साईप्रसमा यथासिघ्र राहत वितरण गर्नुपर्ने ः विद्यार्थीहरु
दिनेश गौतम
पोल्यान्ड नेपाल साइप्रस प्रतिनिधि


युरोप साईप्रस मार्च २५ २०२०
विश्वब्यापी महामारीको रुपमा आएको कोरोना भाईरसबाट दुनिया असर परिरहेको अवस्थामा यसको प्रत्यक्ष असर युरोपेलि मुलुक साईप्रसमा पनि परेको छ । र यस महामारीको प्रत्यक्ष असर यहा रहेका सबै भन्दा बढि विद्यार्थी तथा केही कामदारहरुमा परेको गैरअवसिया नेपाली सघं साईपसका युवा संयोजक कुन्दन कार्कीले जानकारी दिएका छन । कार्कीका अनुसार यहा रहेका करिब ३ हजार भन्दा बढि विद्यार्थीहरुलाई गत मगंलवार देखि यहाको सरकारले लकडाउन गर्ने वित्तिकै खाना र अवासको पैसा तिर्न धेरै नै गाह्रो पर्ने भन्दै यसका लागि यहा रहेका सबै समाजिक संघसस्थाहरुलाई सहकार्यका लागि अह्वान गर्नु भएको छ ।
यहा रहेका विद्यार्थीहरुमा खास गरि यो महामारीले गर्दा काम पनि नभएको र काम भएकाहरुको पनि कामबाट छुट्टी भएकोले अब यसबाट प्रत्यक्ष पर्न सक्ने समास्यालाई निराकरणका लागि एन.आर.एन.ए साईप्रसका महासचिव कृप थापालाई सघंसस्थाहरुसगं समान्वय गरि यथा सिघ्र राहत लगाएतका कार्यक्रम ल्याउनका लागि जिम्मेवारी दिईएको एन.आर.एन. सचिव पुरन मगरले जानकारी दिए । उहाका अनुसार गैरअवसिया नेपाली सघंले यहा रहेका समास्या लगाएत ५ बुदागत रुपमा साइृप्रसलाई हेरिरहेको नेपाली राजदुतावास ईजरायललाई पत्र लेखेको बताए । साईप्रसमा अहिलेको प्मुख समास्या यहा रहेका विद्यार्थीहरुको घरभाडा , खाना , भिषाको समास्या , नेपाल छुट्टीमा गएकाहरुको लागि भिषा सजिलो बनाउनु पर्ने , यहा रहेका विद्यार्थीहरुले आफनो अभिभावकहरुसगं पैसा मगाउनका लागि केही समयका लागि बिना नो अब्जेक्शन लेटर पैसा पठाउन मिल्ने , यहा रहेका नेपालीहरु जे नेपाल जान चाहेका छन उहाहरुको लागि कमसेकम सरकारले अन्य देश जस्तै जहाज पठाएर जान मिल्न सक्ने लगाएतका मुद्दाहरु उल्लेख गरिएको एन.आर.एन साईप्रसकी अध्यक्ष दिल कुरमारी तिलीजा पुनले जानकारी दिनु भएको छ । पुनका अनुसार आज बुधवार आफुले साईप्रस देशलाई हेर्दै आईरहेको राजदुत डा. अन्जान शाक्यसगं ईमेल मार्फत कुराकानी भएको र यसको बिषयमा उहाले परराष्ट मन्त्रिसगं कुराकानी भएको बताईन ।
साईप्रसमा रहेका समास्याका बारेमा राजदुतावास , नेपाल सरकार छिट्टै केही ठोस योजना ल्याउने बताउदै तत्काल साईप्रसमा रहेका सघंसस्थाहरुसगं मिलेर राहत कार्यक्रम वितरण गरिने पुनको भनाई छ । अहिले साईप्रस लकडाउनमा रहेकोले यहाको सरकारसगं अनुमाति लिएर भएपनि राहत वितरणका लागि आफहरु अत्यन्तै गम्भिर रहेको बताउदै समास्याबाट नडाराउनका लागि सबै साईप्रसमा रहेका नेपालीहरुलाई समाजिक संजाल मार्फत आग्रह गरिरहेको जानकारी दिनुभयाृे ।
यता साईप्रसमा रहेका सामाजिक सघंसस्थाहरु मध्ये एन.आर.एन. साईप्रस, साईप्रस नृेपाल.कमले भामा पसल निकोसियासगं सहकार्य गरि तिर्न सक्नेले एक युरोको खाना खाने र तिर्न नसक्नेहरुको लागि निशुल्क खानाको ब्यवस्था गरेको थियो तर लकडाउन भएपछि आफुहरु आफुहरु यो सुविधाबाट बन्चित भएको विद्यार्थी दिपेन्द्र गौतम बताए । उहाका अनुसार आफुहरुको समास्याका लागि यहा रहेका सबै सघंसस्थाहरु सहयोग गरिनुपर्ने गौतमको भनाई छ भने यहा अहिलेको यस्तो समास्यामा आफुहरुको कुराहरुलाई नेपाली राजदुतावास गम्भिर नभएको साईप्रसमा लामो समय बस्दै आउनुभएका बिकास श्रेष्ठले आरोप लगाए । श्रेष्ठका अनुसार साईप्रसमा समाजिक तथा राजनितिक गरि कम्तीमा २२ वटा सघंसस्थाहरु रहेको बताउदै सस्थाहरु खाली नाचगानका लागि बनाईएको कि यहा रहेका पिडित नेपाली समुदायहरुको दुःखमा सहयोग गर्नका लागि भनी प्रश्न गरे ? त्यसकारण अहिलेको यो विष्म परिस्थीतीमा यहा रहेका सबै सघंसस्थाहरु मिलेर पिडित नेपाली विद्यार्थी तथा कामदारहरुलाई सहयोग गर्नुपर्ने श्रेष्ठलेआग्रह गर्नु भयो । त्यसै गरि विद्यार्थी समर क्षेत्रीका अनुसार आफुहरुको प्रमुख समास्या खाना र घर भाडा रहेको र यहाका समाजिक सस्थाहरुले आफुहरुलाई सहयोग गरिने आशा रहेकाले यथासिघ्र आफुहरुलाई राहतको जरुरी रहेको बताए ।
त्यसै गरि आजै साइृप्रसमा रहेको नेपाली जनसम्पर्क समितिका महामन्त्रि कुमार सिहंले एक प्रस विज्ञप्ती जारी गर्दै यहा रहेका विद्यार्थी तथा कामदारहरुको समास्या प्रति आफुहरु गम्भिर रहेको र आफुहरु पनि यहा रहेका सघसस्थाहरुसग मिलेर छिट्टै राहत वितरणका लागि लागी पर्ने उल्लेख गरेको छ । साथै विज्ञप्तीमा पहिलो चरणमा ३० जना विद्यार्थीहरुलाई तिन हप्ता पुग्ने गरि राहत प्याकेज ल्याईएको र त्यसका लागि आफनो समितिका पदाधिकारीहरुलाई विभिन्न समिति बनाई परिचालन गरिएको जनाएको छ ।