BY UDAYA RAJ GIRI POLAND
जुन जान्कारी यहाँ राखिएको छ
प्रश्न – तिनीहरूले लगभग २ महिना को लागी कम्पनी बन्द गर्दैछन्। हामी त्यो समयमा बिदामा बस्नु पर्छ । टोटल तलवको ८०% मात्रै भुक्तानी दिने भनेको छ । त्यसकारण मेरो प्रश्न, के उनीहरुले मेरो तलवको न्यूनतम ज्यालाबाट कटाएर चार्ज गर्न सक्छ, जस्तै – 26०० बाट कटाएर , अर्थात् PLN २०८० मात्र मेरो हातमा पर्छ ?
– हैन, उनीहरुले तेस्तो गर्न पाउदैन। अधिकतम भुक्तानी १००% आधार करारबाट प्रति घण्टा वा मासिक दर रोजगारी अनुबन्धको आधारमा तापाइले पाउनु पर्छ ।
प्रश्न – मेरो कम्पनि अझै चलिराको छ कम्पनिमा जान मलाई कोरोना भाइरसको कारणले गर्दा डर छ म ‘उमोवा प्राचा मा काम गरिराको छु , नजान पाउछु।?
– कम्पनि चलिरको छ र तपाईको स्वोस्थ्य स्थिति ठिक छ भने काममा नजादा रोजगारदाताले कारबाही गर्न सक्छ। सtरकारले बन्द गर भनेको ठाउ बाहेक अरु ठाउमा बिना कारण काममा जान्न भन्न पाउनु हुन्न।
प्रश्न- म विद्यार्थी हु पोल्याण्डको अनि मेरो ‘उमोवा ज्लेचेनिया’ कन्ट्रयाक्ट मा काम गर्छु, अहिले मेरो छुट्टि छ, मेरो तलब के हुन्छ?
– विद्यार्थीहर लागि यो समय अझै कठिन हुन् सक्छ किनकि ‘उमोवा ज्लेचेनिया’ मा तिनीहरूले कुनै काम नगरेको तलब प्राप्त गर्दैनन 😦 यदि तपाईं 26 बर्ष भन्दा मुनिका हुनुहुन्छ भने तपाईंको ZUS र कर भुक्तान गरेको हुदैन
– यो समयमा तपाइको तलब २६०० ग्रस् मात्र आउछ (अर्थात् १९२०,६२ हातमा पर्छ ), तपाइले पाउने बोनसको रकम रोजगारदाताले नदिन पाउछ ।
मार्च १४, २०२० बाट मेरो रेस्टुरेन्टहरू बन्द भयो । कार्यस्थल बन्द हुने समयका लागि मैले कर्मचारीहरूको पारिश्रमिक कसरी गणना गर्ने (तिनीहरूले काम गर्नु परेन )?
-यस्तो अवस्थामा छुट्टिको भुक्तान सम्बन्धी श्रम कोडको ८१ लागु हुन्छ । यस समयको लागि तलब १००% हुनेछ यदि करार (उमोवा प्रासा – घण्टा वा मासिक दर समावेश छ भने) । यदि त्यहाँ त्यस्तो दर छैन (उदाहरणका लागि एकोर्ड वर्क वा कमिशन), तब तलब 60०% दिनु मिल्छ । कुनै पनि विकल्पमा, तलब न्यूनतम ज्याला भन्दा कम हुनु हुँदैन।
प्रस्न- मेरो छुट्टि मैले Summer को लागि भरि सकेको छु तर अहिले कम्पनीले ३ हप्ता छुट्टिमा बस भनेको छ, के मेरो Summer को छुट्टि काटिन्छ?
– तपाइले Summer को लागि लिगी सकेको छुट्टि कटौती गर्न पाउदैनन। तपाइको पछिल्लो बर्षको बाकि छुट्टी भने उनीहरुले भनेकै समयमा तपाइले प्रयोग गर्नु पर्ने हुन्छ नभय अहिले सालको छुट्टि रोजगारदाताले जबर्जस्ति प्रयोग गरौन मिल्दैन। तर समझदारीमा कर्मचारी र रोजगारदाताले मिलाउन भने सक्छन।