नारायण चालिसे
महामन्त्री
जनसम्पर्क समिती पोल्यान्ड
पोल्यान्ड मा नेपाली र संघ संस्था
बिश्वका लगभग २०० देश मा फैलिएको कोरोना (covid -19 )भाइरस ले अहिले को मानव जाति तथा अहिलेसम्म को बैज्ञानिक आबिस्कारलाई नै चुनौती दिएको छ । समय समय मा यस्ता महामारी तथा चुनौती आइरहेको इतिहास ले नै बताउछ भलै यस् का स्वरुप फरक होला । तर जुन पुस्ता तथा ब्यक्ति यस्तो महमारी बाट पीडित हुन्छ त्यो पुस्ता वा ब्यक्ति का लागी ठुलो संकट भएको आभास हुन्छ किनकि तेस घडी मा न त इतिहास हेर्ने आट हुन्छ न त भबिस्य को बारेमा सोच्ने आबस्यकता हुन्छ तत्कालीन समस्या बाट पार लाग्नु नै ठुलो चुनौती हुन्छ ।
हामी नेपाली हरु पनि यस महामारी ले राम्ररी नै दुख दिने संकेत छ । पहिलो त देश को अर्थतन्त्र नै रेमिटेन्स मा निर्भर भएको र बिश्व नै महामारी बाट आक्रान्त भएको ले यस मा स्वतह नकारात्मक असर पर्ने नै भो ।
पोल्यान्ड नेपालमा बिज्ञापन पठाउने ठेगाना
polandnepal17@gmail.com
अब कुरा आयो पोल्यान्ड मा रहेका संघ संस्था र यहाँ का नेपाली हरुको बारेमा । खास मा पोल्यान्ड मा संस्था को कुरो गर्दा NRNA पोल्यान्ड मात्र एउटा यहाको अदालत मा दर्ता भएको संस्था हो । र पोल्यान्ड मा नेपाली राजदुतावास नभएकोले हामी पोल्यान्ड बासी नेपाली हरुले एक भर पर्दो संस्था का रूपमा लिनुपर्ने आबस्यकता छ । र साथ साथै राजनीतिक,सामाजिक , व्यावसायिक , पत्रकार तथा कलाकार लगायत अन्य संस्था पनि सक्रिय रहेका छन । र सबैको आ -आफ्नो बिधान तथा सम्लग्नता फरक फरक रहेको छ । यसमा कुनै नेपालमा दर्ता भएका राजनीतिक दलका प्रतिनिधित्व संस्था छन यिनी हरु दायित्व केन्द्र निर्देशित हुन्छ । अरु संस्था हरु पनि कुनै यहाँ स्वतन्त्र तथा कहिँ अनुबन्ध भएर काम गरिरहेका छन ।जे जहाँ जस्तो भयपनि सम्पुर्णको उदेश्य नेपाल तथा नेपालीको लागी नै हो ।
अब कुरो गरौं धेरैले चासो राखेको वा संस्थाहरु को यस महामारीमा हुनुपर्ने दायित्व यसमा मुख्यत दुई पाटो हुन्छ सर्बप्रथम त यहाको सरकारको उदेश्य काम कर्तव्य र अधिकारभित्र नै रहेर कानुनी अड्चन न आउने तरिकाले काम गर्नु पर्छ । अहिले धेरै नेपाली हरुले मुख्यत असुरक्षित रहेको महसुस गर्नुभयको छ जो उत्पादन तथा रेस्टुरेन्टमा काम गर्नु हुन्छ । यसमा आफै सुरक्षा को ख्याल गर्नु पर्छ किनकि सरकार ले अहिले सम्म काम बन्द गर्ने आदेश दियको छैन । यसमा कुनै पनि संस्था ले काम मा जान नजान तथा सुरक्षा प्रदान गर्न सक्दैनन मात्र साबधानी का सूचना प्रसारण आदानप्रदान तथा जानकारी भएको अबस्थामा समन्वय गर्न सक्छन् । र यदि कोहि गम्भीर समस्या छ भने मानबिय सेवा खान पान को बेबस्था गर्न सक्छ्न र जसको लागी प्रत्येक सस्था कटिबद्ध भएको देखिन्छ । र प्राय सबै संस्था ले आ आफ्नो तर्फ बाट सहयोग समिति बनाएका छन ।यस मा मुख्य भुमिका NRNA पोल्यान्ड को हुन्छ र अहिले सम्म आफ्नो साधन स्रोतले भ्याए अनुसार गरेको देखिन्छ र अन्य सस्था हरु लगायत सम्पुर्ण नेपाली ले सहयोग गर्नु पर्ने आबस्यकता छ। कुनै पनि संस्था आफै मुर्त होइन सबै मिलेर मुर्त काम गरेर संस्थाको गरिमा बढाएर भोलि अझै काम गर्न सक्ने बनाउनु पर्छ ।अन्त्यमा यो महामारी ले ठुलो रुप लिने र आर्थिक मन्दी हुने रोजगार गुम्ने जस्ता खतरा हरु रहेकोले नेपाल सरकार यहाँका संस्था र पोल्यान्ड सरकारको साथ लिएर दीर्घकालिन योजनामा जानु यहाका संस्था को दायित्व हो र यसलाई सहयोग गर्नु हामी नेपाली को दायित्व हो। पीडित लाई तत्काल सहयोग गरि दीर्घकालीन योजना सहित अघि बढ्नु सबैको दायित्व हो। महामारी बाट त्रसित नबनौ सतर्क होउ।
(माथी उल्लेखित बिचार लेखकको निजि विचार हो)
सन्सार भर होटेल जहाज लगायत सयौ वेबसाईट हरु भेटिने अनलाइन
http://www.meroreservation.com