हात धुन सिकाउने डाक्टरलाई पागल भन्दै मारिइएको थियो तत्कालीन समाजमा

समाजमा केही नया काम गर्ने व्यक्तिलाई समाजले कहिल्यै हत्तपत्त स्वीकार्दैन बरु पागल भन्छ कि जेल कोचेर राख्छ कि तिरस्कार गर्छ कि गोलि हान्छ कि ढुङ्गाले हान्छ । हात धुन सिकाउने तत्कालीन समाजले पागल भनेर जेलमा कोचेर जेलमै पिटाइबाट मृत्यु वरण गर्न बाध्य डा बारे यहाँ हामी चर्चा गर्न गैरहेका छौ ।

हात धोएर मृत्युुदरमा कम आउछ भन्ने व्यक्ती इग्नाज़ सेमेलविस

यतिबेला विश्वमा सेनिटाइजर अर्थात् हात धुने द्रव्यको बजार तातिरहेको छ। विश्वबजारमा यसको स्टक पनि कम छ। अहिले कुनै काम गर्नुअघि वा पछि हात धुन अनुरोध गरिएको छ किनकि विश्व कोरोना भाइरसको जोखिममा छ र यसबाट बच्न सावधानी अपनाउनु नै सबैभन्दा ठूलो बुद्धिमानी हो।

यतिबेला मानिसहरू दिनमा कम्तिमा ७५ पटक हात धोइरहेका छन्। के तपाईंलाई थाहा छ, आजभन्दा डेढ सय वर्षअगाडि संक्रामक रोगबाट बच्न जुन डाक्टरले चिकित्सकहरूलाई हात धुन सल्लाह दिएका थिए र उनको के हालत गरिएको थियो?

जुन सल्लाहलाई आज जो कोहीले आँखा बन्द गरेर पालना गरिरहेका छन्। धेरैले खल्तीमा सेनिटाइजर बोक्ने गरेका छन्। उक्त सल्लाह दिने डाक्टरलाई यति तिरस्कार गरियो कि उनलाई पागलखानामा भर्ना गरियो र त्यहीँ उनको निधन हुन पुग्यो।

यतिबेला गुगलले उनै वैज्ञानिकको भिडियो डुडल बनाएको छ। ती वैज्ञानिकको नाम हो इग्नाज़ सेमेलविस।

उनलाई पागलखानाका गार्डले पिटेको र हातमा ठूलो चोट लागेको थियो। जसको असरले उनको उक्त भाग सड्न थाल्यो र त्यसको विष पूरै शरीरमा फैलिन पुग्यो। त्यही कारण उनको मृत्यु हुन पुगेको बताइन्छ।

उनलाई आज एन्टिसेप्टिकको नामबाट समेत चिनिन्छ। सेमेलविस उक्त कुराका प्रणेता थिए। उनको जन्म १८१८ मा हंगेरीमा भएको थियो। उनले क्लोरिनमिश्रित कागतीपानीले हात धुने तरिका १८४७ मा दिएका थिए। त्यो बेला उनी भियनाको सरकारी अस्पतालमा कार्यरत थिए।

उनले यससम्बन्धमा थुप्रै पर्चा प्रकाशित गरेका थिए। उनले भनेका थिए हात धुने बानीले मानव मृत्यु दरमा उलेख्य कमी आउँछ। सेमेलविसको उक्त निष्कर्षलाई त्यो समयमा स्थापित वैज्ञानिक मान्यतामा सामिल गरिएको थिएन।

उनी आफ्ना साथीहरूलाई पटकपटक हात धुन भन्थे। तर, उनका साथीहरूले उनको मजाक उडाइदिन्थे। यस्तो अपमानबाट प्रताडित सेमेलविस विस्तारै डिप्रेसनमा जान थाले। उनका एक सहपाठीले उनको उक्त कमजोरीको फाइदा उठाउँदै पागलखानामा भर्ना गरिदिए। पागलखानामा भर्ना गरेको १४ दिनमा सेमेलविसको निधन हुन पुग्यो।

उनलाई पागलखानाका गार्डले पिटेको र हातमा ठूलो चोट लागेको थियो। जसको असरले उनको उक्त भाग सड्न थाल्यो र त्यसको विष पूरै शरीरमा फैलिन पुग्यो। त्यही कारण उनको मृत्यु हुन पुगेको बताइन्छ।

सेमेलविसले ४७ वर्षको उमेरमा इहलिला त्याग गरेका थिए। हात धुन सल्लाह दिएकै कारण यस दुनियाँमा उनको मजाक उडाइयो, त्यतिमात्र नभएर पागलखानामै भर्ना गरियो। हात धुन दिएको सल्लाह नै उनको मृत्युको कारण बन्न पुग्यो।

आज डेढ सय वर्षपछि हामी तिनै डाक्टरको हात धुन दिएको सल्लाहलाई अंगिकार गरेर जीवन बचाइरहेका छौं । एजेन्सी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.