कोरोना, यो शब्द सुन्दा बित्तिकै बर्तमान बिस्व आतंकित सङ्गै चनाखो बनेको छ। विश्व मानव जगत मा थुलै उथल पिथल सिर्जना गरेको छ। बर्तमान समयमा मान्छेहरु हुने नहुने सबै खाले तर्क बितर्क गरेका छन भने यस्को गहन र नबिनतम अध्ययन गर्न बर्तमान चिकित्सा क्षेत्रलाई चुनौती सङ्गै अवसर पनि सिर्जना भएको छ।

यतिबेला लगभ्ग सारा विश्व नै लकडाउन गरिएको छ भने विश्वभरी नै सामाजिक क्षेत्र मा कृयाशिल सामाजिक र मानबधिकार मुखी संघ सस्थाहरु यसको रोकथाम मा लागि परेका छन। यसै सन्दर्भमा पोल्यान्ड मा रहेको सबै नेपालिको आशा मानिएको NRNA पोल्यान्ड साथै विभिन्न संघसस्था, राजनितिक भातृ संगठन का साथै पोल्यान्ड को अग्रणी मिडिया पोल्यान्ड नेपाल बाट पनि कोरोना प्रकोप रोकथाम तथा सहयोग अभियान घोसणा गरिएको छ। केही रकम राहत कोष मा पहिल्यै देखि जम्मा गर्दै आइरहेको गैर आवाशिय नेपाली संघ पोल्यान्ड ले यतिबेला स्वस्फूर्त रुपमा रकम सहयोग गर्ने नेपाली हरुलाई स्वागत गरेको छ।
उक्त अभियान मा पोल्यान्ड मा छोटो समयमा स्थापना भयर आफ्ना उत्कृष्ट गतिविधि गर्दै आइरहेको र छोटो समयमै पोल्यान्ड बासी नेपाली माझ राम्रो छवि निर्माण गरेको गुल्मी समाज पोल्यान्ड ले पनि पोल्यान्ड मा रहेका नेपाली लाई कोरोना प्रकोप बाट भैपरी आउने समस्या मा राहत होस भन्ने उद्देश्य ले आज मिति 2020 अपृल 5 तारिख का दिन गुल्मी समाज पोल्यान्ड का अध्यक्ष प्रकाश तिवारी को अध्यक्षता मा बसेको अनलाइन बैठक ले NRNA पोल्यान्ड को कोरोना रोकथाम तथा राहत कोष मा 1,111/- ज्लोती (अक्षरुपि एक हजार एकसय एघार) पोलिस रकम सहयोग गर्ने भयको जानकारी गुल्मी समाजका उपाध्यक्ष बिदुर शर्मा ले पोल्यान्ड नेपाल लाई जानकारी गराउनु भएको छ।

NRNA पोल्यान्ड लाई पोल्यान्ड मा रहेका संघ सस्था हरु मध्य गुल्मी समाज ले यति ठूलो रकम कोरोना रोकथाम को अभियान मा सहयोग गर्ने पहिलो सस्थागत घोसणा पनि यहि हो। यश अघि गुल्मी सामज कै बरिस्ठ उपाध्यक्ष तथा सल्लाहकार रितु न्यौपाने तथा रामचन्द्र न्यौपाने दम्पति ले पनि 1,000/- ज्लोती (अक्षरुपी एकहजार ) पोलिस रकम सहयोग गरिसक्नु भएको छ। गुल्मी समाज ले यो बिपद को समयमा गरेको अत्यन्यै सर्हानिय कार्यको हामी पोल्यान्ड नेपाल बाट उच्च सम्मान गर्दछौ भने आगामी दिन मा यश सस्थाको छवि र गरिमा अझ
ओझपुर्ण बनोस सतत शुभकामना ।
कोरोना बाट वचन डर हैन सचेतता र सजग बनौ, सुरक्षा का सम्पूर्ण गतिविधि अवलम्बन गरौ। सम्पूर्ण पोल्यान्ड बासी नेपलिको सुस्वास्थ्य को कामना।
सुसन परियार बिसर्जन
वार्स पोल्यान्ड
( के तपाई सङ्ग पनि कुनै सुचना र जानकारी छन? के तपाईं समाया मा पर्नु भयको छ? के तपाइले आफ्नो दुख र भोगिरहेको समस्या लाई कतै पोख्न या न्याय पाउन सक्नु भयको छैन? यदि छैन भने आउनुहोस तपाइको इच्छा अनुतुप तपाइको गोपनियता लाई बचाई हामी स्वतन्त्र पत्रकारिता द्वारा समाज का दरिन्द्र हरुलाई खबरदारी गर्ने छौ। हामिलाई 579229189 मा कल गर्न सक्नु हुनेछ। हामी सधै खबरदारी र सक्दो सुसुचित गर्न तयार छौ।)