एम पि खरेल काठमाडौ
लकडाउन र सामाजिक दुरी पालना किन ?
-कोभिड भाइरसको संकट नरोकिए र यो फैलिदै गए धर्म, जात, वर्ग , लिङ्ग,क्षेत्र र राजनैतिक सिद्धान्तका सबै अहम्कारहरूलाइ छोड्ने छैन।
-स्वास्थ्य क्षेत्रका जानकार अनुसार तीन करोड जनसंख्या भएको मुलुकका अस्पतालहरूमा हजारौको संख्यामा प्रसस्त आइसीयु पनि छैनन। हाम्रा अस्पतालहरूमा कोरोना भाइरस परिक्षणका लागि प्रसस्त ल्याब टेस्ट, उपकरण र जनशक्ति पनि छैनन्।
-अहिले फेसबुक ट्वीटरका वालमा आबस्यक परे यति नम्बरमा फोन गर्नुहोला भन्नेहरू नै संक्रमणमा परे सहयोग सम्पर्क टुट्न सक्छ । बेलायतका प्रधानमन्त्री नै व्यक्तिगत क्वारेन्टाइनमा बसेर video र फोन कल मार्फत मुलुक हाक्नु परेको छ।
-कसैले सजिलो परिवेसमा राजनीति गर्ने, अफ्ठेरो पर्दा फोन स्वीच अफ गर्ने, सम्पर्क बाहिर रहने र महाविपत्ति सामना बाट टाढिने पनि हुनसक्छन। त्यसैले आफु, आफ्नो परिवार, आफ्नो गाऊ र क्षेत्र परिवेशको कुरामा नै ध्यान दिऊ ।
– दश किलो चामल बाड्न दश पन्द्र जनाको भेला गरेर फेसबुक ट्वीटरका वालमा फोटो टयाग गर्ने हरू नै संक्रमण फैलने कुरामा कति सतर्क छन् भन्नेमा शंका गरौ। बजारबाट ल्याइएका सामानको पोको र तरकारीको झोलामा समेत अदृस्य रुपमा भाइरस सल्बलाइरहेको हुनसक्छ।
बिकशित मुलुकहरूमा खाद्यान्न ओसार पसारमा मान्छे प्रयोग नभएर रोबोट प्रयोग गर्दा समेत संक्रमण रोकिएको छैन।संकटमा सस्तो लोकप्रियताका पछि कोहि नलागोस।