभियान सुरू गरिऐकाे र पाेल्यान्ड मा रहने धेरै ब्यक्तित्वहरूले याे अत्यान्तै आवस्यक रहेकाे र यसलाई थप ब्यवस्थित गरी  सन्चालन गर्न दिनुभएकाे महत्व पुर्ण सुझाव र सल्लाह लाई मध्यनजर गरि निकट भविष्य मा नै थप अझै ब्यवास्थित गरि सन्चालन गर्नेगरि अहिले लाई तथ्याङक सङकलन अभियान स्थगित गरिएकाे ब्यहाेरा जानकारी  गराउदछाै ।

हामी विशेष त नेपाली समुदायलाई समस्या  परेकाे खण्ड मा राज्य सँग समन्वय गर्न सहज हाेस भनि ऐच्छिक रूपमा विवरण दर्ता गर्न आवाहान गरेका हाै । र यहाहरूकाे याे विवरण कुनै गलत प्रयाेजनकाे मनसायले सङकलन नगरिएकाे विषय यहाहरूलाई विस्वास्थ दिलाउन चाहान्छाै । याे हामी निस्वार्थ पाेल्याण्ड वासि नेपालीहरूकाे हित र भलाई का निम्ति मा काम गरेका हाै ।

प्रेस विज्ञप्ति नै निकालेर एनआरएनए पाेल्यान्डले पाेल्यान्डमा बस्ने नेपालीकाे तथ्याङ सङकलन गर्न अवश्यक छैन भन्नु पाेल्यान्डवासी नेपालीकाे हित विपरितकाे कार्य हाे ।
साथै याे तथ्याङक सङकलन अभियानमा गैर आवासीय नेपालीसँघ पाेल्यान्डलाई कुनै पनि ठाउमा नजाेडिएकाे र सस्थाकाे कुनैपनि आधिकारिक लेटरप्याड,छाप प्रयाेग गरिएकाे छैन । र अहिले सम्म  पाेल्याण्डकाे विभिन्न ठाउमा गठन गरिएका युथ ईकाई समिति एनआरएनए पाेल्यान्डकाे पुर्ण कार्य समितिकाे बैठकको  निर्णय  अनुसार गठन गरिएकाे हाे । प्रेस विज्ञप्तिमा प्रस्तुत गरिएका कतिपय विषय र उल्लेख गरियका शब्दहरूले गम्भिर ध्यानकर्षण गरेकाे जानकारी गराउदछौ । साथै सस्थाको गरिमा भित्र रहेर प्रेस विज्ञप्ति लेख्नु हुन समेत ध्यानाकर्षण गर्दछाै ।

धेरै ठाउ वाट धेरै नेपाली दिदिवहिनि दाजुभाईहरूले याे कार्य सम्पुर्ण पाेल्याण्ड वासि नेपालीकाे हितमा छ । र याे अहिलेकाे समयमा अपरिहार्य छ यसलाई कुनै पनि स्थितिमा राेक्नु हुदैन भनि धेरै ठाउवाट समन्वय गरिरहनु भएकाे छ ।धेरै बुद्दिजिविज्यु हरूले महत्व पुर्ण सुझाव र सल्लाह सहित अझै ब्यवास्थित गरेर अनिवार्य सन्चालन गर्नु पर्छ भनेर समन्वय गरिरहनु भएकाे छ । उहाहरू सबैकाे अपेक्षालाई सम्बाेधन गरि कुनै पनि हालतमा पाेल्याण्डवासी नेपालीकाे तथ्याङक सङकलन हुने कुरा मा विस्वास्त हुन सबैमा अनुराेध गर्दछाै ।

हामीले सन्चालन गरेकाे तथ्याङक सङकलन अभियान मा ०६ अप्रिल साझ ०७:०० बजे देखि अप्रिल ०९ साझा ०६:०० बजे सम्मा जम्मा १०७ एक सय सात जाना मात्र नेपाली दिदिबहिनि दाजुभाईहरूले ऐचछिक रूपमा आफ्नाे विवरण दर्ता गराउनु भएकाे छ । यहाहरूले दर्ता गराउनु भएकाे विवरण गाेपनियताकाे पुर्ण ज्ञारेन्टी गर्दछाै । यदि विवरण काे दुरूपयाेग गरेकाे प्रमाणित भएकाे खण्डमा कानुनी कारबाही सहन तयार भएकाे कुरा जानकारी गराउदछाै र तथ्याङक काे आँकाडा निम्न अनुसार रहेकाे विषय जानकारी गराउदछाै ।

भिम परियार
युवा संयोजक एन आर एन ए पोल्यान्ड
एनआरएनए युथ फाेरम पाेल्यान्ड परिवार ।


 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.