२५.०३.२०२०, वर्सा
हार्दिक अपिल !
आदरणिय पोल्याण्ड वासी दिदिवहिनी दाजुभाई हरूमा जयनेपालको न्यानो
अभिवादन।
अहिले संसारभरी महामारीको रूपमा फैलीरहेको कोरोना भाईरसको संक्रमणको असरलेमानव समाज र जीवन नै त्रसित, अस्तब्यस्त र असुरक्षित भएको हामी सबैलाई महसुस भएको छ। र केही दिन देखि पोल्याण्डमा पनि कोरोना भाईरसको प्रभाव र संङक्रमणको तिब्र गतिमा वृद्धि हुँदै गइरहेको छ। पोल्याण्डमा केही समय पछि यस्ले ठुलो सङख्यामा संङक्रमण गर्ने अनुमान गरीएको छ। आज सम्ममा पोल्याण्डमा नेपालीहरू कोहि सङक्रमित नभए पनि। कोरोना भाईरसकै कारण केही पोलिश नागारिक साथीहरुको ज्यान समेत लिईसकेको दुखद खबर यहाँहरुको अगाडी विदित नै छ। आज सम्म कोरोना भाईरसको औषधि र उपचार पद्धति बनेको छैन। यो भाइरस एक जना संङक्रमित ब्यक्तिवाट अन्य ब्यक्तिमा छिटो फैलिने हुदा, आफ्ना दैनिकिलाई जति सक्दो सानो घेरमा सिमित गरि उच्च सावधानी र सतर्कता आपनाउदा यस्को संङक्रमण वाट बच्न सकिन्छ। सरसफाइ, सन्तुलित खानपान र दृढ आत्मबल बनाई आफू र आफ्नो घर वा हास्टेलमा रहने सम्पुर्ण नेपाली विच मित्रवत ब्यवाहार, सहयोग र समन्वय,गरि यस विषम परिस्थितिको मिलेर सामाना गर्ने जनसम्पर्क समिति पोल्याण्ड सम्पुर्ण पोल्याण्ड वासि दिदिवहिनी दाजुभाईहरूमा हार्दिक अपिल गर्दछ। पोल्याण्डका विभिन्न युनिभर्सिटिमा अध्यनरत भाईबहिनीहरू र विभिन्न क्षेत्रमा रहनुहुने सम्पुर्ण नेपाली हरूमा परिस्थतिले दैनिक गुजारा लगायतका अन्य आधारभूत कुरामा समस्या सृजना भएमा। त्यस किसिमका समस्या समाधानको निम्ति जन सम्पर्क समिति पोल्याण्ड तपाइहरुको सहयोगको लागि पुर्ण कृयाशिल भएर मद्दत गर्ने कुरा यसै विज्ञप्ति मार्फत प्रर्तिबद्धता जाहेर गर्दछ।
यस जनसम्पर्क समिति पोल्याण्डले भविष्यमा आउन सक्ने समस्या र विषयलाई मध्यनजर गरि पोल्याण्डवासि नेपाली दाजुभाई दिदिबहिनीहरुलाई सहयोग पुर्याउने उदेश्यले जनसम्पर्क समिति पोल्याण्डकी अध्यक्ष डा: ऐलिनी पोख्रेल सुवेदीको सम्योजकत्वमा निम्न अनुसारको एक समिति बनाएको छ। साथै हाम्रो यस उदेश्यमा हातेमलो गर्दै वर्सा बाहिरका सहरहरुबाट केहि स्वयंसेवकहरुले साथ दिनु भएको छ। यहाहरुको समस्या लाई हार्दिकताका साथ ग्रहण गरि समाधानको लागी पुर्ण सहयोग गर्ने प्रतिबद्धता गर्दछौं ।
१ ) स्वास्थ्य सम्वन्धि समस्याको विषय मा परामर्श सेवा उपलब्ध गराउने ।
२) विशेष त स्वास्थ्य जाच सेवा सम्वन्धि र सरकारले उपलब्ध गराउने स्वास्थ्य सेवा र सुविधा विविध समयमा ल्याउने नियम र कानुनी विषयमा परामर्ष सेवा उपलब्ध गराउने ।
३) पोल्याण्ड सरकारले व्यवसायीहरूलाई परेको आर्थिक मार तथा कामदारहरूलाई परेको मर्कामा पोल्यान्ड सरकारले गरेका निर्णय र अपनायका तरीक़ाहरू, घोषणा गरेका आर्थिक सहायताहरूका साथे नियम क़ानूनका बारेमा जानकारी लिन सक्नु हुनेछ।
४) अध्यानरत विध्यार्थी र अन्य नेपालीहरूलाई परिस्थिति बस दैनिक गुजरामा समस्या भएमा सहयोग गर्ने ।
५) कोरोना भाईरसको संक्रमण भएमा पोल्याण सरकारले नै स्वास्थ्य बिमा नहुनेलाई पनि सित्तैमा उपचार गर्ने प्रतिबद्धता गरेको कुरा पनि जानकारी गराउँदछौं ।
सल्लाहाकार- श्री दुर्गा मास्के
-डा. बोध राज सुबेदी -६०६८५२८३७
– डा./ हाब. गोपाल भट्ट- ७८४३५२८१०
– श्री मित्रलाल पार्दे- ७२९५८९५३९
सम्योजक:
डा.एलिनी पोखरेल सुवेदी- ६०४७८७८६६
सदस्यहरु:
नारायण चालिसे (जनसम्पर्क समिती पोल्याण्ड महासचीब ) -५०८४६५५४४
मेघमान जोशी/ अनिल (जनसम्पर्क समिती पोल्याण्ड कोषाध्यक्ष) – ८८०२२७२८७)
दिपेन्द्र सिलवाल (Łódz)- ७९७१९१४४२
प्रेम लाल गैह्रे (Warsaw)- ७२९६५०४४८
चिन गुरुङ (Poznan)- ७२९ ४५७८६०
रोजा श्रेष्ठ आचार्य (Karczew)- ७२७८२४५५६
क्षेत्रीय स्वयंसेवक सम्पर्क ब्यक्तिहरु (आबस्यकता र ईछ्या नुसार अरु थप गर्न सकिने छ।)
सोनाम शेर्पा (Lublin) -५७९ १९२ १५५
गोपाल बुद्ध छेत्री(lublin)- ५७९२८२०८३
ईश्वर देवकोटा (wrocław) – ५०३८९२७९५
राम लक्षमण श्रेष्ठ (poznan) -७२९२२४२९३
सन्तोष गैह्रे (Bialystok)- ७२९४९६४७०
सुधा कोइराला (Skierniwice)- ७२२७८९४६१
मुकुन्द चालिसे ( Skierniwice)-५७९१००६९७
भविन्द्र गाह मगर (WrocławSzczegom) ८८६१२८१४३
जयनेपाल!
डा: एलिनी पोख्रेल सुवेदी
सभापति
जनसम्पर्क समिति पोल्याण्ड