नरेश रेग्मी
#दलाल महातम्य (छोटोमा)
#पहिलो चरण
नवउदारवाद पहिला बहुराष्ट्रिय कम्पनी बनेर विभिन्न क्षेत्रमा आउँछ र जुन देशमा आउँछ त्यहाँका र आसपासका राष्ट्रिय उद्योगहरु सिध्याउँछ।प्रसस्त पुँजीका कारण बहुराष्ट्रिय कम्पनीहरु ठूलो मात्रामा बस्तु उत्पादन गर्न सक्छन र राष्ट्रिय उद्योगहरुले प्रतिस्पर्धा नै गर्न नसक्ने गरि सस्तो मूल्यमा सामाग्री उपलब्ध गराउन सक्छन। परिणाम स्वरूप कमजोर अर्थतन्त्र भएका देशहरुमा राष्ट्रिय उद्योगहरु खुल्दै खुल्दैनन, खुलेका जति बन्द हुन थाल्छन। हामीसँग भएको यही हो। हामी सामान्य भन्दा समान्य वस्तुहरु उत्पादन गर्न नसक्ने भएका छौँ।आज हामीसँग एउटा जाबो प्लास्टिक र कपडाबाट बन्ने N95 मास्क उत्पादन गर्ने उद्योग छैन। हामीसँग आज प्लास्टिक र रबरबात बन्ने सामान्य पञ्जा उत्पादन गर्ने अवस्था रहेन।
#दोश्रो चरण
राष्ट्रिय उद्याेगहरु ध्वस्त बनाए पछि बहुराष्ट्रिय कम्पनीहरु आआफ्नो क्षेत्रमा एकाधिकार जमाउन थाल्छन। केही ठूला ठूला कम्पनीहरु केही समय एक अर्कासँग प्रतिस्पर्धा गर्छन र अन्तिममा एउटा कम्पनीको एकाधिकार कायम हुन्छ। कम्प्युटरमा अपरेटिङ सिस्टम कुरा आयो भने माइक्रोसफ्ट कम्पनीको एकाधिकार जस्तो। एकधिकार पुँजीवादले यसरी नै हो काम गर्ने। त्यस पछि सानो अर्थतन्त्र भएका राष्ट्रहरु मात्र एउटा बजार बन्छन जसरी आज हाम्रो देश एउटा बजार बन्न थालेको छ। हामी केवल ठूला ठूला कम्पनीहरुले उत्पादन गरेका सामाग्रीहरु बेच्ने बजार बन्दैछौँ।
Search Any Hotel around the world
http://www.meroreservation.com
#तेस्रो चरण
राष्ट्रिय उद्योग सञ्चालन गर्ने वातावरण नबने पछि सानो अर्थतन्त्रवाला देशहरुका पुँजीपतिहरु दलालमा रुपान्तरण हुन्छन। उनीहरुको काम भनेकै बहुराष्ट्रिय कम्पनीहरुको वस्तु ल्याउने र नाफामा दलाली गर्ने बन्न पुग्छ। जसरी हाम्रा देशका पुँजीपतिहरुले गरिरहेका छन। विदेशबाट वस्तु आयात गर्यो, कमिशन खायो, बेच्यो। यो चरित्रको पुँजीवादलाई दलाल पुँजीवाद भनिन्छ। दलाल पुँजीवाद नवउदारवादको सह-उत्पादन हो। दलाल पुँजीवादले व्यापारी देखि कर्मचारी, कर्मचारी देखि राजनितिकर्मीसम्म सबैलाई दलाल बनाइदिन्छ। अहिले हामी यही चरणमा छौँ। हाम्रा पुँजीपतिहरु दलाल पुँजीपति भए हाम्रा नेताहरु दलाल पुँजीपतिका रक्षा कवच। आज भैररहेको यही होइन त?