मित्र लाल पार्दे
पोल्यान्ड
-हामी बायुमन्डलमा कार्वनमोनो अक्साइडको व्यापार गर्यौ प्रकृति रिसाइन्
-बनजङल फडानी जनावर सबै नस्ट गर्दै गयौ प्रकृति रिसाइन्
– अक्सिजनको कमि गर्दै नानाथरी कार्बनमोनोअक्साइड निर्माणको अवस्था सृजना गरयौ प्रकृति रिसाइन्
– हामी टेक्नोलोजीको नाममा यान्त्रिक बन्यौ प्रकृति रिसाइन्
– हामी जलबायु परिवर्तन र इकोसिस्टममा मतलब नै गरेनौ प्रकृति रिसाइन्
– हामी पैसा सर्वथोक देख्यौ हामीमा लोभ जाग्यो प्रकृति रिसाइन्
– हामी प्रकृतिलाई दोहन गर्यौ तर प्रकृतिको नाम लिनु कता हो कता आफू नै भाले बन्यौ प्रकृति रिसाइन्
– हामी प्रकृतिबाट मज्जाले स्वार्थ लुट्यौ क्रेडिट आफुले लियौ प्रकृतिलाई केही होइन भन्यौ प्रकृति रिसाइन्
हामी हामिभन्दा बलवान् कोहि छैन भन्यौ प्रकृति रिसाइन्
– हाम्रो रिस एक मिनेटमा सकिन्छ प्रकृतिको रिस सकिन १ बर्ष लाग्नेछ ।
– ,१५२०,१६२०,१७२०,१८२०,१९२०, प्रकृति हरेक सय बर्षमा रिसाइन । १०० बर्षमा प्रकृति माथि हेर्ने सोच परिवर्तन भएन । सय बर्ष सम्म पनि उहीँ घमण्ड पारा हामी मानव समुदायको भएकै हो । प्रकृति रिसाएकि छन् ।
यो रिस मेटिन १ बर्ष लाग्नेछ ।
१ बर्ष पछि प्रकृतिले फेरि सय बर्षको लागि सोच्ने दिने छिन्
१ बर्षमा नया सफा अक्सिजन शरीरको कोषले पाउन अभ्यस्त हुनेछ । कार्वन मोनो अक्साइडले छेदबिच्छेद भएको फोक्सो शिथिल थियो । १०० बर्ष जलबायु परिवर्तनको मारमा परेको फोक्सो कमजोर भैरहेको थियो । बायुमन्डल भित्रको बिकारले फोक्सो शिथिल थियो त्यसैले आज कोरोनाले फोक्सो आक्रमण गर्न सफल भो र दुनियाँमा हामी तड्पिरहेछौ ।
यो भाइरसको समाधान नै प्रकृति हो ।लाखौ मर्नेछौ त्यो दुखद र पिडादायी क्षण हो महामारी जो पनि पर्न सक्नेछौ होशियार सतर्क प्रकृति रिसाएको बेला हुनैपर्छ तर एक वर्ष हामी सतर्क भयौ भने प्रकृति स्वच्छ सफा अक्सिजनको बलले फोक्सो सकृय पार्नेछिन ।फोक्सो बलियो हुनेछ भाइरस शीत लड्ने शक्ति प्राप्त गर्नेछ । एक बर्ष सम्म पृथ्बिको बायुमन्डलले फोक्सो र शरीरलाई उर्जा दिनेछ अनि मानव समुदाय फेरि प्रकृति प्रेम गर्नेछ । सय बर्ष सम्मको लागि फेरि सोच्ने अवसर दिनेछन् प्रकृतिले ।
अहिलेको महामारी समस्याको समाधान सबै घरभित्र क्वारेन्टाइनमा बसेर वातावरण सफा पार्नु र त्यही सफा अक्सिजनको माध्यमबाट प्रकृतीसित सहकार्य गरेर यो भाइरसको बिरुद्द लड्नु हो । आखिर हरेक समस्याको समाधान पहिलो प्रकृति हो दोश्रो बिज्ञान ।