
समाजसेवाको नचाहिदो फुर्तिफार्ती बन्द गरौ।
युरोप, अमेरिका, अष्ट्रेलिया आदि मुलुकहरुले आफ्नो भूगोलमा भएका सम्पूर्ण नागरिक / गैर नागरिकहरुको स्वास्थ्यको ग्यारेन्टी लिएको हुन्छ। सामान्यतया पनि स्वास्थ्य र जीवनको जोखिमको अवस्थामा तपाई कुन देशको नागरिक, लिङ्ग, उमेर, धर्म, जात, बैधानिक/ अबैधानिक केही हेरिदैन, सबैभन्दा पहिले मानिसको स्वास्थ्य र जीवन बचाउ हेरिन्छ। कोरोनाको यो महामारी र संसार नै लकडाउन ठप्प बेलामा संसारभरिका हरेक राज्यको ध्यान आफ्नो भूगोल र त्यस भूगोलभित्रका सम्पूर्ण मानिसहरुलाई कोरोनाको संक्रमणबाट कसरी सुरक्षित गर्ने भन्नेमै केन्द्रित छन्। जो जहाँ छन्, त्यो त्यहि ठप्प छन्।
प्रवासको हाम्रो नेपाली समाजमा कसरि सुरक्षित रहने भन्ने भन्दा पनि कसरि सामाजिक अभियन्ता देखाउने र प्रचारबाजीको होडबाजी चलेको छ। सहयोग अपरिहार्य छ तर धेरै सामाजिक अभियन्ता भनाउदाहरुले देखाएको जस्तो सहयोगको अहिले नै जरुरत छैन। परमात्माको कृपाले यस्तो नहोस् , तर यस्तै होडबाजी २-४ दिन अरु चल्ने हो भने एक नेपालीमा कोरोना संक्रमण हुदा यसले समुदाय नै सखाप पार्ने भयावह स्थिति देख्छु म। संयम बनौ, सहयोग चाहिएको समयमा आफु बसेको भूगोलको सरकारी सहयोग च्यानलहरुको प्रयोग गरौ। युरोप, अमेरिका, अष्ट्रेलिया आदि जनताप्रति उत्तरदायी राज्य भएको देशमा कुनैपनि पनि मान्छेले न भोकै मर्नुपर्छ, न उपचार गर्ने पैसा नभएर नै।
समाजसेवाको नचाहिदो फुर्तिफार्ती बन्द गरौ।