कोरोनाबाट संक्रमित नेपालीहरुको सहयोग तथा संक्रमण रोकथामका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय समितिले कम्तिमा ५० हजार युरोको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । उक्त कोश का लागि अहिले बाटनै रकम संकलन अभियान पनि सुरु गरिएको छ। आपतकालीन कोष तत्काल युरोपका बिभिन्न देशमा कोरोनाको संक्रमणमा परेका र कोरोनाको महामारीका कारण बेरोजगार भएका र अलपत्र परेका विद्यार्थीहरुको सहयोगमा खर्च गरिने भएको छ।

31 मार्च मा बसेको युरोप क्षेत्रीय बैठक ले केन्द्रमा गठित स्वास्थ्य कार्यदलसंग समन्वय गर्न युरोप क्षेत्रका स्वास्थ्य बीज्ञहरु रहने गरी पोल्यान्ड बाट आइसिसी मिमेम्बर रहेक तथा NRNA पोल्यान्ड का सस्थापक अध्यक्ष तथा पोल्यान्ड बासी नेपाली का अभिभावक को रुपमा चिनिनु भएका डा. बोधराज सुवेदीको संयोजकत्वमा स्वास्थ्य उपसमिति समेत गठन गरेको छ ।
पोल्यान्ड नेपाल बाट हामिले डा सुवेदी संग जानकारी लिदा युरोप भरी बाट विभिन्न देशमा रहेका नेपाली डाक्टर हरुलाई सम्पर्कमा ल्याउन पत्रचार गरिएको र अबको एकहप्तामा नामावली सहित डा हरुको फोन परामर्श समिती लाई पुर्णता दिइनेछ जसमा नेपाली हरुले संबंधित देश का डाक्टर हरु संग परामर्श र जानकारी लिन सक्ने छन।
उक्त बैठक ले युरोपका बिभिन्न देशमा संक्रमित तथा कारोनाको महामारी फैलिएपछि अलपत्र परेका, बेरोजगार भएका नेपालीहरुको तथ्यांक यथाशिघ्र संकलन गर्न सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषदलाई आग्रह गरेको छ।
हाल पोल्यान्ड मा पनि विभिन्न सहर मा छरिएर रहेका नेपालिहरु अझै ओअनि NRNA पोल्यान्ड को सम्पर्क भन्दा बाहिर रहेको हुदा र आज सम्म पनि ती नेपाली हरुको वास्तविक तथ्यांक NRNA पोल्यान्ड दंग छैन जुन चिन्ता को बिसय पनि हो।
पोल्यान्ड मा नेपाली राजदुतावास वा कन्सुलर को राम्रो ब्यबस्था छैन जसका कारण कोरोनाले भयावह रुप सिर्जना गरेमा पोल्यान्ड मा कार्यरत नेपाली हरुको बिकराल समस्या सिर्जना हुन सक्ने हुदा डा सुवेदी ले बेलैमा सबैलाई सचेत र पूर्वसावधानीहरू अपनाई रहन आग्रह गर्नु भएको छ भने पोल्यान्ड नेपाल का प्रधान सम्पादक मित्रलाल पार्दे ले पोल्यान्ड भरी रहेका नेपाली हरुलाई यथासक्य छिटो सम्पर्कमा आउनुहुन अनुरोध गर्नु भएको छ भने नेपाल सरकारले बेलैमा यो बिसयमा गम्भीर ध्यानाकर्षण हुनपर्ने बताउनु भएको छ।
युरोपका बिभिन्न देशमा फसेका तथा अलपत्र परेकाहरुलाई उद्दार तथा सहयोग गर्न नेपाल सरकारसंग आग्रह गरि यतिबेला युरोपमा रहेका नेपालीहरुलाइ नेपाल सरकारको सहयोगको खाँचो छ भन्ने सन्देश उक्त भेला बाट बनेको स्वास्थ्य कार्यदल ले बुझाउन सकोस। डा बोधराज सुवेदी ले प्राप्त गर्नुभएको यो नेतृत्व हामी पोल्यान्ड बासी नेपालिको गौरब को र अवसर को बिसय हो पक्कै पनि यस्को भरपुर सदुपयोग हुनेछ र सबै नेपाली लाई स्वास्थ्य परामर्श तथा कोरोना को यो महामारी बाट वचन डा सुवेदी ज्यु लाई आफ्नो कार्यकाल सफल होस भनी शुभकामना तथा बधाई ब्यक्त गर्दछौ।
सुसन परियार बिसर्जन
वार्स पोल्यान्ड
अप्रिल 3 शुक्रबार