घरमा क्वारेन्टाइन बस्दा आफुलाई सकृय बनाउँ

२८ मार्च । विश्वभरी महामारीको रुपमा फैलिएर आतंक मच्चाईरहेको कोरोनाभाईरस अर्थात कोभिड-१९ ले गर्दा हाम्रो दैनिक जनजीवन नराम्रोसंग प्रभावित भैरहेको छ । अझ कतिपयले अनाहकमा ज्यान गुमाउनु पर्दा, आफन्त एवं परिवारका सदस्यहरु गुमाउनु पर्दाको पिडा पनि कहालीलाग्दो छ । जनवरीको अन्तिम तिर चीनको वुहान शहरबाट भैलिएको कोभिड-१९ बिस्तारै पूर्वी एसियाली देशहरु, युरोप, अमेरिका, अफ्रिका हुदैँ विश्वभर भैलियो । एकाएक महामारीको रुप लिएको भाइरसले चीनमा मात्रै ३३०० जतिले ज्यान गुमाए, जहाँ ८१००० भन्दा बढी संक्रमित मध्ये ७५०००ले स्वास्थ्य लाभ गरिसकेका छन् । यसको बिकराल रुप अझै पछिल्लो समय अमेरिका र इटालीमा देखियो । यो लेख तयार पर्दा सम्म अमेरिकामा मात्रै १०५००० भन्दा बढी कोरोनाको संक्रमणमा परेका छन् भने इटालीमा ८५००० को हाराहारीमा छन् । यद्यपी इटालीमा कोरोनाकै कारण ज्यान गुमाउनेहरुको संख्या निकै उच्च रह्यो। इटालीमा ९००० भन्दा बढीले ज्यान गुमैसकेका छन् भने करिब ११००० ले स्वास्थ्य लाभ गरेका छन् , संक्रमितहरुको संख्या उच्च रहेको अमेरिकामा पनि पनि १७०० बढीले ज्यान गुमाइसकेका छन्, भने करिब २५०० भन्दा बढी बिरामीले निको भै घर फर्किसकेका छन् । आगामी दिनमा यो महामारीले अझै के कस्तो रुप लिने हो हेर्न बाँकि नै छ ।

कोभिड-१९को संक्रमणमा परेर उपचार गराउनु भन्दा संक्रमण नै हुन नदिनु हामी सबैलाई सर्वविधितै छ र आशा गर्छु सबैले सचेतनाका उपायहरु अपनाई राखेका छौ। घरमै बस्ने, भिडभाडबाट टाढा रहने, ह्याछ्यु गर्दा नाक मुख छोप्ने, अत्यावश्यक काममा बाहेक बिनाकाम बाहिर ननिस्कने, बाहिरबाट आएपछि साबुन पानीले हात धुने एवं सानिटाइजर लगाउने, अंकमाल/चुम्बन एवं हात मिलाउनुको सट्टा टाढैबाट नमस्कार गर्ने, प्रशस्त पानी पिउने, चिसोबाट बच्ने जस्ता सावाधनिहरु त हामी सबैले गरेकै छौ । यी मध्ये सबैभन्दा उत्तम उपाय भनेकै घरमा बस्नु हो । यतिबेला स्कुल, क्याम्पस, अफिस, यातायात, होटेल, रेस्टुरेन्ट, फ्याक्ट्रीहरु, साथै अन्य काम गर्ने अन्य ठाउँहरु बन्द नै छन् । सबैजसो देशहरुले अन्तर्राष्ट्रिय सिमानाहरू बन्द गर्नुका साथै, लकडाउनको घोषणा गरी अत्यावश्यक काममा बाहेक हिडडुल गर्न प्रतिबन्ध नै छ । यस्तोबेला आफुलाई घरमा सिमित राख्नु पर्दा पर्क्कै पीडादायी हुन्छ, अझ हामी जस्तो काममा बाहिर निस्किरहने, घुम्न मन पराउनेहरुलाई त एकै ठाउँमा बसिराख्दा अल्छि लाग्ने, रिस उठ्ने, टाउको दुख्ने, झिंझो लाग्ने, एकलकाटे महसुश गर्ने, नैराश्यता बढ्ने, आफ्नो महत्वपुर्ण समय बेकारमा खेर गैरहेको लाग्ने जस्तो नकारात्मक कुराहरुले दिमागमा डेरा जमाउन सक्छ । कोरोनाभाईरस कै आतंकले आईसोलेशनमा बस्दा चीनमा धेरै दम्पतीहरु डिभोर्सको स्थितिमा पुगेका छन् । त्यसैले घरमा केहि सृजनात्मक कृयाकलापहरु गरेर हामीले आफुलाई कृयाशील बनाउन सक्छौ । यो खाली समयमा जुवातास या मोबाईल, कम्प्युटरमा गमे खेलेर लत बसाउनु भन्दा धार्मिक कार्यहरु गर्ने, शारीरिक व्यायाम गर्ने, परिवारका सदस्यहरुसंग समय बिताउने, आफन्त साथीभाईहरुसंग सम्पर्क गर्ने, सौख/प्रतिभाको उजागर गर्ने, पुस्तकहरु अध्ययन गर्ने, सीपहरु सिक्ने, भाषा सिक्ने, चलचित्र एवं डकुमेन्ट्रीहरु हेर्ने जस्ता विभिन्न क्रियाकलापहरु गर्न सक्छौ । घरमा क्वारेन्टाइन बस्दा हामीले गर्न सकिने यी क्रियाकलापहरुको बारेमा केहि चर्चा गरौँ, जुन मैले लामो समय घरमा बसिरहंदा आफ्नो अनुभवका आधारमा तयार गरेको छु, आशा छ यसले धेरैलाई लाभदायक हुनेछ ।

Screenshot from 2020-03-28 16-56-53

१) धार्मिक कार्य गर्ने: धर्म मानव सभ्यता कै एउटा उपज हो जुन हाम्रो संस्कृति कै एक पाटोको रुपमा लिने गर्दछौ । धर्म यस्तो अदृश्य चीज हो जुन मानिसको भावना, आस्थासंग जोडिएको हुन्छ । हुन त अचेल धेरै मानिसहरु आफुलाई नास्तिक भन्न रुचाउछन् तर धर्मबिनाको समाज यो संसारमा सायदै होला। धर्मले नै जन्म मृत्यु, विवाह देखि चाडपर्व, रितिरिवाज, एवं संस्कारहरु निर्धारण गरिराखेको हुन्छ। विश्व अनेकन धर्महरु विकसित भए पनि सबै धर्मको मूल मन्त्र एउटै छ । मानिसहरु अरुबेला वेवास्था गरे पनि आफु संकट वा अप्ठेरोमा भगवानलाई नै सम्झिने गर्दछन् । घर भित्रै आफुलाई सिमित गरि राख्नु पर्दा बिहान आफुलाई आस्था लाग्ने धर्मको भजन किर्तन गर्ने, पुजा पाठ गर्ने, साथै ध्यान गर्नाले मनमा शान्ति मिल्न मद्दत गर्छ ।

२) शारीरिक ब्यायाम: घरमै बसिरहँदा कतिपयलाई झिंझो लाग्ने एवं आलस्यपन बढ्ने हुन सक्छ । त्यसो हुन नदिन शरीरलाई उर्जाशील बनाउन शारीरिक ब्यायाम एउटा राम्रो खुराक हो । ब्यायामले नै हाम्रो शरीरलाई तन्दुरुस्त राख्न महत्वपुर्ण भूमिका खेलेको हुन्छ । धेरै समय सुतिरहंदा वा एकै ठाउँ बसिरहदा नशाहरु खुम्चिन सक्छन् त्यस्टो समस्या हुन नदिन बिहान उठेर कम्तिमा आधा /एक घण्टा समय दिएर आफुलाई मन लागेको जुन सुकै ब्यायाम गर्न सकिन्छ। घरमै गर्न सकिने जस्तै पुशअप, सेटअप जस्ता सानो ठाउँमै गर्न सक्छौ । त्यसैगरी योग एवं ध्यान अभ्यास पनि हामीलाई स्वस्थ राख्नु साथसाथै शरीरमा स्फुर्ति ल्याउन मद्दत गर्छ । त्यसैले घरमा बसेर समय खेर गयो भनेर आतिनु भन्दा शरीरलाई फुर्तिलो बनाई राख्न ब्यायाम एवं ध्यान गर्न गरुरी देखिन्छ, जसले रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता पनि बढाउन मद्दत गर्छ । विश्व स्वास्थ्य संगठनले पनि घरमा बसिरहदा कम्तिमा आधा घण्टा ब्यायाम गर्न सुझाएको छ ।

३) प्रतिभाको उजागर: कोभिड -१९ का कारण घरमै बस्नु परेर निरास नहुनुहोस् बरु यो समयको सहि सदुपयोग गरेर आफुसंग भएको प्रतिभालाई अझै निखार्ने मौका नगुमाउनुहोस् । अचेल एउटा निकै चलेको टिकटक नै सहि आफुले मन परेको गीत संगीतमा नाचेर या संवादमा अभिनय गरेर पोस्ट गरेर आफुलाई ब्यस्त पनि बनाउन सक्छौ । त्यसैगरी अन्य सामाजिक संजालहरु फेसबुक, ट्विटर, इन्स्टाग्रमहरुमा आफुले नाचेको, गाएको भिडियोहरु राख्न सकिन्छ । त्यतिमात्रै होईन यदि तपाईमा लेखन कला छ भने कविता, नाटक जस्ता प्रतिभाहरुलाई अझै उजागर गर्न सक्नुहुन्छ । त्यस्तै चित्रकलामा रुचि हुने साथीहरुले विविन्न चित्रहरु बनाउदै आफ्नो समय सदुपयोग गर्न सक्नु हुनेछ । यी बाहेक पनि आफ्नो सौख एवं रुची अनुसारको लुकेका प्रतिभाहरु अभ्यास गर्न सकिनेछ ।

४) परिवारसंग समय बिताउने: कामको चाप एवं थकानले परिवारसंग समय बिताउन पाउनु भएको थिएन भने यहि बेला हो आफ्नो परिवारको सदस्यहरुसंग प्रशस्त समय बिताउने । इन्टरनेटको जमाना हामी प्राय: आ-आफ्नो मोबाइल या कम्प्युटरमा ब्यस्त हुन्छौ, घर भित्र संगै भएर पनि कतिपयको राम्रोसंग बोलचाल नहुन सक्छ । यस्तोबेला एक आपसमा कुराकानी गर्ने, घर व्यवहारका कुरा गर्ने, या अन्य थुप्रै विषयवस्तुहरुमा छलफल, सुचना आदान प्रदान गर्ने, सद्भाव बाड्ने गर्नाले परिवारका सदस्यहरुबीच माया एवं घनिष्टता प्रगढ़ा बनाउन मद्दत गर्छ । यदि परिवारमा बच्चाहरु छन् भने यो उनीहरुसंग खेल्ने साथै उनीहरुलाई सृजनात्मक कार्यमा प्रेरित गर्ने गर्नाले समयको राम्रो सदुपयोग गर्न सकिन्छ । त्यस्तै यदि तपाईंहरु विवाहित जोडी हुनुहुन्छ घरको काममा एक अर्कालाई सहयोग गरेर, संगै खाना बनाएर पनि यो खाली समयलाई प्रयोग गर्न सक्नु हुन्छ ।
५) आफन्त एवं साथीहरुसंग सम्पर्क गर्ने: घरमा बस्नु परेर आफ्न एवं साथीहरु भेट्न पाइएन भनेर चिन्तित पनि नहुनुहोस् किनकि यस्तो विषम परिस्थितिमा हामी सबैले सावधानीहरु आपनाएर मात्रै भाइरसको संक्रमणबाट टाढा रहन सक्छौ । कामको व्यस्तताले आफ्ना आफन्त एवं साथीहरु टाढिएका छन् भने घरमा बसेको बेला उनीहरुलाई फोन मार्फत सम्पर्क गरेर त्यहाँको वस्तु स्थितिको बारेमा पनि बुझ्न सकिन्छ। यसरि फोनमा कुरा गर्नाले निश्चय नै हाम्रा आफन्तहरुबीच सूचना आदान प्रदान हुनुको साथसाथै आत्मियता कायमै राख्न मद्दत गर्नेछ । त्यसैगरी कामको शिलसिलामा वर्षौसम्म भेटघाट हुन नपाएका साथीहरुसंग कुरा गर्ने उनीहरुको हालखबर बुझ्दा पनि समय काट्नु साथै साथीहरुलाई नजिक बनाई राख्न महत्वपुर्ण भूमिका खेल्नेछ ।

६) चलचित्र//डकुमेन्ट्री हेर्ने: लामो समय घरमा बसेर एक्लोपन एवं नैराश्यता आउन नदिन राम्रा चलचित्र एवं डकुमेन्ट्रीहरु हेरेर मनोरंजनका साथसाथै महत्वपुर्ण ज्ञानहरु हासिल गर्न सकिन्छ । आफ्नो रुचि अनुसार युट्युबमा खोजि खोजि रोमान्टिक, धार्मिक, मनोरन्जनात्मक, द्वन्दात्मक क्षत्रका चलचित्रहरु हेर्न सकिन्छ । त्यस्तै बैज्ञानिक आविस्कार, भूगोल, धर्म, संस्कृति आदि विषयवस्तुहरु समेटिएका अनेक डकुमेन्ट्रीहरु हेरेर पनि ज्ञान आर्जन गर्नुका साथै समय कटाउन मद्दत गर्न सक्छ । त्यति मात्रै होइन विविन्न प्रसिद्ध व्यक्तित्वहरुको जीवनी एवं अन्तर्वार्ताहरु हेरेर, कथा उपन्यासहरु सुनेर पनि खाली समय सदुपयोग गर्न सकिन्छ ।

आफ्नो देश नेपाल जन्मथलो भए पनि विभिन्न समय परिस्थितिले गर्दा परदेशमा रहनु भएका दाजु भाई दिदीबहिनी सबैलाई घरमा रहेका सदस्यहरुको स्वास्थ्य स्थितिको बारेमा एक किसिमको चिन्ता एवं त्रास हुनु स्वाभाविक पनि हो । तर यस्तोबेला डर एवं भयले बस्नु भन्दा कोरोनाबाट बच्न आपनाउनु पर्ने सावधानीहरु अपनाएर आफु र परिवारका अन्य सदस्यहरुलाई सुरक्षित राख्न सकिन्छ । विविन्न देशहरुमा संक्रमण बढ्न थाले पछि ति देशहरुबाट स्वदेश फर्किनेहरुको संख्या उल्लेख्य रह्यो । यस क्रममा छिमेकी मुलुक भारतमा कार्यरत थुप्रै नेपालीहरु घर फर्किनु भएको छ । जो जसरी फर्किए पनि कम्तिमा १४ दिन आफुलाई परिवारका सदस्यको प्रत्येक्ष्य सम्पर्कमा नआई क्वारेन्टाइनमा बसेको बेला यस्ता रचनात्मक कार्यहरु गरेर आफुलाई क्रियाशील राख्नुका साथै सम्भावित संक्रमण न्यूनीकरण गर्न निकै महत्वपुर्ण भूमिका खेल्नेछ । यसका अलावा घरमा वा आफु बस्ने फ्ल्याट, कोठामा गर्ने गर्न सकिने थुप्रै कामहरु छन् जुन यहाँ चर्चा गर्न असमर्थ रहें, आफुलाई रुचि लागेका किताब पढेर, वा चलचित्र हेरेर, वा स्वीटर बुनेर, वा व्यायाम योगा गरेर, या मन परेको परिकार पकाएर, वा चेस खेलेर आफुलाई ब्यस्त राख्दै खाली समयको पूर्ण सदुपयोग गर्दै कोरोना विरुद्दको सबै एक जुट होउ। कोरोनालाई डर, त्रास फैलाई हेलचेक्राई नगरौ, सावधानी अपनाउ, आफु पनि बाचौ, अरुलाई पनि बचाऊँ ।

 

प्रस्तुति: एस डि अर्पण

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.