BY MITRA LAL PARDAY
मैले केही सामाजिक सन्जालमा अरु संस्था प्रति एक किसिमको भनौ ति संस्थाहरुको दायित्व नै हुँदैन ती संस्थाहरु भनेका काम लाग्ने होइनन् कुनै व्यक्तिहरु कसैलाई सहयोग गर्छु भन्दा ती व्यक्तिहरु सहयोगी होइनन् भन्ने आशयका केही बिचार हरु सुन्न पाउदा म अचम्म परेको छु । हिजो एक जना साथीले पोल्यान्डबाट १ लाख रुपैया नेपालमा पठाउनु भो सहयोगको लागि । के उहा सहयोगी होइन ? उहाको बिचार नेपालमा पठाउने सोच्नु भो पठाउनु भो । भोली उहाको बारेमा लेख्नेछु केही व्यक्तिहरु एन आर एन मार्फत गर्नु भएको छ नमन गर्दछु । । कसैले एन आर एन लाई सहयोग गरेका छन् कसैले इनास मार्फत गरेका होलान् कसैले बिभिन्न राजनीतिक पार्टी मार्फत गरेका होलान् कसैले आ आफ्नै तरिकाले सहयोग गरेका होलान् ती सबै आखिर नेपाल र नेपालीका लागि गरेका छन र सबै प्रती नमन । यो बिपदको समयमा मेरो संस्था म नै ठुलो भन्नु ठीक होइन बरु हामी बिदेशी भुमिमा भएका सम्पूर्ण नेपालीहरु मिलेर अगाडि बढौ भन्ने ठाउमा अरु सहयोग गर्न चाहने संस्था व्यक्तिहरुलाई बन्देज गर्न कहाको कुन धाराले रोकेको छ ? बिपदको समयमा राज्यको पक्ष प्रतिपक्ष हुँदैन । बिपदको समयमा यो ठुलो यो सानो हुँदैन जो जसले जसरी गरे पनि हुन्छ मात्र सामाजिक हितको लागि होस् ।
कसैको भोको पेटमा १ माना चामल खुवाउछु भन्न संसारको कुन कानुनले रोकेको छ र ?
बिपद सबैलाई एकै हो यहाँ कोही कानुनी र कोही गैरकानुनी भन्ने दिन होइन । कुनै पनि संघ संस्था मान्छे लुट्न जन्मेका पक्कै होइनन् होला नि केही गरौ भन्ने अभिलाषा लिएर जन्मेका हुन् । बिपदको बेलामा बरु ती सबै संघ संस्थाहरु सित समन्वय गर्ने हो कि सौताको ब्यवहार गर्ने हो ?
हरेकको उद्देश्य आफ्नै हुन्छ सरकारले घोषणा गरेको आतंककारीहरुलाई समेत बिपदको समयमा सहयोग गर्ने अधिकार पाउछन् भने के राजनीतिक गर्ने पार्टिहरुले मात्र झन्डा उचाल्ने हो र ? के कलाकारलाई स्थान दिने संस्थाहरुले बिपदको बेलामा नाच्ने मात्र हो र उनिहरुले पनि त आफ्नै किसिमले सहयोग गरेका छन् खेलाडिहरुले आफ्नै तरिकाले साथ दिइरहेका छन् ? के आफ्नो समुदायको लागि सोच्ने संस्थाहरुले हात बाध्ने हो र ? हरेकले आ आफ्नै तरिकाले सहयोग गर्न पाउछ मात्र उसको आत्म निर्णयको अधिकार उसलाई हुन्छ ।
तर केही व्यक्तिहरुले ति संस्था व्यक्तिहरु जो आफनो तर्फबाट नेपाली समाजलाई योगदान दिरहेका छ्न् चाहे नाम कमाउने उद्देश्य होस् चाहे अरु कुनै केही गरु भन्ने उद्देश्य होस् तर नेपाली समाजलाई केही दिरहेका छन् .
जुन ती व्यक्तिहरुले दिएको योगदान आर्थिकमा होला तर चिन्तन्मा हुने छैन यहाँ बिनोद चौधरी आएर एक करोड दिए पनि तिनिहरुको योगदान पुर्ती हुँदैन ।
बिपदको समयमा आमा छुची भए पनि आमा हो . आफ्नी माया गर्ने श्रीमतिले बिपदको समयमा बरु छोड्लिन् तर जती छुची भए पनि छोरालाई पिडा बिर्सेंर काख दिने त आमा नै हो । बिपदको समयमा आमा फोहोरी भए पनि आमा हो । बिपदको समयमा आमालाई तिरस्कार गरेर गरिएको जतिसुकै पूण्य काम भए पनि आमाको सराप लाग्नेछ । बरु आमाबाट आशिर्वाद लिने हो जतिसुकै डाक्टर इन्जिनियर बनोस आमाको पाउको धुलो पवित्र हुन्छ ।
हो अवश्य कुनै पनि आमाको बिचार अगाडि बढाउन
बिनोद चौधरी धन्यवादका पात्र होलान् तर यहाँ दिन रात नेपाली समाजको लागि चिन्तन गर्ने व्यक्तिहरु संस्थाहरु धन्यवादका ती हरेक संस्थाहरुले नेपाली समाजलाई बलियो बनाइरहेका छन् तर ती समाजहरु कहिल्यै पराइ हुदैनन् । केही ब्यक्तिहरु आफ्नै तरिकाले पनि नेपाल र नेपाली हितको लागि गरिरहेका छन् तिनिहरु बिपदको बेलामा पनि कहिल्यै पराइ छैनन् तर केही जिम्मेवार व्यक्तिहरुले पराइ देख्नु सार्है दु:खद कुरा हो । बरु त्यसरी लाख २ लाख दिने व्यक्तिहरु हामीहरु सबै मिलेर उनिहरुलाई प्रेरित पो गर्ने हो । एउटा बिचार लिने त्यही विचारमा डोर्याउने हो । संसारमा पहिलो इम्याजिनेसन , दोश्रो बिज्ञान तेश्रो एक्सन चौथो धन हो ।
बिपदको समयमा कानुनका ठेलिहरु पल्टाउन सकिदैन जहाँ अप्ठ्यारो छ त्यहा सबैले आ आफ्नो तर्फबाट सहयोग पो गर्ने हो यहाँ त म नै ठुलो मलाई सहयोग गर्नेहरु देवता अरुलाई सहयोग गर्नेहरु फटाहा सोच जुन भो त्यो सोच हुनु सार्है दु:खद कुरा हो ।
बिपदको बेलामा सबैले आ आफ्नो तरिकाले सहयोग गरौ तर सहयोग गर्ने नाममा अरु सन्स्घ संस्थाहरुलाई अनावश्यक कोही कसैले दुष्मन नदेखौ । बिपदको समयमा जो जहाँ छ त्यहिबाट आफ्नो सहयोगी हात बढाउने हो । बिदेशी भुमिमा नेपाली समाज उन्नती र प्रगतिमा कुनै एक व्यक्तिको मात्र भूमिका हुँदैन कुनै एक संस्थाको मात्र भूमिका हुँदैन । सबै संस्था व्यक्तिको पनि उत्तिकै हुन्छ । एउटा किचनमा काम गर्ने डाडु चलाउने दाजुहरु देखी कलम चलाऊने वा दिमाग चलाऊने गोडा चलाऊने हरेक विचार चलाउने हरेक व्यक्ती समुदायबाट समाज बन्ने हो ।
सामाजिक काम गर्ने ब्यक्तिहरु संस्था भित्र भएर मात्र गर्दैनन् बाहिरबाट पनि गरिरहन्छन् ।
कोही भएर पुगेर गर्नु र कोही अन्तरआत्मादेखी जीवनभर गर्नु फरक छ । यद्दपी सबै प्रति सलाम छ । अहिले बिपदको समयमा यो संस्था यो पार्टी यो धर्म यो देश भन्ने बेला होइन यद्दपी ती पार्टी संस्थाहरु सबैले मानब समुदायको लागि मज्जाले काम गर्ने समय हो । ती संस्थाहरु यो बिपदको घडीमा जसरी हुन्छ त्यसरी मज्जाले काम गर्ने समय हो ।
कामका तरिका फरक हुन्छन् तर सबैले आफ्नो किसिमबाट समाज समुदायको लागि काम गरिरहेका छन् । कसैले पैसा दिएर कसैले बिचार दिएर कसैले सोच दिएर कसैले आलोचनात्मक रचनात्मक अभिब्यक्ती दिएर ती सबै सामाजिक उन्नतिका लागि भएका हुँदा सबै प्रति नमन ।