सम्पूर्ण आदरणीय साइप्रस बासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नमास्कार
चिनबाट सुरु भएको कोरोना भाइरसको प्रकोपले हाल विश्वको जनस्वास्थ्य र विज्ञानलाई चुनौती दिदै आएरहेको सबैलाई जानकारी नै छ ।यस प्रकोपको हाल सम्म कुनै पनि औषधि या भ्याक्सिन नबनेको हुनाले यो भाइरस नियन्त्रणमा आइरहेको अवस्था छैन। साइप्रसमा पनि यस प्रकोपबाट संक्रमित संख्या बड्दै छ । सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु एकदमै सुरक्षित र सतर्क रहनका लागि एनआरएनए साइप्रसले आग्रह गर्दछौं।
बिश्वब्यापी होटेल जहाज लगायत लाखौ होटेल खोज्नु परेमा
http://www.meroreservation.com
साइप्रसमा रहनु हुने विद्यार्थीलाई कोरोना भाइरसले विद्यार्थीहरूको मानसिकतालाई असर संगै डर , त्रास र भयभीतनै छन् र कोरोना भाइरसले अत्यावश्यक बाहेक सबै बन्द रहेको सबैलाई अवगतनै छ । विद्यार्थीलाई अहिले पिरोलिको कुरा भाडा , बिजुली , पानी , कलेज शुल्क कसरी तिर्न भन्ने सबै विद्यार्थी चिन्ताको विषय बनेको छ ।
यहि विषयलाई एन.आर.एन.ए. साइप्रसले विद्यार्थीका समस्याहरु दूतावास बाट साइप्रसको सरकारसँग महिनाको भाडा घटाउन वा कम , कलेज शुल्क र भिसा जस्ता विभिन्न उत्पन्न बुदाहरुको समस्यालाई समटेर एन.आर.एन.ए साईप्रसको तत्त्वावधानमा इजरायलका लागि नेपाली राजदूत तथा गणतन्त्र साईप्रसका लागि गैरआवासीय नेपाली राजदूत र महामहिम नेपाली र साईप्रस कन्सुलेटलाई ईमेल बाट पत्र पठाएको छ ।यो पत्र सबै विषयक उटाउने कोसिस गरेका छौ । हामी अपेक्षा गर्दछौ कि यी समस्यालाई सम्बन्धित निकाय सम्म पुगाएर यसको सकारात्मक पक्ष आउन्छ भने आशा गरेका छौ । र साइप्रस बासी विद्यार्थीले सबैले आ आफ्नो ठाउँ बाट आवज उठाऔ।धन्यवाद ।।
दिनेश गौतम
प्रवक्ता
गैरअवसिया नेपाली सघं साईप्रस
तथा प्रतिनिधि
पोल्यण्डनेपाल.कम
साईप्रस